युवा सेवकाई र खेलकुद

Sports & Youth Ministry
पास्टर प्रेमनारायण भट्टराई
शक्तिशाली बप्तिस मण्डली 
खेलकुद मानिसको सोख वा रुचीको विषय हो । विषेशगरी किशोर वा युवाहरूमा यसको चाख बढी हुन्छ तर वयस्क र प्रौढहरूमा समेत यसको प्रभाव रहन्छ । भनिन्छ, जसरी सङ्गीतको कुनै भाषा वा राष्ट्रियता हुँदैन त्यस्तै प्रकारले खेलकुदको पनि कुनै भाषा वा राष्ट्रियताको सीमितता हुँदैन । खेलकुदले मानिसलाई शारीरिक र मानसिक स्वाथ्य मात्र प्रदान गर्ने होइन तर यसले एकता, आत्मियता र पारस्परिक सम्बन्धको विकासमा पनि ठूलो भूमिका खेल्दछ । जब पूmटबल, क्रिकेट वा ओलम्पिकको माहोल आउँछ, यसले धेरै देशमा एकता र राष्ट्रियताको भावना जागृत गराउँदछ । र, रमाहट बढेको देखिन्छ । नेपालमा पनि सबैभन्दा बढी पूmटबल लोकप्रिय छ र नानीहरू पनि यसमा रमाउँछन् । विद्यालयदेखि सडक र गल्लीहरूमा पनि किशोर वा युवाहरू यसमा झुम्मिन्छन् । पछिल्लो दिनमा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले क्रिकेटमा राम्रो प्रदर्शन गर्दाको चर्चा हुन्छ । यहाँ खेलकुदलाई कसरी हामी युवा सेवकाइको निम्ति प्रयोग गर्न सक्छौं भन्ने विषयमा हेर्नेछौं ।

खेलकुदको कुनै विषेश स्पर्धामा भाग लिने वा नलिने सम्बन्धमा बाइबलले हामीलाई स्पष्ट नबाए तापनि खेलकुद र यसको भावनासँग मिल्दो जुल्दो केही उदाहरणहरू बाइबलमा हामी पाउँदछौं । इसाईहरू संसारबाट अलग हुनुपर्छ भनी बाइबलले सिकाउँदछ (यूहन्ना १७ः१४,१५) । हामी अन्य मानिसहरूको अघि एक उदाहरण भएर जिउनुपर्छ (मत्ती ५ः१४–१६) । संसारमा खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने नायकहरू सबै बाइबलीय दृष्टिकोणबाट उत्कृष्ट उदाहरण भएर जिएका छैनन् । संसारमा उत्कृष्ट प्रदर्शन गर्नेहरू कर छली (पैसा) वा लागूऔषध दुव्र्यसनी वा कूलत, बहूविवाहजस्ता नकारात्मक कुराहरूसँग जोडिएका छन् । कहिले शक्तिवर्दक औषधी सेवन त कहिने पारिवारिक सम्बन्ध तोडिएका घटनासँग हरेक वर्ष खेलाडीहरू जोडिन्छन् । संसारको निम्ति उदाहरण भएर जिउनुपर्ने खेलाडीहरू आज युवा पिढीको निम्ति नकारात्मक उदाहरणको रूपमा उभिएका छन् । कति खेलाडीहरू त जीवनको उत्तराद्र्धमा आउँदा मानसिक पीडामा परेर आत्माहत्या नै गर्न पुगेका प्रशस्त घटनाहरू आउँछन् । तपाईं खेलमा रुची राख्ने व्यक्ति हुनुहुन्छ भने ख्याल गर्नुहोस् तपाईं खेलाडीको रूपमा अरु मानिसहरूको कस्तो छाप छोड्न चाहनुहुन्छ ।

खेलकुद र जीवन
जब म सानो थिएँ, तब एकजना प्रख्यात नेपाली इसाई गायकको एउटा अन्तर्वार्ता पढ्ेको थिएँ (यहाँ उहाँको नाउँ नै सम्बोधन गर्न उचित ठान्दिन) । तपाईं किन इसाई भनेर मानिसहरूको अघि चिनारी दिन चाहनुहुन्न भनि गरिएको प्रश्नमा उहाँको जवाफ थियो, नेपाली सङ्गीत बजार सानो छ अझ यहाँ इसाई भनेर चिनियो भने त मानिसहरूले मेरो गीत नै सुन्दैनन् र मलाई रुचाउँदैनन् । उहाँको ख्याती गुम्ला भन्ने डर थियो । यस्तै घटना यहाँ अघिल्लो वर्षमात्र घट्यो एकजना नेपाली गायिकाले (जो इसाई हुन्) उनले सार्वजनिक रूपमा आपूm इसाई भएको गवाही दिँदा यहाँका प्रायः ठूला मिडियाले उनको विषयमा प्रशस्त नकारात्मक टिप्पणी गरे (गरिरहेका छन्) । एउटा कुनै एउटा चाडसँग सम्बन्ति गीत गाउन अस्वीकार गरेको आरोप लगाएर सकेसम्म मानमर्दन गरियो र मानसिक पीडा दिइयो । यो घटना अभैm ताजा नै छ । यहाँ उल्लेखनीय कुरा त के भने तपाईं खेलकुदको माध्यमबाट सार्वजनिक व्यक्तित्व बन्नुभयो भने पनि तपाईंले सानाठूला चुनौति त सामना गर्नैपर्छ । खेलकुद सेवकाइको राम्रो माध्यम हुनसक्ला तर यससँगै आपूmले स्पष्ट पहिचान दिने सामथ्र्थ तपाईंमा छ कि छैन ?

१ कोरिन्थी १०ः३१ मा भनिएको छ चाहे तिमी जे सुकै गर तर परमेश्वरको महिमाको निम्ति गर । खेलकुद राम्रो क्षेत्र हो जहाँ देशको नामको निम्ति राम्रो पहिचान दिन र सेवा गर्न सकिन्छ । पहिलो कुरा, खेलकुदको माध्यमबाट साथी बनाउन र सुसमचार प्रचार गर्न पनि सकिन्छ । तपाईं जुनसुकै खेलमा रुची राख्नुहुन्छ त्यो रुचीलाई परमेश्वरको महिमा र गवाहीको निम्ति प्रयोग गर्ने कोशिस गर्नुहोस् । हामी इसाईहरू संसारमा पाउने र यहिँ अन्त्य हुने मुकुटको निम्ति त होइन तर अनन्तसम्म रहने मुकुटको निम्ति खेलमा भाग लिन्छौं । हामी संसारको खेलकुदको स्पर्धामा भाग लिनु वास्तवमा ठूलो कुरा होइन तर एक खेलाडीको रूपमा अन्य युवाहरूको अघि एक उदाहरणीय जीवन जिएर उनीहरूको आत्मा बचाउनाले चाहिं हामी अनन्तको मुकुटको साझेदार हुन्छौं ।

तपाईं खेलकुदमा रुची राख्ने (समर्थक) वा आपैंm खेलमा सहभागी हुने खेलाडीले जान्नैपर्ने दोस्रो कुरा खेलकुदलाई तपाईंको जीवनको मूर्ति नबनाउनुहोस् । कहिलेकाहीँ खेलकुदको समर्थन वा खेलको शोखमा हामी यति बढि चासो दिन्छौं जसले हामीलाई परमेश्वरसँगको सम्बन्धमा बाधा ल्याउँछ । यदि त्यसो भयो भने परमेश्वरले हाम्रो त्यो पवृत्तिलाई रुचाउनुहुन्न (१ यूहन्ना ५ः२१) । सन् २०१४ को फुटबल विश्वकपमा सुनसरीकी एकजना नेपाली किशोरीले आपूmले समर्थन गरेको टीम ब्राजिलको हारपछि आत्माहत्या गरेको समाचार सार्वजनिक भयो । यो कत्ति दुःखद कुरा हो ! रुची भएको टीमको समर्थन गर्नु राम्रो कुरा हो तर जीवनै अन्त्य गर्नु कति नराम्रो कुरा हो । अतः खेलकुदलाई जीवनको मूर्ति बन्न दिनु पनि हुँदैन ।

बाइबलमा खेलभावना
नयाँ करारमा केही खण्डहरू छन् जहाँ खेल सम्बन्धी केही भावनाहरूलाई उल्लेख गरिएको छ । यहाँ ती उदाहणहरू हेरौं ः
मैले उत्तम लडन्त लडेको छु (२ तिमोथी ४ः७)
सबै बाधालाई पन्छाएर तिम्रो सामुन्ने राखिएको दौड पूरा गर (हिब्रू १२ः१)
म मेरो दौड दौडन्छु (१ कोरिन्थी ९ः२४)
हाम्रो लडाईं अन्धकारको शक्तिको विरुद्धमा होइन (एफिसी ६ः१२)
म हावामा मुक्का हान्दिन (१ कोरिन्थी ९ः२६)
मैले दौड सिध्याएको छु (२ तिमोथी ४ः७)
नियममा नबस्ने खेलाडीले इनाम पाउँदैन (१ तिमोथी २ः५)
जीवनको मुकुट (याकूब १ः१२)

यी प्रतिनिधि खण्डहरूले खेलकुदको विषयमा सकारात्मक सन्देश प्रवाह गर्दछन् । हाम्रो जीवन पनि एक खेलाडीजस्तै नै हो । जसरी खेल जीवनमा नियमको महत्व हुन्छ र जित्नुले इनामको हकदार बनाउँछ । इसाई जीवन पनि नियममा रहनु, आत्मिक जीवनमा अति नै आवश्यक हुन्छ अनि हामी पनि इनामको हकको निम्ति जिउँछौं । इसाई जीवनमा हामी नियममा रहन सकेनौं भने इनामको हकदार बन्दैनौं (२ तिमोथी २ः४) । धेरै बाइबल विद्वान र शिक्षकहरूका अनुसार पावलले कोरिन्थीको पत्रद्वारा कोरिन्थमा रहेका मण्डलीलाई र तिमोथीको पत्र पावल स्वयम्को चेला (आत्मिक छोरो) को निम्ति लेख्दा उसको मनमा त्यसले हुने ओलम्पिक खेल नै उसको मनमा थियो जसलाई अहिले हामी प्राचीन ओलम्पिक भनेर चिन्छौं । पावलले खेललाई तात्कालीन आफ्ना पाठकहरूलाई बुझ्ने सान्दर्भिकिकरण गरेर प्रयोग गरेका छन् । यसबाट हामी बुझ्छौं पावलको समयमा पनि खेलकुद मानिसको रुचीको विषय थियो । अहिले पनि हाम्रा युवाहरूमा खेलकुद रुचीको विषय हुन्छ । हामी खेलकुदलाई युवा सेवकाइको निम्ति सान्दर्भिकिकरण गरेर प्रयोग गर्न सक्छौं ।

पावलले भन्दछन् चाहे तिमीहरू जे सुकै गर त्यो परमेश्वरको महिमाको निम्ति गर (१ कोरिन्थी १०ः३१) । तपाईं इसाई युवा भएकाले तपाईं खेलकुदलाई तपाईंको जीवनको लक्ष्य बनाउनुहुन्छ भने पनि ख्याल गर्नुहोस् यसबाट भविष्यमा तपाईंले परमेश्वरको महिमा गर्नुपर्छ । खेलकुद क्षेत्रमा लागेका कति खेलाडीहरूले जीवनमा राम्रा उदाहरण छोडेका छन् तर धेरै जना अनुशासनमा नबस्ने, कूलत तथा दुव्यसनीमा फस्ने, परिवारमा खराब व्यवहार देखाउने जस्ता खराब उदाहरण प्रस्तुत गर्छन् । तपाईं खेलकुदको क्षेत्रमा हुनुहन्छ वा लाग्नुहुन्छ भने त्यहाँ राम्रो जीवन जिएर उदाहरण प्रस्तुत गर्नुहोस् ।

खेलकुदको क्षेत्रमा लाग्ने खेलाडी वा खेलमा रुची राख्ने खेलकुदको समर्थक तपाईं जे भए पनि केवल एउटा कुरा ख्याल राख्नुहोस् । खेलकुद तपाईंको जीवनमा मूर्ति बन्नुहुुँदैन । कतिपटक खेलकुदले हाम्रो र परमेश्वरबीचको सम्बन्धलाई बिगार्छ तर होशियार हुनुहोस् ः परमेश्वरलाई दिनुपर्ने स्थान उहाँलाई दिनुहोस् । हाम्रो धेरै समय, पैसा र शक्ति हामी खेलकुदको निम्ति खर्च गर्छौं (१ यूहन्ना ९ः२१) तर परमेश्वरलाई दिनुपर्ने स्थान र समय हामी हाम्रो जीवनमा दिंदैनौं । यो एक प्रकारको मूर्तिपूजा जस्तै हो ।

युवा सेवकाइमा खेलकुदलाई प्रयोग गर्दा हुन सक्ने फाइदा तथा जोखिम यस प्रकार हुनसक्छन् ः
तपाईं एक महिनाभरि बाइबल अध्ययनको पाठ सिकाउनुभएको भन्दा महिनामा केवल एकपटक खेल खेलाउनु भएको युवालाई याद हुन्छ । कसरी बाइबल अध्ययन वा अन्य संगतिलाई पनि त्यत्तिकै यादगार बनाउने ! जब युवाहरू खेलकुदमा समय दिन्छन् तर संगति वा बाइबल अध्ययनको समयमा रुची दिंदैनन् तब सायद युवा सेवकाइ संतुलित नहुन सक्छ ।
खेलकुदमा समुह भावनाको विकास हुन्छ । यसले एकअर्कामा मिलेर काम गर्न र सहभागितामूलक जिम्मेवारी निभाउन सहायता गर्दछ । युवाहरूलाई खेलकुदमा बढी सहभागिता गराउँदा बढी प्रतिस्पर्धाको भावनाले कहिलेकाहिँ आत्मिक वातावरणमा असर गर्नसक्छ । यसर्थ युवा अगुवा यस क्षेत्रमा पनि होशियार रहनुपर्छ ।
खेलकुदमा धेरै अभ्यास र समयको आवश्यकता पर्दछ । प्रायः युवा संगतिमा सहभागी हुने युवाहरू पढाइको उमेरका हुन्छन् । यसर्थमा युवाहरूलाई पढाइ र युवा सेवकाइको खेलकुदमा सहभागिता एउटा चुनौती हुन्छ ।
खेलकुदको विषयमा कुरा गर्दा युवाहरू जति चासो र उत्साह व्यक्त गर्छन् सुसमाचार र आत्मिक विषयमा कुरा गर्दा त्योभन्दा ज्यादै कम उत्साहित हुन्छन् । ठूला खेलकुद प्रतियोगिता, जस्तै वल्र्डकपका पूmटबल र क्रिकेट वा ओलम्पिक आदि आयोजना हुँदा मण्डली र युवा संगतिका भेलाहरूमा वचन वा आत्मिक विषयमा भन्दा खेलकुद लगायतका विषयमा बढी चर्चा हुने गर्दछ । अतः यसले मण्डली र युवा संगतिका नियमित गतिविधीहरूमा असर गर्नसक्छ ।

निष्कर्ष ः
बाइबलले कुनै खेलकुदमा भाग लिनु वा नलिनु भनेर स्पष्ट तोकेर केही बोलेको छैन । केवल खेलकुद मात्र होइन यस बाहेक धेरै विषय छन् जसको विषयमा बाइबल शान्त (कष्भिलत) छ । तर केही यस्ता आधारभूत तथ्य र अभ्यास छन् जसलाई हामीले मनमा राख्नु आवश्यक छ । बाइबलले हामीलाई संसारबाट (दुष्टबाट) अलग रहन आज्ञा दिनुभएको छ (यूहन्ना १७ः१४,१५) । हामी संसारमा नै जिउँछौं तर हामी संसारका होइनौं (१ कोरिन्थी ५ः१०) । हामी ख्रीष्टियान भए तापनि हामी प्रायः दिनहुँ संसारका मानिसहरूसँग व्यवहार गर्छौं केवल खेल वा खेलाडीसँग मात्र होइन । संसारबाट हामी अलग्ग हुनुपर्ने भए त हामीले विश्वास गरेपछि परमेश्वरले अर्को कुनै ग्रहमा हामीलाई राख्नुपर्ने । हामी संसारमा नभए कसरी संसारका मानिसहरूको बीचमा गवाही भएर उनीहरूलाई जित्ने ? खेलकुद क्षत्रमा भएका मानिसलाई कसरी उदाहरणीय जीवन देखाउने ? हामीले हाम्रो जीवनको कुनै न कुनै पक्षमा ख्रीष्टको गवाही दिनैपर्छ (१ पत्रूस ३ः१५) । हामीले येशूको उदाहरण हाम्रो जीवनमा देखाउनुपर्छ (मत्ती ५ः१४–१६) ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Smoking and Youth in Nepal

The Situation of Youth in America