Posts

Showing posts from 2014

The Rising Issue of Transgender and Biblical Response

Image
Introduction: There are lots of different issues that are rising these days. Church' face one and then has to deal with the other. There are such issues which we find difficult to deal with. We have Biblical ethics and we use our common senses, however young people come up with their logic. Here, we are going to answer on the issue of 'Transgender' in a Biblical prospective. It was in 2012, that Pratik Panta, son of Santosh Panta; the most popular media personal/ comedy actor; helped his son to change his gander into a girl. He even changed his name to 'Caitlin'. So, how should our church response to this issue? This short article deals on 'Transgender Issue and Biblical Response on it'. Defining the Term: The Online dictionady Wikipedia defines; "Transgender  is the state of one's   gender identity   or gender expression not matching one's   assigned sex .   Transgender is independent of   sexual orientation ; transgender people

Biblical Prospective on Friendship

Image
किशोर अवस्था र मित्रताको असर प्रेमनारायण भट्टराई अविश्वासीहरुसँग असमान भएर एउटै जुवामा नजोतिओ; किनकि धार्मिकताको अधर्मसँग के सङ्गति ७तिस अनि उज्यालोको अँयारोसँग के सहभागिता ? अनि ख्रीष्टको बेलियालसँग के एकता ? अथवा विश्वासीको अविश्वसीको के हिस्सा ? (२ कोरिन्थी ६ः१४—१५) परिचय: नेपाली भाषामा एउटा उखान नै छ कि, ‘संगत गुनको फल’ । अर्थान् मानिस भविष्यमा कस्तो बन्छ भन्ने उसको किशोर अवस्थामा गर्ने संगतले धेरै प्रभाव पार्छ । किशोर अवस्था त्यस्तो अवस्थाहो जहाँ हामी घरमा भन्दा बढी बाहिर रमाउँछौं । आमा—बुबा भन्दा पनि साथीभाइ प्यारा हुन्छन् । बाल्यकालमा बाहिर बस्न मन पर्दैनथ्यो तर अब किशोर अवस्थामा चाहीं घरमा बस्न भन्दा बढी समय बाहिर नै बिताउन पाएहुन्थ्यो भन्ने चाहना लाग्छ । बुबा—आमाको सल्लाह ठीक लाग्नैन । साथीले के खान्छन र लाउँछन् त्यसको बढी चासो हुन्छ । साथीहरुको नै देखासिखी गर्ने बानी हुन्छ । हुनपनि मित्रताको सबैभन्दा बढी महत्वहुने उमेर र समय पनि त्यही नै हो । यहाँ हामी इसाई किशोर—किशोरीले मित्रताको विषयमा ध्यान दिनुपर्ने केही आधारभुत बाइबलीय सन्दर्भमा विषयमा चर्चा गर्नेछौं

Handling Peer Pressure in Teenage (पीयर प्रेसर)

Image
परिचय किशोर अवस्थामा कस्तो मित्र छनौट गर्ने वा कसरी मित्रता गाँस्ने त्यो तपाईंको आफ्नो छनौट हो । भनिन्छ , तपाईंको जीवनको चालक तपाईं स्वयं हुनुहुन्छ ’ । कस्ता मित्रहरूको सल्लाहमा हिंड्ने वा कस्ता मित्रबाट अलग बस्ने तपाईंको स्वविवेकको छनौट हो । यसलेखमा हामी जीवनमा सँगत को असर सम्बन्धमा केही उल्लेख्य तथ्यहरूको चर्चा गर्नेछौं । तपाईं किशोर – किशोरी हुनुहुन्छ भने यहाँ उल्लेखित परामर्श तपाईंको निम्ति सहयोगीपूर्ण हुनेछ र अभिभावक , मण्डलीको सेवक वा युवा सेवकायमा भएकाहरूको निम्ति पनि आवश्यक जानकारी हुनसक्छ । १ .   सँगत को प्रभाव के हो सँगत को असरलाई अंग्रेजीमा   पीयर प्रेसर   (Peer Pressure)   भनिन्छ । यसको शाब्दिक उल्थामा ‘ संङ्गी दवाव ’ भन्ने अर्थ लाग्छ । शब्दकोशको ब्याख्या अनुसार सँगत को प्रभाव भनेको , ‘‘ सहकर्मीहरूको यस्तो सामाजिक प्रभाव जसले समूहमा स्वीकारीनको निम्ति सो समूहको निश्चित क्रियाकलाप तथा मूल्य र मान्यता स्वीकारर्न बाध्य बनाउँछ । ” साथी – संङ्गीको दवाव वा असरले व्यक्तिको सोचाइ र व्यवहार दुबैमा असर पारिरहेको हुन्छ र यसले व्यक्तिको क्रियाकलापको साथै मुल्य र म

Who Am I in Christ? - a great mystery about your identity...

Image
ख्रीष्टमा म को हूँ   तपाईंको परिचय बारे महान् रहस्य  प्रेमनारायण भट्टराई आजको युवालाई बिभिन्न क्षेत्रले गोलमाल बनाएको छ । विज्ञानले उसलाई एउटा दुर्घटनाको उपज मान्छ । व्यावयसयीक क्षेत्रले उपयोगी ग्राहकको रुपमा लिन्छ । राजनीति गर्नेहरुको भरपर्दा कार्यकर्ता युवा नै हुन् । सायद करकार्यलयको निम्ति भविष्यका करदाता । वैदेशिक रोजगार कम्पनीको निम्ति उनीहरुको कमाउने भाँडो । आजका शैक्षिक संस्थाहरुको निम्ति व्यापार गर्न पाउने क्षेत्र... । के हाम्रा युवाहरुको अस्तित्व यति नै हो ? म को हुँ ७तिस हरेक पुस्ताको किशोर किशोरी (युवा)ले सोधेको प्रश्न । यही प्रश्न जसले आज जीवन कि मृत्यु को छनौट गराउँदैछ । आज हरेक मानिसको निम्ति यो सोच्नै पर्ने प्रश्न हो । हरेक किशोर किशोरी वा युवाले यो प्रश्न आफैंलाई सोधेर यसको जवाफ खोज्ने प्रयास गरेका छन् कि छैनन् त्यो अलग कुरा हो तर यसको भावनाले हरेक युवालाई असर भने पक्कै गरेको छ ।   १ युवा माझ परिचयमा द्वुविधा पछिल्लो दशकमा संस्कृतिक परिवर्तन र बढ्दो शहरीकरणले युवा पुस्तालाई एक्लो बनाउँदैन । केवल एक्लोपना मात्र समस्या होइन तर आजको युवा पुस्ता आपूm को हु

Generational Gap in Nepali Context

Image
पुस्तान्तर: एक संक्षिप्त समिक्षा र चुनौती मैले बजाएको गीत किन मेरो अभिभावकलाई मन पर्दैन ? मेरो छोरो किन झट्टै रिसाउँछ ? मेरो छोरी किन बढी सौन्दर्यका सामग्री रुचाउँछे ? मेरो छोरा किन पढाइमा भन्दा कम्युटरमा खेल्छ रुचाउँछ ? मेरो मण्डलीका युवाहरु किन युवा संगतिमा नियमित छैनन् ? म मेरो बाबुले भनेको सबैकुरा चुपचाप मानथें तर किन मेरा छोरा छोरीले मान्दैनन् ? यी माथिका प्रश्नहरु हेर्दा, के आजका नानीहरु त्यसो भए बिग्रिएका हुन् त ७तिस होजो र आजका दिनमा भिन्नता देखिएका छन् । यसको प्रमुख कारण पुस्तान्तर हो । पुस्तान्तर अर्थात् जेनेरेसन ग्याप, यो परिवार, समाज र देश जुन सुनै स्थानमा स्पष्ट देखिएको विषय हो । यस विषयमा परिवारमा कलह मच्चिन्छ, समाजमा मतभेद उत्पन्न हुन्छ र देशमा पनि द्धन्द्ध निम्तिन्छन् । यस विषयमा चर्चा कम हुन्छ तर सही व्यवस्थापन गर्न नसले यसरको परिणाम जहिल्यै गम्भिर हुन्छ । किन फरक पुस्ताको विचमा विचलन आउँछ ७तिस विश्व मण्डलीमा पुस्तान्तर को असर के कस्ता छन् ७तिस के नेपाली मण्डलीमा पनि यसको असर देखिएका छन् ? मानिसहरुको मनमा आज भएको सोचाइ चाहिं ‘किन आजको पुस्तामा प