Posts

Showing posts from April, 2015

Youth & Discipline: The Right Pastoral Approach

Image
 मण्डलीमा अनुशासन र युवा पास्टर प्रेमनारायण भट्टराई शक्तिशाली बप्तिस मण्डली, ललितपुर अनुशासन साह्रै गाह्रो कुरा हो । यो हामीमध्ये कमैलाई मात्र मनपर्छ, तैपनि, मण्डलीमा अनुशासन एउटा महत्वपूर्ण पाटो हो तर यो मानिसलाई मन पर्दैन । विषेशगरी परिवार र मण्डलीमा युवा तथा किशोर किशोरीहरूको अनुशासन एउटा चुनौतीको विषय बन्दैछ । आजसम्म मैले गरेकोे युवा सेवकाइको नौ वर्षको अनुभवमा पनि पछिल्लो दिनमा युवा सम्मेलन तथा क्याम्पहरूमा युवाहरू अलिक उछि«ङ्खल भएका हुन् कि भन्ने भान हुन थालेको छ । नेपाली सन्दर्भको युवा सेवकाइमा अनुशासनलाई त्यत्ति महत्वको ठानिंदैन तर यसले जब मण्डलीमा असर गर्छ तब रोक्नै कठिन हुँदछ । अनुशासन आपैंmमा एउटा नकारात्मक विषयजस्तो देखिने भएकाले पनि मानिसहरूले यो रुचाउँदैनन् । हामीले सेवकाइमा बुझ्नुपर्ने कुरा चाहिँ अनुशास नराम्रो कुरा होइन तर यसलाई हामी कसरी प्रयोग गर्छौं त्यो महत्वपूर्ण हुन्छ । अनुशासनको निम्ति अंग्रेजीमा डिसिप्लिन (D iscipline)  शब्द प्रयोग गरिएको छ । यही शब्दको नजिक अंग्रेजीमा अर्को शब्द छ जसलाई डिसाइपलसिप (D iscipleship)  अर्थात् चेलापन भनिन्छ । आहा, चेलापन कस्तो

मानिसमा रिस र यसको व्यवस्थापन

Image
पास्टर प्रेमनारायण भट्टराई - शक्तिशाली बप्तिस मण्डली, ललितपुर परिचय प्रतिक्रियाको लागि संदेश लेख् न्  यहाँ क्लिक गर्नुहोस् मानिसको भावना र स्वभावमा हुने एउटा सामान्य प्रतिक्रियाहरु मध्ये रिस पनि एउटा हो । मानिस भावनात्मक प्राणी पनि भएको कारणले गर्दा मानिस रिसाउनु, खुशी हुनु, दुःखी हुनु इत्यादी केही सामान्य प्रक्रिया हुन् । मनोविज्ञानको भाषामा रिस त्यस्तो प्रतिक्रिया हो, जुन तपाईंले अर्को व्यक्ति वा वस्तु प्रति खराबीको जवाफमा व्यक्त गर्नुहुन्छ । रिस राम्रो वा सकारात्मक पनि हुन सक्छ, तर यसले तपाईंको जवाफ वा समाधानको निम्ति नमारात्मक भावना वा विचारलाई पनि अघि सार्न सक्छ । यो मानिसको भावनासँग जोडिएको हुनाले यसको नियन्त्रण वा व्यवस्थापन मानिसको इच्छाशक्तिमा भर पर्छ । यहाँ हामी बाइबलले रिसको सम्बन्धमा के भन्छ र यसलाई कसरी जित्न सकिन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गर्नेछौं । मानिसमा रिस व्यक्ति अनुसार फरक हुन सक्छ । मानिसको पारिवारिक पृष्ठभूमी, हुर्कंदाको अवस्था, किशोर अवस्थामा हुने शारीरिक परिवर्तन र उसमा हुने हार्मोनको मात्राले पनि मानिसको रिसको मात्रालाई असस पार्छ । प्रायः सबै