Posts

Showing posts from July, 2015

युवा सेवकाई र खेलकुद

Image
Sports & Youth Ministry पास्टर प्रेमनारायण भट्टराई शक्तिशाली बप्तिस मण्डली  खेलकुद मानिसको सोख वा रुचीको विषय हो । विषेशगरी किशोर वा युवाहरूमा यसको चाख बढी हुन्छ तर वयस्क र प्रौढहरूमा समेत यसको प्रभाव रहन्छ । भनिन्छ, जसरी सङ्गीतको कुनै भाषा वा राष्ट्रियता हुँदैन त्यस्तै प्रकारले खेलकुदको पनि कुनै भाषा वा राष्ट्रियताको सीमितता हुँदैन । खेलकुदले मानिसलाई शारीरिक र मानसिक स्वाथ्य मात्र प्रदान गर्ने होइन तर यसले एकता, आत्मियता र पारस्परिक सम्बन्धको विकासमा पनि ठूलो भूमिका खेल्दछ । जब पूmटबल, क्रिकेट वा ओलम्पिकको माहोल आउँछ, यसले धेरै देशमा एकता र राष्ट्रियताको भावना जागृत गराउँदछ । र, रमाहट बढेको देखिन्छ । नेपालमा पनि सबैभन्दा बढी पूmटबल लोकप्रिय छ र नानीहरू पनि यसमा रमाउँछन् । विद्यालयदेखि सडक र गल्लीहरूमा पनि किशोर वा युवाहरू यसमा झुम्मिन्छन् । पछिल्लो दिनमा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले क्रिकेटमा राम्रो प्रदर्शन गर्दाको चर्चा हुन्छ । यहाँ खेलकुदलाई कसरी हामी युवा सेवकाइको निम्ति प्रयोग गर्न सक्छौं भन्ने विषयमा हेर्नेछौं । खेलकुदको कुनै विषेश स्पर्धामा भाग लिने वा नलिने