Posts

Showing posts from November, 2017

ब्रदर एन्ड्रू (Brother Andrew)

Image
एन्डी भान डेर बिजल अर्थात् ब्रदर एन्ड्रू एउटा सानो डच गाउँमा (नेदरल्याण्डस्) सन् १९२८ मे ११ मा जन्मिएका हुन् । उनी जहिले पनि केही रोचन र चुनौती पूर्ण कार्य गर्न रुचाउँथे र यसैकारण उनी १८ वर्षको उमेरमा डच सेनामा भर्ती भए । उनको सेनामा सेवाको दौरान जिम्मेवार भएर जिएनन् । उनी परमेश्वरको विषयमा खासै चासो नलिने व्यक्ति थिए । तर उनी २० वर्षको हुँदा उनको खुटाको गोलीगाठोँमा गोली लाग्यो र अस्पताल भर्ना भए, यस सँगै उनको सैनिक जीवनको पनि अन्त्य भयो । यो घटना दोश्रो विश्व युद्ध पश्चातको डच वेस्ट इन्डिजको विद्रोह ताकाको कुरा थियो र यही डच सम्राज्यवादको विद्रोह स्वरुप इन्डोनेसिया देशको जन्म भएको थियो । परमेश्वरमा विश्वास अस्पतालमा नर्सहरुको स्वार्थ रहित सेवा र आफ्ना पुराना गल्तीको पश्चतापले बाइबल हातमा लिन उनलाई कर लाग्यो । उनी रित्तो, हृदय तोडिएको र परमेश्वरको खोजको भोक सहित उनी घर फर्किए । एकरात उनले प्रार्थना गरे, “प्रभु, यदि तपाईंले मलाई बाटो देखाउनुभयो भने म तपाईंलाई पछ्याउँछु, आमेन ।” त्यसदिन देखि उसो परमेश्वरले उनलाई नयाँ चाखलाग्दो र चुनौतिपुर्ण बाटोमा हिंडाउनुभयो । उनको सेवकाई फलामको आ

फरक पुस्ताको बीचमा पूल निर्माण

Image
परिचयः पुस्तान्तर अर्थात् जेनेरेशन ग्याप नेपाली समाजमा एउटा चुनौति पुर्ण पक्ष हो तर यसलाई ठूलो चुनौति मानेर समस्याको रुपमा लिनुको साटो यस विषयमा अध्यायन ग ¥ यौं भने वा यस विषयमा थोरै मात्र पनि मनन ग ¥ यौं भने यसले समाज र परिवारलाई अझ बलियो बनाउँछ । नेपाली मण्डलीमा पनि यसको केही नकारात्मक असहरु पछिल्लो दशकमा नखिएका होइनन् । मण्डलीले पनि कसरी फरक पुस्तालाई सँगै लिएर जान सक्छ त ? कसरी फरक पुस्ताको बीचमा पूलको निर्माण गर्ने यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं । पुस्तान्तर के हो ? सामान्यतया , पुस्तान्तर भन्नाले , “ दुइ पुस्ताहरु बीचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्तपन्न गराउँछ ” । पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी , पुस्तान्तर केवल पछिल्लो ५० / ६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरु देखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । इसा पूर्व चौथो शताब्दीका एकजना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा शताब्दीपहिला पनि थियो भन्ने कुरालाई ज

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?

Image
प्रेमनारायण भट्टराई सन् १५१७ अक्टूबर ३१ तरिकका दिन यूरोप महादेशमा रोमन क्याथोलिक मण्डली भित्र सुरु भएको सुधारवादी अभियान (आन्दोलन) अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशनको आज सन् २०१७ अक्टूबर ३१ तरिकका दिन ठीक ५ सय वर्ष पुरा भएको छ । मार्टिन लुथर नाम गरेका एक जना अगस्टेनियन ख्रीष्टियन क्याथोलिक साधुले जर्मनी स्थित वीटनवर्ग च्यापल (चर्च)को मुख्य ढोकामा ९५ वटा बुँदामा तत्कालिन रोमन क्याथोलिक मण्डलीको सैद्धान्तिक कमजोरी र अबाइबलीय अभ्यासगत व्यवहारको विषयमा असहमतीका बुँदाहरु टाँसेपछि यो आन्दोलन पुरै युरोपभरी नै फैलियो । यद्यपी सुधारवादी आवाज यस अघि पनि निरन्तर उठेका थिए र त्यसलाई दबाईंदै आएको थियो । तत्कालिन परिवेशमा रोमन क्याथोलिक मण्डलीको विरुद्धमा आवाज उठाउनु मृत्युसँग नडराउनु झैं थियो । यो सुधारवादी आन्दोलनको ५ यसौं वर्षको परिवेशमा केही एतिहाँसिक तथ्यहरु र यसका आजको उपयोगिताको विषयमा केही कुराहरुको चर्चा गरौं । सुधारवादी आन्दोलन अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशन मूलत पापल अर्थात् मण्डलीमा पोपको अधिनायक शासन वा रोमन क्याथोलिक मण्डलीको विश्वासीहरु माथि चरम सासनको विरुद्धमा थियो । तर