Posts

Showing posts from December, 2017

विश्वासीहरुले किन स्थानिय मण्डलीमा सदस्यता लिने ?

Image
हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।  कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।  हिब्रू 10: 24 - 25 विश्वास गर्नेहरुले मण्डलीमा सदस्यता लिनु पर्ने ५ कारणहरु यस प्रकार छन् – १. विश्वास नगरेकाहरुको निम्तिः मण्डलीमा सहभागीता जनाउने विश्वासीहरु केवल शनिबार भेला हुने मानिसहरुको केवल एक समूह मात्र नभएर, स्वविवेकले एकअर्का प्रति समर्पित भएका, एकअर्काको निम्ति नियमित प्रार्थना गरिदिने र उत्साह दिने काममा आफुलाई जिम्मेवार मान्ने मानिसहरु हुन् । मण्डलीमा आउने मानिसहरु एकअर्का प्रति उत्तरदायी पनि हुन्छन् । जीवन रुपान्तरण भएका मानिसहरुको एकसाथको भेलाले वास्तविक सम्बन्ध र प्रेमको प्रदर्शनद्धारा संसारको निम्ति उनीहरु एक नमूना हुन्छन् र यसबाट परमेश्वरको महिमा हुँदछ । (यूहन्ना १३ः३५) यो गवाही विषेश गरेर एकअर्का प्रति समर्पित बहूजातीय, बहूपुस्ताका मानिसहरुको एकसाथको भेलामा अझ बलियो गवाही बन्दछ । २. कमजोर विश्वासीहर

निरासा (Depression) सम्बन्धी बाइबलीय परामर्श

Image
परिचय निराशा मानवीय जीवनको एक वास्तविकता हो तर कतिपय अवस्थामा यो समस्या हुनपुग्छ र यसको असरले विभिन्न परिणामहरू देखापर्दछन् । यो सबै धर्म, जाती र वर्गका मानिसहरूमा देखापर्ने समस्या हो । यहाँ हामी निराशा, यसको कारण, असर र समाधानको विषयमा संक्षिप्तमा चर्चा गर्नेछौं । निराशा  सबै उमेर समुहका मानिसहरूमा देखापर्ने समस्या भएता पनि बिभिन्न अध्ययनहरूले पछिल्लो समय यो कम उमेरका मानिसहरूको समुहमा अझ बढ्दो क्रममा रहेको देखाएको छ । कतिपय मनोचिकित्सक तथा यस विषयका अध्येताहरूको विचारलाई स्वीकार गर्ने हो भने अहिले भन्दा करिब २० वर्ष अघि किशार किशोरीहरूमा निराशा  र यसको असर खासै थिएन तर पछिल्लो दुई दशकमा मात्र यसले किशोर पुस्तालाई बढी असर गरेको देखिन्छ । निरासाको परिभाषा र रुपहरू सामान्य भाषामा निराशा  भनेको निरन्तर र लामो समयसम्म हुने तनाव हो । निराशा  भनेको दुःखको महशुस हुने वा भएको अवस्था हो । स्वाथ्यको परिभाषा अनुसार दुःख, निराशा, र प्रायः असामान्य वा जीवन जिउनुको कम महत्व ठान्ने अवस्था भएको व्यक्तिको गम्भिर स्वास्थ्य अवस्था हो । जोन ह्वाइटको निम्न चित्रले निराशाले कसरी एक पछि अर्को रुप