Is it acceptable to be in Relationship with Non-Christian?

के ख्रीष्टियान र अख्रीष्टियान बीच हुने प्रेम सम्बन्ध 
स्वीकार्य हुन सक्छ ?


प्रेमनारायण भटराई
केहि महिना पहिला एक जना युवाले उहाँको साथीको विषयमा मलाई एउटा प्रश्न सोध्नुभयो । उहाँको साथी मण्डलीको युवा अगुवा हुनुहुँदो रहेकछ तर उहाँको प्रेमी अख्रीष्टियान । उनीहरूको प्रेम सम्बन्ध भएको करिब ३ वर्ष भएको रहेछ । यसबीचमा उनले आफ्mनो प्रेमीलाई धेरैपटक सुसमचार सुनाइन् र मण्डलीमा आउन वा विश्वास गर्नको निम्ति पनि पटक पटक आग्रह गरिन् तर उनको प्रेमीले लगातार इन्कार गरिरहे । उनको प्रेमी मण्डलीमा आउन मान्दैनन् र विश्वास गर्न सहमत छैनन् तर उनलाई भने प्रेम गर्छु भन्छन् । अब यस्तो अवस्थमा ती युवा अगुवा बहिनीले यो प्रेम सम्बन्धलाई निरन्तरता दिनु उचित हो ? के एकजना युवा अगुवाले अख्रीष्टियान व्यक्तिसँग प्रेम सम्बन्धमा रहनु ठीक हो ? उनले मण्डलीको युवाहरूलाई अगुवाई गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्न उक्त युवा मित्रको मात्र प्रश्न नभएर धेरै जनाको सन्दर्भमा मिल्दो हुनसक्छ ।

बाइबलले भन्छ ख्रीष्टियान र अख्रीष्टियान धर्म वा आस्थाको बीचमा धार्मिक हिसाबले यस प्रश्न सोधिनु र बाइबलीय जवाफ माग्नु भन्दा पनि खास प्रश्न चहिं के लागि गरिएको प्रेम हो भन्ने विषयमा पहिले स्पष्ट हुन आवश्यक छ । प्रेम के का लागि गरिन्छ ? यदि बाइबलीय बुझाइ हेर्ने हो भने प्रेम सम्बन्ध केवल विवाहको निम्ति मात्र हुनुपर्छ । त्यसो हो भने बाइबलले ख्रीष्टियान र अख्रीष्टियानका बीचमा विवाह हुसक्छ भन्छ र ! कदापी भन्दैन । त्यसो हो भने ख्रीष्टियान र अख्रीष्टियान केटा र केटी बीच हुने प्रेम सम्बन्ध स्वीकार्य हुनै सक्दैन । यसर्थ ख्रीष्टिायन केटा वा केटीले अख्रीष्टियान व्यक्ति सँग प्रेम सम्बन्ध राख्नु नै गलत हो । बाइबलले ख्रीष्टियानहरूलाई “संसारसँग एउटै जुवामा ननारिओ” भन्दछ (२ कोर.६ः१४) । यस खण्डले प्रेम र विवाहलाई शाब्दीकरुपमा प्रतिनिधित्व नगरे पनि सार त्यहि नै हो । हामी संसारसँग नारिनुहुँदैन तर विश्वासमा एक उदाहरणीय जीवन जिउनुपर्छ । पावलले अगाडी यस खण्डमा हामी पवित्र आत्माको वासस्थान हौं भनेर सम्झाउँछन् । यस पदमा अगाडी, “अध्यारोसँग उज्यालोको के सहभागिता” भनिएको छ । यसको अर्थ ख्रीष्टियान युवहरू ज्योती बन्नुपर्छ ।

ख्रीष्टियान र अख्रीष्टियान बीचको प्रेम सम्बन्धले परमेश्सरसँगको व्यक्तिगत सम्बन्ध तोड्छ । संसारसँगको सम्बन्धले परमेश्वरसँगको सम्बन्धलाई तोड्छ । यसर्थ ख्रीष्टियान र अख्रीष्टियान केटा र केटी बीच हुने प्रेम सम्बन्ध स्वीकार्य हुन सक्दैन । कि त यो प्रेम सम्बन्ध विवाहको उद्देश्यले नभई शारीरिक आकर्षण, अरुकोहरूको प्रेम सम्बन्ध भएको कारणले आफ्mनो पनि सम्बन्ध देखाउन वा कुनै अन्य गलत अभिप्रायले भएको हुनुपर्छ यदि त्यसो हो भने पनि यो सरासर पाप हो । गलत संगत (सम्बन्ध) पनि बाइबलले स्वीकार गर्दैन (१ कोर.१५ः३३) । प्रेम सम्बन्धले व्यक्तिको परमेश्वरसँगको सम्बन्धलाई सिधै प्रभाव गार्दछ । यदि कुनै व्यक्तिको अख्रीष्टियान सँग प्रेम छ भने यसले व्यक्तिको आत्मिक जीवन र सेवकाइलाई पनि बिगार्दछ । पावलले युवाहरूलाई प्रेममा र आचरणमा उदाहरणीय बन्नको निम्ति आग्रह गर्छन् (१ तिमोथी ४ः१२) । यस खण्डलमा पावलको सल्लाह चाहिं तिमी युवा छौ भन्दैमा कसैले तिमीलाई हेला नगरोस् भन्ने हो । यदि ख्रीष्टियान केटा वा केटीले अख्रीष्टियानसँग प्रेम सम्बन्ध राखेमा ऊ आचरणमा उदाहरणीय बन्न सक्दैन र अरुले खराब उदाहरणको रुपमा चित्रण गर्छन् ।

बाइबलले शरीरकको अभिलाषा, जीवनको शेखी र आँखाको अभिलाषा परमेश्वरबाट आएको होइन भन्दछ (१ यूह.२ः१५) र संसारलाई वा संसारमा भएका कुनैपनि थोकलाई प्रेम नगर भन्दछ । यदि ख्रीष्टियान विश्वासमा भएको एकजना युवा वा युवती संसारको कुनै अर्को व्यतिको रुप, व्यवहार वा अन्य कुनै प्रकारको आकर्षणमा पर्छ र उक्त व्यक्ति बीना उनस नसक्ने भावना व्यक्त गर्छ भने यो आफैंमा एउटा जोखिम हो भन्ने बुझ्नुपर्छ । यस प्रकारको आशक्ति केवल शारीरिक आकर्षण मात्र हो । यो कदापी परमेश्वरबाटको हुनसक्दैन । परमेश्वरले ख्रीष्टियानहरूलाई ज्योति बन्नको निम्ति संसारमा राख्नुभयो (मत्ती ५ः१४) । यसको अर्थ ज्योतीले त अध्यारोलाई हटाउनुपर्छ । कसरी ज्योती र अंधकारसँगै रहन सक्छन् ? यस सन्दर्भले पनि ख्रीष्टियान युवाहरू प्रेममा पनि ज्योती (उदाहरण) बन्न सक्नुपर्ने आवश्यकतालाई औंल्याउँछ ।

प्रेम हृदय र भावनामा पनि हुने भएको कारण यसलाई सधैं इन्कार गर्न सकिंदैन । यदि अघिबाटै कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ र सो व्यक्ति अख्रीष्टियान हुनुहुन्छ भने सम्बन्ध तोड्नुहोस भन्ने सल्लाह होइन तर सो व्यक्तिलाई सम्भव भएसम्म आफ्mनो विश्वासको विष्यमा स्पष्ट पार्नुहोस् । प्रेम सम्बन्धमा तपाईंको प्रष्ट विचार अन्ततः सो सम्बन्धलाई विवाहमा अन्त्य गर्नु नै भएको कारण र तपाईं ख्रीष्टियान भएको कारण सो व्यक्तिपनि विवाहको निम्ति ख्रीष्टियान नै हुनुपर्ने विषयमा पनि बताउनुहोस् । यदि सो व्यक्तिले तपाईंलाई साँचो प्रेम गरेको हो भने र तपाईंसँग विवाह गर्ने उद्देश्य छ भने ऊ पनि तपाईंको विश्वास र आस्थमा हिंड्न सहमत हुनेछ । तपाईंलाई प्रेम गर्ने मानिसले तपाईंको भावनालाई आदर गर्छ र तपाईंको परमेश्वरलाई पनिपछ्याउनेछ । यदि विवाह गर्ने वाहेकको अर्को उद्देश्य रहेछ भने वा तपाईलाई साँचो प्रेम गर्दैन भने त्यो सम्बन्ध तोडिन सक्छ । त्यसो भएका पनि तपाईं डराउनु पर्दैन कारण तपाईं केवल भविष्यमा हुन आउने दुर्घटनाबाट सुरक्षित हुँदै हुनुहुन्छ । ख्रीष्टियान युवाहरूले संसारमा ज्योती बनेर उज्यालो छर्नुपर्छ तर के अख्रीष्टियानसँग प्रेममा रहेर हामी ज्योती बन्न सक्छौं ? बाइबल अनुसार संसार प्रतिको मोह वा प्रेम परमेश्वरसँगको शत्रूता हो । परमेश्वरले संसारको ज्योती बनाउन राख्नुभएका हामी कसरी उहाँसँग नै शत्रूता बनाउन सक्छौं ।
(वचन मासिक पत्रिका, वर्ष ७, अंक ३७, फेब्रूअरी २०१६ मा प्रकाशित)

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Smoking and Youth in Nepal

The Situation of Youth in America