Generational Gap in Nepali Context

पुस्तान्तर: एक संक्षिप्त समिक्षा र चुनौती


  • मैले बजाएको गीत किन मेरो अभिभावकलाई मन पर्दैन ?
  • मेरो छोरो किन झट्टै रिसाउँछ ?
  • मेरो छोरी किन बढी सौन्दर्यका सामग्री रुचाउँछे ?
  • मेरो छोरा किन पढाइमा भन्दा कम्युटरमा खेल्छ रुचाउँछ ?
  • मेरो मण्डलीका युवाहरु किन युवा संगतिमा नियमित छैनन् ?
  • म मेरो बाबुले भनेको सबैकुरा चुपचाप मानथें तर किन मेरा छोरा छोरीले मान्दैनन् ?

यी माथिका प्रश्नहरु हेर्दा, के आजका नानीहरु त्यसो भए बिग्रिएका हुन् त ७तिस होजो र आजका दिनमा भिन्नता देखिएका छन् । यसको प्रमुख कारण पुस्तान्तर हो । पुस्तान्तर अर्थात् जेनेरेसन ग्याप, यो परिवार, समाज र देश जुन सुनै स्थानमा स्पष्ट देखिएको विषय हो । यस विषयमा परिवारमा कलह मच्चिन्छ, समाजमा मतभेद उत्पन्न हुन्छ र देशमा पनि द्धन्द्ध निम्तिन्छन् । यस विषयमा चर्चा कम हुन्छ तर सही व्यवस्थापन गर्न नसले यसरको परिणाम जहिल्यै गम्भिर हुन्छ । किन फरक पुस्ताको विचमा विचलन आउँछ ७तिस विश्व मण्डलीमा पुस्तान्तर को असर के कस्ता छन् ७तिस के नेपाली मण्डलीमा पनि यसको असर देखिएका छन् ?

मानिसहरुको मनमा आज भएको सोचाइ चाहिं ‘किन आजको पुस्तामा पुरानो पुस्ता प्रति सम्मान र आदर छैन ?  र किन यो पुस्तामा जिम्मेवारी प्रति जिम्मेवार बनिरहेको छैन ७तिस’ मानिस जातिको इतिहास भरिनै एक पुस्तालाई ऊपछिको अर्को पुस्ता खराब भएको लाग्छ । नयाँ पुस्तालाई विश्वास गरिंगैन । पुरानो पुस्ताले नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन अविश्वासको दृष्टिले हेर्छ । नयाँ पुस्ताले आफुहरुलाई जवान भइसक्दा पनि पुरानो पुस्ताले जहिल्यै बालकहरुझैं व्यवहार गरेको महशुस गर्छन र उनीहरुलाई पुरानो पुस्ताको अर्ती–उपदेश समय सुहाउँदो लाग्दैन र त्यस प्रति खासै मन लगाउँदैनन् । 

पुस्तान्तरको परिभाषा:
सामान्यतया, पुस्तान्तर भन्नाले, “दुइ पुस्ताहरु बीचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्तपन्न गराउँछ” । पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी, पुस्तान्तर केवल पछिल्लो ५०÷६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरु देखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । पुस्तान्तर, यसको अर्थ दुइ फरक पुस्ता ‘युवा पुस्ता’ र ‘पाको पुस्ता’को बिचमा हुने फरक स्वभाव र चाहनालाई बताउँछ । यो असमझदारी मुख्यतः अभिभावक र नानीहरुको बिचको असमझदारीलाई बुझिन्थ्यो । यसले पाको र युवा पुस्ता बिचको स्पष्ट भिन्नतालाई जनाउँछ । तर जुनसुकै मुलुकमा यसको असर मूलतः किशोर अवस्थामा भएकाहरु (टिनएजरर्स) मा परेको देखिन्छ ।


इसा पूर्व चौथो शताब्दीका एकजना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा कयौं शताब्दीपहिला पनि थियो भन्ने कुरालाई जोड दिन्छ । उनका अनुसार,
“हाम्रा अहिलेका युवाहरु विलासिता मनपराउँछन् । उनीहरुका आचरण खराब छन्, अधिकारीहरुको अधिकारमा रहँदैनन्, उनीहरु बुढा–पाका मानिसहरुप्रति अनादर गर्छन् र आप्mनै इच्छामा रमाउँछन्, जब उमेरमा पाको मानिसहरु कोठामा प्रवेश गर्छन्, उनीहरु आफ्नो स्थानबाट उठ्दैनन्, अभिभावकको विपरित छन्, साथीहरुसँगै रमाउँछन्, स्वऐच्छिक खाना रुचाउँछन् र शिक्षकहरु प्रति खराब व्यवहार गर्छन् ।”

पुस्तान्तरको सूचकहरु:
पुस्तान्तरलाई छुट्याउने केही त्यस्तो विशुद्ध केही तत्वहरु छैनन् । तथापी, उनीहरुको बोलिने भाषा, चलनचल्तिको बोलीका लवज, रुचिका पहिरन, संसृकृतिक बुझाई इत्यादी कुराहरुले पुस्तान्तरलाई फरकपार्छ । यसबाहेक रुचिका मनोरञ्जन, खेल, संङ्गीत, चलचित्र इत्यादी पनि यसका सहायकहरु हुन् । पछिल्लो दशकमा सूचना– प्रविधीमा भएको द्रूत विकास, यसको बढ्दो लोकप्रियता र बजारले पनि यसलाई अझ व्यापक बनाएको पाइन्छ । सामाजिक संजाल र विज्ञान–प्रविधीले संसारलाई एउटा सानो परिधिमा सिमित गरिएकाले पनि यसको असर वा प्रभाव बढदो छ । पुस्तान्तरको मुख्य कारण भनेको ‘विश्वास’ र ‘मूल्य– मान्यता’ प्रतिको फरक दृष्टिकोण नै हो । किनकि जसले जे विश्वास गर्छन् र आप्mनो मूल्य– मान्यता ठान्छन् त्यसले नै व्यक्तिको अभ्यासलाई डो¥याउँछ । पुस्तान्तरमा मुख्यत ‘चाहना’ र ‘विचार’को भिन्नता देखिन्छ । युवा पुस्ताले के चाहन्छ वा कस्तो विचार व्यक्त गर्छ र पुरानो पुस्ताले के चाहन्छ र कस्तो विचार गर्छ त्यो नै वास्तवमा पुस्तान्तर हो ।

अहिले संसारको सबै मुलुकले सामना गरिरहेको विषय भएता पनि सायद उत्पत्तीको पहिलो मानिस आदम र हब्वा र उनीहरुको सन्ताको बीचमा नै पुस्तान्तर देखिएको हुनसक्छ । आदम र हब्वालाई लाग्यो होला छोराछोरी अनाज्ञाकारी भए र उनीहरुको छोराछोरीले पनि यो महशुस गरेको हुनुपर्छ कि हाम्रा आमाबुबाले हाम्रो इच्छा र भावनालाई बुझ्नसकेनन् ।

नेपाली सामाजिक परिवेश
पछिल्लो दशकमा सूचना प्रविधीको विकास, शिक्षाको क्षेत्रमा आएको परिवर्तन, रोजारी र अध्ययनको शिलशिलामा नेपाली युवाको पश्चिमा मुलुकको बासाई इत्यादीका कारणले गर्दा युवा संस्कृतिमा व्याकपक परिवर्तन आएको छ । सामाजिक संजालको माध्यमले गर्दा पनि युवा पुस्तामा झटै प्रभाव परेको देखिन्छ । नेपाली समाज पनि बिस्तारै उदार बन्दै गएको छ । पुरानो पुस्ताले प्रविधीको विकास र संस्कृतिको रुपान्तरणलाई सजिलै नस्वीकार्नु र पछिल्लो पुस्ताले पनि अघिल्लो पुस्तासँगको दुरीलाई छिटै इन्कार गर्नुल पुस्तान्तरको खाडललाई झन् गहिरो बनाएको छ । शहरी समाजमा आमाबुबा आफ्नै काममा व्यस्त हुनु र छोराछोरीलाई पर्याप्त समय दिन नसक्नुले पनि समस्यालाई अझ जटिल बनाइरहेको छ । आमाबुबा स्वयं राती अबेला सम्म व्यस्त हुँदा छोराछोरीको भावना, बिचार र मानसिक विकासलाई पढ्न नसक्नु र छोराछोरीले पनि आमाबुबाको भावना र विचारको कदर गर्न नसक्नुले दुइ पुस्ताको बीचमा खाडल बढिरहेको मनोचिकित्सकहरुको राय रहेको छ ।

नेपाल जस्तो विकासोन्मुख देश र अझ पूर्वी र पश्चिमी संस्कृतिको जम्काभेट भएका देशमा यसको असर बढी देखिएको हुन्छ । नेपालमा अझ् सहरी र ग्रमिण संस्कृतिको बिच आफैंमा ठूलो खाडल छ । यस्तोमा पश्चिमा संस्कृतिले युवा जमातलाई छिटै प्रभावित पार्ने हुँदा नेपाल जस्तो संयुक्त परिवार भएको मुलुकमा यसको प्रत्यक्ष असर देखिनु स्वभाविक नै हो ।

पश्चिमा मण्डलीको अवस्था :
विश्व मण्डलीको अवस्था हेर्दा, सन् १९७० को दशक देखि विषेशतः पुस्तान्तरको असर स्पष्ट रुपले पश्चिमी मुलुकहरुमा भएका मण्डलीमा देखा पर्न शुरु भएको थियो । अमेरीकी मण्डलीको उदाहरण हेरौं– सन् १९७० र ८० को दशकमा मण्डलीको उपस्थिति संख्या घट्न शुरु भयो, हाल हरेक वर्ष करीब २७ लाख अमेरिकीहरुले मण्डली आउन छोड्ने गरेका छन् । शुरुका यो समस्या मेनलाइन मण्डलीहरुमा देखा परेको थियो तर पछि इभान्जेलिक मण्डलीहरुमा पनि यो क्रम शुरु भयो । प्रायः मण्डली आउन छोड्नेहरुमा १५ वर्ष उमेर पुगेका वा व्यक्तिगत निर्णय गर्ने भएकाहरु हुन्छन् जो फेरी कहिल्यै मण्डली फर्कंदैनन् ।

२०औं शताब्दिका प्रखयात भारतीय प्रचारक रबि जारायाहले आफ्नो पुस्तक ‘रिक्याप्चर द वन्डर’ व्यक्तगरेको बिचार सान्दर्भिक छ । यस विचार अनुसार पछिल्लो २०औं शताब्दीको पछिल्लो ५० दशमका के भयो भन्ने स्पष्ट चित्र प्रस्तुत गर्दछ । उनका अनुसार,
  • “१९५०औं को दशक तिर, नानिहरुले उनीहरुको निर्दोषपनालाई गुमाए । उनीहरु आफ्ना अभिभावकबाट अलग गरिए, जसको कारण थियो, राम्रो तलब भएको जागिर, कार, नयाँ खालका सङ्गीत इत्यादी ।
  • १९६०को दशकमा नानिहरुले अधिकार पनि गुमाए । यो विद्रोहको दशक जस्तै थियो । मण्डली, राज्य र अभिभावकहरुको अधिकार माथि प्रश्न खडा गरियो । उनीहरुले आफ्नै चाहना खोजीगरे । मण्डली, राज्य र अभिभावकको अधिकारलाई इन्कार गरियो । तर यसलाई अहिले सम्म पनि केहीले पुर्नस्थापना गर्न सकेको छैन ।
  • १९७० को दशकमा नानिहरुले प्रेम गुमाए । यो ‘म’वाद को युग जस्तै नै थियो जहाँ आफु आधारित शब्दहरुको विकास भए । जस्तै, ‘आफ्नो रुप’ वा ‘स्वरुप’, ‘आफ्नो संसार’, ‘आफ्नो इच्छा’, ‘आफ्नो रुची’ आदि–इत्यादी । यसले उनीहरुलाई एक्लो संसार बनायो । नानीहरुले यौनको बारेमा सिक्नलागे । उनीहरुले प्रेमको विषयमा भुले र उनीहरुलाई सम्झाउने पनि कोही भएन । यसको भिन्नताको विषयमा सिकाउने पनि कोही भएन ।
  • १९८० तिर नानीहरुले उनीहरुको आशा गुमाए । निर्दोषपना, अधिकार र प्रेम गुमाउनुले उनीहरुलाई डरलाग्दोरुपमा आशाहीन बनाइदियो र परिणामस्वरुप यो दशकका पुस्तामा उनीहरु मध्येका धेरै जना ढभविष्यलाई नै विश्वास गर्नछोडे ।
  • १९९० तिर आइपुग्दा नानीहरुले उनीहरुको तर्क दिने शक्ति नै गुमाउन पुगे । यो दशक यस्तो रह्यो कि, जति–जति उनीहरुलाई आधारभुत भाषा, सत्यता र तर्कबारे सिकाइयो उनीहरु उति नै बढी पाश्चयआधुनिक संसारमा वृद्धिभएर गए ।
  • नयाँ सहश्राब्दीमा, नानीहरु जब ब्युझिँए तब उनीहरुलाई थाहा भयो कि, यी सबै परिवर्तनतका माझमा उनीहरुले परिकल्पना नै गुमाइसके । द्धन्द्ध र नक्कलपनाको रमाइलोका उनीहरुपरे । कसैले पनि निर्दोष हत्याको विषयमा बोल्न सक्दैनन् किननि निर्दोष नै कोही छैनन् ।”

मण्डलीमा पुस्तान्तरको प्रभाव :
पुस्तान्तरले स्वभाविक रुपमा मण्डलीमा पनि प्रभाव पारिरहेको हुन्छ । समाजमा हुँदैगरेका रुपान्तर प्रक्रियाले निश्चितरुपमा मण्डलीलाई प्रभाव पार्छ । मण्डलीमा जब नयाँ पुस्ताका मानिसहरु मण्डलीको जिम्मेवारी बहन गर्ने अवस्थामा पुग्छन् यो पुरानो पुस्ताको निम्ति असहज वातावरण भएजस्तै महशुस हुनसक्छ । मण्डलीमा जव नयाँ पुस्ताका युवाहरु सक्षम भएर जिम्मेवारी निभाउने अवस्थामा आइपुग्न् सो बेलासम्म पनि मण्डलीका पुराना पुस्ताका मानिसहरुले जिम्मेवारी नदिंदा उनीहरुलाई पनि असहज लाग्छ । कुनै समय त यो मण्डलीमा भयावह स्थितिमा पुग्छ र यसले मण्डलीको सेवकाय र आत्मिक पक्षमा नै असर गर्छ ।

पुस्तान्तरको प्रत्यक्ष असर स्थापित मण्डलीहरुमा बढी देखिन्छ । जब मण्डली २०÷३० वर्ष पुरानो स्थितिमा पुग्छ तब मण्डलीमा भएका पुराना पुस्ताका मानिस र नयाँ पुस्ताका युवाहरुमाझ पुस्तान्तरको असर बाहिरी रुपमा नै देखा पर्छ । पुरानो पुस्ताले मण्डलीका संरचनालाई निरन्तरता दिन्छ भने नयाँ पुस्ताले केही नयाँ अवसर खोज्छ । नयाँ जोस, नयाँ प्रयास र नयाँ उपायले नयाँ पुस्तालाई मण्डलीका पुराना पुस्ताका सदस्यहरुबाट अलग राख्छ । उदाहरणको लागि ३० वर्ष पहिले एउटा मण्डली स्थापना हुँदा त्यस बेलाका जवान र जोसले भरिएका युवाहरुले त्यो मण्डली स्थापना गरेकाहोलान् तर अब ३० वर्ष पछि कल्पना गर्नुहोस् त्यस मण्डली स्थापनाताकाका सदस्यहरु अहिले पाको भइसकेका हुन्छन् र मण्डली परम्परागत प्रकारको भइसकेको हुन्छ तर ३० वर्ष पछि अर्को नयाँ पुस्ता त्यस मण्डलीको सदस्यहुँदा त्यहाँ स्पष्ट रुपमा पुस्तान्तरको प्रभाव देख्न सकिन्छ ।

एकपटक पूर्वी नेपालको एउटा मण्डलीमा युवाहरु र मण्डलीका अगुवाहरुको बीचमा समस्या आयोे । मण्डलीका युवाहरु आरधना सेवाको दिनमा अर्को छिमेकी मण्डलीमा गएर भेट–घाट संगति गर्ने योजना बनाएछन् । त्यो छिमेकी मण्डली पनि आफ्नो मण्डलीसँग राम्रो सम्बन्ध भएको र एउटा सम्प्रादय भित्रको भएकाले पनि उनीहरुको योजना र उद्देश्य खासै नराम्रो थिएन । सो योजना अनुसार उनीहरु अर्को मण्डलीमा गएर संगति गरे तर यो कुरा मण्डलीको अगुवाहरुलाई मनपरेन । युवाहरुको योजना अर्को नयाँ मण्डलीमा गएर संगति गर्नु र सम्बन्ध स्थापना गर्नुथियो । सायद त्यो नाजायज उद्देश्य पनि थिएन र आफ्नो मण्डलीलाई केही नराम्रो असर पनि गरेन । मण्डलीको अगुवाहरुको विचारमा आरधना सेवको दिन आफ्नो मण्डलीमा नै आउनुपर्छ भन्ने थियो र यो पनि खासै नराम्रो विचार होइन । पछिल्लो हप्ता र दिनहरुमा युवा पुस्ता र मण्डलीको अगुवाहरुको बिचमा एकअर्का प्रति भनाभन सुरु भयो र कुनै एक यस्तो हप्ता आयो जहाँ मण्डलीमा युवा पुस्ताका कोही पनि सेवामा उपस्थित भएनन् ।

पुस्तान्तरको असज प्रायः नकारात्मक नै हुनेगर्छ । दुइ पक्षको बीचमा भएको मानसिक र भावनात्मक द्धन्द्धले परिणाम पनि नकारात्मक नै ल्याउँछ । परिवामा भएको दुइ फरक सोचाइ र बुझाइले अभिभावक र युवापुस्तालाई एकअर्काको सम्बन्धमा दरार उत्पन्न गराउँछ । परिवार टुक्रन सक्छ । मण्डलीमा पनि मण्डलीका अभिभावक वा अगुवाहरु र नायँ पुस्ता बीचमा फाटो उत्पन्नभई मण्डलीको आत्मिक परिवेश खलबलिन्छ । माथिको उदाहरणमा त्यो मण्डलीका अगुवाहरु गलत थिएनन् न त युवा पुस्ता नै । भएको केवल एउटा समस्या एकअर्कामा संचार गरेर बनाएको योजनालाई बताउन सक्नुपथ्यो र आफ्ना छोरा छोरीले उठाएको सानो कदमलाई स्वीकार गर्न सक्नुपथ्यो । पछि फेरी एकअर्कामा क्षमायाचना गरेर मण्डली एक भयो ।

निष्कर्श :
ब्रेट हेरिसका अनुसार “पुरानो र नयाँ पुस्ता बिचको सहकार्यको सुन्दरता नै, दुबै फरक पुस्ताको ज्ञानको शक्तिलाई अझ बलियोबनाएर हामी परमेश्वरको महिमा गर्न सफल हुन्छौं ।” मण्डलीमा भएका पुरानो पुस्ता उमेर र अनुभवले खारिएका छन् भने नयाँ पुस्तामा जोश–जाँगर र क्षमताको अपार भण्डार । यी दुबैको समन्जस्यता नै मण्डलीको निम्ति सफताको ठूलो स्रोत हो । नयाँ पुस्तालाई पनि आदर चाहिँन्छ र पुरानो पुस्ताको अर्ति कहिल्यै विनाअर्थको हुँदैन ।

मण्डलीमा सङ्गीत कस्तो बजाउने वा कस्तो गीतलाई आरधनामा समावेश गराउने र क्वायरको युनिफर्म कस्तो हुनुपर्ने जस्ता विषयमा मण्डलीमा युवा पुस्ता र पुरानो पुस्ताको बीचमा मत बाझिएको देखिन्छ । यी केही प्रतिनिधी विषय हुन् । यस्ता कयौं विषयहरुले परिवार, मण्डली र समाजमा खाडल सृजना गरिरहेका छन् । यसले सामाजिक सम्बन्धलाई खलबल्याउँछ र मानसिक पिडा उत्पन्न गराउँछ । दुबै पक्षले एकअर्कालाई बुभ्mने कोशिस गर्ने हो भने यो खासै ठूलो विषय होइन तर कोशिस गरिएनभने परिणाम नकारात्मक र ठूलो मूल्यको हुनसक्छ ।

Comments

Popular posts from this blog

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?