Posts

Showing posts from 2016

Is it acceptable to be in Relationship with Non-Christian?

Image
के ख्रीष्टियान र अख्रीष्टियान बीच हुने प्रेम सम्बन्ध  स्वीकार्य हुन सक्छ ? प्रेमनारायण भटराई केहि महिना पहिला एक जना युवाले उहाँको साथीको विषयमा मलाई एउटा प्रश्न सोध्नुभयो । उहाँको साथी मण्डलीको युवा अगुवा हुनुहुँदो रहेकछ तर उहाँको प्रेमी अख्रीष्टियान । उनीहरूको प्रेम सम्बन्ध भएको करिब ३ वर्ष भएको रहेछ । यसबीचमा उनले आफ्mनो प्रेमीलाई धेरैपटक सुसमचार सुनाइन् र मण्डलीमा आउन वा विश्वास गर्नको निम्ति पनि पटक पटक आग्रह गरिन् तर उनको प्रेमीले लगातार इन्कार गरिरहे । उनको प्रेमी मण्डलीमा आउन मान्दैनन् र विश्वास गर्न सहमत छैनन् तर उनलाई भने प्रेम गर्छु भन्छन् । अब यस्तो अवस्थमा ती युवा अगुवा बहिनीले यो प्रेम सम्बन्धलाई निरन्तरता दिनु उचित हो ? के एकजना युवा अगुवाले अख्रीष्टियान व्यक्तिसँग प्रेम सम्बन्धमा रहनु ठीक हो ? उनले मण्डलीको युवाहरूलाई अगुवाई गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्न उक्त युवा मित्रको मात्र प्रश्न नभएर धेरै जनाको सन्दर्भमा मिल्दो हुनसक्छ । बाइबलले भन्छ ख्रीष्टियान र अख्रीष्टियान धर्म वा आस्थाको बीचमा धार्मिक हिसाबले यस प्रश्न सोधिनु र बाइबलीय जवाफ माग्नु भन्दा पनि खा