Posts

विश्वासीहरुले किन स्थानिय मण्डलीमा सदस्यता लिने ?

Image
हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।  कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।  हिब्रू 10: 24 - 25 विश्वास गर्नेहरुले मण्डलीमा सदस्यता लिनु पर्ने ५ कारणहरु यस प्रकार छन् – १. विश्वास नगरेकाहरुको निम्तिः मण्डलीमा सहभागीता जनाउने विश्वासीहरु केवल शनिबार भेला हुने मानिसहरुको केवल एक समूह मात्र नभएर, स्वविवेकले एकअर्का प्रति समर्पित भएका, एकअर्काको निम्ति नियमित प्रार्थना गरिदिने र उत्साह दिने काममा आफुलाई जिम्मेवार मान्ने मानिसहरु हुन् । मण्डलीमा आउने मानिसहरु एकअर्का प्रति उत्तरदायी पनि हुन्छन् । जीवन रुपान्तरण भएका मानिसहरुको एकसाथको भेलाले वास्तविक सम्बन्ध र प्रेमको प्रदर्शनद्धारा संसारको निम्ति उनीहरु एक नमूना हुन्छन् र यसबाट परमेश्वरको महिमा हुँदछ । (यूहन्ना १३ः३५) यो गवाही विषेश गरेर एकअर्का प्रति समर्पित बहूजातीय, बहूपुस्ताका मानिसहरुको एकसाथको भेलामा अझ बलियो गवाही बन्दछ । २. कमजोर व...

निरासा (Depression) सम्बन्धी बाइबलीय परामर्श

Image
परिचय निराशा मानवीय जीवनको एक वास्तविकता हो तर कतिपय अवस्थामा यो समस्या हुनपुग्छ र यसको असरले विभिन्न परिणामहरू देखापर्दछन् । यो सबै धर्म, जाती र वर्गका मानिसहरूमा देखापर्ने समस्या हो । यहाँ हामी निराशा, यसको कारण, असर र समाधानको विषयमा संक्षिप्तमा चर्चा गर्नेछौं । निराशा  सबै उमेर समुहका मानिसहरूमा देखापर्ने समस्या भएता पनि बिभिन्न अध्ययनहरूले पछिल्लो समय यो कम उमेरका मानिसहरूको समुहमा अझ बढ्दो क्रममा रहेको देखाएको छ । कतिपय मनोचिकित्सक तथा यस विषयका अध्येताहरूको विचारलाई स्वीकार गर्ने हो भने अहिले भन्दा करिब २० वर्ष अघि किशार किशोरीहरूमा निराशा  र यसको असर खासै थिएन तर पछिल्लो दुई दशकमा मात्र यसले किशोर पुस्तालाई बढी असर गरेको देखिन्छ । निरासाको परिभाषा र रुपहरू सामान्य भाषामा निराशा  भनेको निरन्तर र लामो समयसम्म हुने तनाव हो । निराशा  भनेको दुःखको महशुस हुने वा भएको अवस्था हो । स्वाथ्यको परिभाषा अनुसार दुःख, निराशा, र प्रायः असामान्य वा जीवन जिउनुको कम महत्व ठान्ने अवस्था भएको व्यक्तिको गम्भिर स्वास्थ्य अवस्था हो । जोन ह्वाइटको निम्न चित्रले निराशाले कस...

ब्रदर एन्ड्रू (Brother Andrew)

Image
एन्डी भान डेर बिजल अर्थात् ब्रदर एन्ड्रू एउटा सानो डच गाउँमा (नेदरल्याण्डस्) सन् १९२८ मे ११ मा जन्मिएका हुन् । उनी जहिले पनि केही रोचन र चुनौती पूर्ण कार्य गर्न रुचाउँथे र यसैकारण उनी १८ वर्षको उमेरमा डच सेनामा भर्ती भए । उनको सेनामा सेवाको दौरान जिम्मेवार भएर जिएनन् । उनी परमेश्वरको विषयमा खासै चासो नलिने व्यक्ति थिए । तर उनी २० वर्षको हुँदा उनको खुटाको गोलीगाठोँमा गोली लाग्यो र अस्पताल भर्ना भए, यस सँगै उनको सैनिक जीवनको पनि अन्त्य भयो । यो घटना दोश्रो विश्व युद्ध पश्चातको डच वेस्ट इन्डिजको विद्रोह ताकाको कुरा थियो र यही डच सम्राज्यवादको विद्रोह स्वरुप इन्डोनेसिया देशको जन्म भएको थियो । परमेश्वरमा विश्वास अस्पतालमा नर्सहरुको स्वार्थ रहित सेवा र आफ्ना पुराना गल्तीको पश्चतापले बाइबल हातमा लिन उनलाई कर लाग्यो । उनी रित्तो, हृदय तोडिएको र परमेश्वरको खोजको भोक सहित उनी घर फर्किए । एकरात उनले प्रार्थना गरे, “प्रभु, यदि तपाईंले मलाई बाटो देखाउनुभयो भने म तपाईंलाई पछ्याउँछु, आमेन ।” त्यसदिन देखि उसो परमेश्वरले उनलाई नयाँ चाखलाग्दो र चुनौतिपुर्ण बाटोमा हिंडाउनुभयो । उनको सेवकाई फलामको आ...

फरक पुस्ताको बीचमा पूल निर्माण

Image
परिचयः पुस्तान्तर अर्थात् जेनेरेशन ग्याप नेपाली समाजमा एउटा चुनौति पुर्ण पक्ष हो तर यसलाई ठूलो चुनौति मानेर समस्याको रुपमा लिनुको साटो यस विषयमा अध्यायन ग ¥ यौं भने वा यस विषयमा थोरै मात्र पनि मनन ग ¥ यौं भने यसले समाज र परिवारलाई अझ बलियो बनाउँछ । नेपाली मण्डलीमा पनि यसको केही नकारात्मक असहरु पछिल्लो दशकमा नखिएका होइनन् । मण्डलीले पनि कसरी फरक पुस्तालाई सँगै लिएर जान सक्छ त ? कसरी फरक पुस्ताको बीचमा पूलको निर्माण गर्ने यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं । पुस्तान्तर के हो ? सामान्यतया , पुस्तान्तर भन्नाले , “ दुइ पुस्ताहरु बीचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्तपन्न गराउँछ ” । पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी , पुस्तान्तर केवल पछिल्लो ५० / ६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरु देखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । इसा पूर्व चौथो शताब्दीका एकजना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा शताब्दीपहिला पनि थियो भन्ने कुरालाई ज...

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?

Image
प्रेमनारायण भट्टराई सन् १५१७ अक्टूबर ३१ तरिकका दिन यूरोप महादेशमा रोमन क्याथोलिक मण्डली भित्र सुरु भएको सुधारवादी अभियान (आन्दोलन) अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशनको आज सन् २०१७ अक्टूबर ३१ तरिकका दिन ठीक ५ सय वर्ष पुरा भएको छ । मार्टिन लुथर नाम गरेका एक जना अगस्टेनियन ख्रीष्टियन क्याथोलिक साधुले जर्मनी स्थित वीटनवर्ग च्यापल (चर्च)को मुख्य ढोकामा ९५ वटा बुँदामा तत्कालिन रोमन क्याथोलिक मण्डलीको सैद्धान्तिक कमजोरी र अबाइबलीय अभ्यासगत व्यवहारको विषयमा असहमतीका बुँदाहरु टाँसेपछि यो आन्दोलन पुरै युरोपभरी नै फैलियो । यद्यपी सुधारवादी आवाज यस अघि पनि निरन्तर उठेका थिए र त्यसलाई दबाईंदै आएको थियो । तत्कालिन परिवेशमा रोमन क्याथोलिक मण्डलीको विरुद्धमा आवाज उठाउनु मृत्युसँग नडराउनु झैं थियो । यो सुधारवादी आन्दोलनको ५ यसौं वर्षको परिवेशमा केही एतिहाँसिक तथ्यहरु र यसका आजको उपयोगिताको विषयमा केही कुराहरुको चर्चा गरौं । सुधारवादी आन्दोलन अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशन मूलत पापल अर्थात् मण्डलीमा पोपको अधिनायक शासन वा रोमन क्याथोलिक मण्डलीको विश्वासीहरु माथि चरम सासनको विरुद्धमा थियो । तर ...

Is it acceptable to be in Relationship with Non-Christian?

Image
के ख्रीष्टियान र अख्रीष्टियान बीच हुने प्रेम सम्बन्ध  स्वीकार्य हुन सक्छ ? प्रेमनारायण भटराई केहि महिना पहिला एक जना युवाले उहाँको साथीको विषयमा मलाई एउटा प्रश्न सोध्नुभयो । उहाँको साथी मण्डलीको युवा अगुवा हुनुहुँदो रहेकछ तर उहाँको प्रेमी अख्रीष्टियान । उनीहरूको प्रेम सम्बन्ध भएको करिब ३ वर्ष भएको रहेछ । यसबीचमा उनले आफ्mनो प्रेमीलाई धेरैपटक सुसमचार सुनाइन् र मण्डलीमा आउन वा विश्वास गर्नको निम्ति पनि पटक पटक आग्रह गरिन् तर उनको प्रेमीले लगातार इन्कार गरिरहे । उनको प्रेमी मण्डलीमा आउन मान्दैनन् र विश्वास गर्न सहमत छैनन् तर उनलाई भने प्रेम गर्छु भन्छन् । अब यस्तो अवस्थमा ती युवा अगुवा बहिनीले यो प्रेम सम्बन्धलाई निरन्तरता दिनु उचित हो ? के एकजना युवा अगुवाले अख्रीष्टियान व्यक्तिसँग प्रेम सम्बन्धमा रहनु ठीक हो ? उनले मण्डलीको युवाहरूलाई अगुवाई गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्न उक्त युवा मित्रको मात्र प्रश्न नभएर धेरै जनाको सन्दर्भमा मिल्दो हुनसक्छ । बाइबलले भन्छ ख्रीष्टियान र अख्रीष्टियान धर्म वा आस्थाको बीचमा धार्मिक हिसाबले यस प्रश्न सोधिनु र बाइबलीय जवाफ माग्नु भन्दा पन...

स्थानिय युवा सेवकाइको प्रभावकारी संचालन

Image
Leading Local Youth Group Effectively  मण्डलीको सेवाकाइ र सौन्दर्यता धेरैहद सम्म मण्डलीको युवा सेवकाइमा निर्भर रहन्छ । विषेशगरी मण्डलीले किशोर किशोरीहरूको जीवनमा परमेश्वरको वचनलाई रोप्न नसके उनीहरूको जीवन कम सफल वा कतिपय अवस्थामामा असफल नै हुनपुग्छ, यो युवासेवकाइको आवश्यकताको एक पक्ष हो भने, मण्डलीको नेतृत्व हस्तान्तरण र जिम्मेवारीवहन गर्न युवा सेवकाइलाई प्रभावकारी बनाउन आवश्यक हुन्छ । हिजोआज सयौं युवा सदस्य भएका मण्डलीहरूमा पनि ५÷१० जना मात्र युवाहरू संगतिमा भेलाभएका उदाहरणहरू देखिन्छन् । मण्डलीको अगुवाहरू र युवा संगतिमा जिम्मेवारी लिएका अगुवाहरूले युवा संगति र सेवकाइलाई मण्डलीको मुख्य खम्बा बनाउन आवश्यक छ । एउटा स्थानिय युवा सेवकाइलाई कसरी प्रभावकारी र बलियो बनाउन सकिन्छ ? १. उपयुक्त समय र स्थानको छनौट ः प्रायः युवा संगतिमा सहभागी नहुने युवाहरूको बहाना नै समय हो । कतिजनाको अध्ययन, काम वा यस्तै अन्य परिस्थितिले उनीहरू भेलाहुन नसक्ने बताउँछन् । सकेसम्म सबैको निम्ति वा बढीभन्दा बढी युवाहरूलाई उपयुक्त हुने समयको बारेमा सोच्नुहोस् । छुट्टीको दिन उपयुक्त हुनसम्छ, जस्तो शनिबार । तर...

युवा सेवकाई र खेलकुद

Image
Sports & Youth Ministry पास्टर प्रेमनारायण भट्टराई शक्तिशाली बप्तिस मण्डली  खेलकुद मानिसको सोख वा रुचीको विषय हो । विषेशगरी किशोर वा युवाहरूमा यसको चाख बढी हुन्छ तर वयस्क र प्रौढहरूमा समेत यसको प्रभाव रहन्छ । भनिन्छ, जसरी सङ्गीतको कुनै भाषा वा राष्ट्रियता हुँदैन त्यस्तै प्रकारले खेलकुदको पनि कुनै भाषा वा राष्ट्रियताको सीमितता हुँदैन । खेलकुदले मानिसलाई शारीरिक र मानसिक स्वाथ्य मात्र प्रदान गर्ने होइन तर यसले एकता, आत्मियता र पारस्परिक सम्बन्धको विकासमा पनि ठूलो भूमिका खेल्दछ । जब पूmटबल, क्रिकेट वा ओलम्पिकको माहोल आउँछ, यसले धेरै देशमा एकता र राष्ट्रियताको भावना जागृत गराउँदछ । र, रमाहट बढेको देखिन्छ । नेपालमा पनि सबैभन्दा बढी पूmटबल लोकप्रिय छ र नानीहरू पनि यसमा रमाउँछन् । विद्यालयदेखि सडक र गल्लीहरूमा पनि किशोर वा युवाहरू यसमा झुम्मिन्छन् । पछिल्लो दिनमा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले क्रिकेटमा राम्रो प्रदर्शन गर्दाको चर्चा हुन्छ । यहाँ खेलकुदलाई कसरी हामी युवा सेवकाइको निम्ति प्रयोग गर्न सक्छौं भन्ने विषयमा हेर्नेछौं । खेलकुदको कुनै विषेश स्पर्धामा भाग लिने वा न...