सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?

प्रेमनारायण भट्टराई


सन् १५१७ अक्टूबर ३१ तरिकका दिन यूरोप महादेशमा रोमन क्याथोलिक मण्डली भित्र सुरु भएको सुधारवादी अभियान (आन्दोलन) अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशनको आज सन् २०१७ अक्टूबर ३१ तरिकका दिन ठीक ५ सय वर्ष पुरा भएको छ । मार्टिन लुथर नाम गरेका एक जना अगस्टेनियन ख्रीष्टियन क्याथोलिक साधुले जर्मनी स्थित वीटनवर्ग च्यापल (चर्च)को मुख्य ढोकामा ९५ वटा बुँदामा तत्कालिन रोमन क्याथोलिक मण्डलीको सैद्धान्तिक कमजोरी र अबाइबलीय अभ्यासगत व्यवहारको विषयमा असहमतीका बुँदाहरु टाँसेपछि यो आन्दोलन पुरै युरोपभरी नै फैलियो । यद्यपी सुधारवादी आवाज यस अघि पनि निरन्तर उठेका थिए र त्यसलाई दबाईंदै आएको थियो । तत्कालिन परिवेशमा रोमन क्याथोलिक मण्डलीको विरुद्धमा आवाज उठाउनु मृत्युसँग नडराउनु झैं थियो । यो सुधारवादी आन्दोलनको ५ यसौं वर्षको परिवेशमा केही एतिहाँसिक तथ्यहरु र यसका आजको उपयोगिताको विषयमा केही कुराहरुको चर्चा गरौं ।

सुधारवादी आन्दोलन अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशन मूलत पापल अर्थात् मण्डलीमा पोपको अधिनायक शासन वा रोमन क्याथोलिक मण्डलीको विश्वासीहरु माथि चरम सासनको विरुद्धमा थियो । तर सुधारवादी आन्दोलनको जोड मुख्य रुपमा पाँचवटा इश्वरशास्त्रीय अडनका बुँदामा केन्द्रित थिए । ति यस प्रकार छन्ः
१. सोला स्क्रिपचरा (केवल धर्मशास्त्र) । हाम्रो निम्ति केवल बाइबलमात्र सर्वोच अधिकार सम्पन्न छ ।
२. सोला फिडे (केवल विश्वास) । हामी केवल ख्रीष्ट येशूमा विश्वासद्धारा उद्धार पाउँछौं ।
३. सोला ग्रटिया /ग्रसिया (केवल अनुग्रह) । हामी केवल परमेश्वरको अनुग्रहद्धारा बचाइएका हौं ।
४. सोलस ख्रीष्टस (केवल येशू) । येशू ख्रीष्ट मात्र हाम्रो प्रभु, उद्धारक र राजा हुनुहुन्छ ।
५. सोलि डियो ग्लोरिया (केवल परमेश्वरको महिमाको निम्ति मात्र) । हामी केवल परमेश्वरको महिमाको निम्ति मा जिउँछौं ।

एकजना क्याथोलिक साधुको विद्रोहपूर्ण आँटले केवल सम्पूर्ण इसाई संसारलाई दुईभाग मा गरेन तर यसले धर्मशास्त्रको सर्वोच्चता, क्याथोलिक गलत सम्राज्यको अन्त्य गर्दै उद्धारलाई सर्वसाधारण  मानिसको जीवन सम्म ल्यायो । सुधारवादी अन्दोलनको अर्को मुख्य देन भनेको धर्मशास्त्रलाई मानिसको बुझिने भाषामा अनुवाद गरायो र आम मानिसको हातमा पु¥यायो । त्यतिमात्र मण्डलीको शीर क्याथोलिक पोप र उनको हेडक्वाटर रोमको भ्याटिकनबाट मण्डलीको शीरको रुपमा येशूको सर्वोच्चतालाई पनि पुर्नस्थापित गर्‍यो ।

मण्डली इतिहासको चौधौं शताब्दीमा नै जोन विकलिफले (वेलायत) बाइबल अनुवादमा दिएको योगदान र १५ शताब्दीमा स्वीटजरल्याण्डबाट अल्रिच जुवीङ्गली (सन् १४८४ देखि १५१८)ले शुरु गरेको एक्सपोजेटरी (प्रतिपादनात्मक वा व्याख्यात्मक) बइबलीय वचन प्रचारले सुधारवादी आन्दोलनलाई मलजल गरेको थियो । यद्यपी उनको अल्पायु मै मृत्युभयो । उनी वचन प्रचारगर्नमा एक जोसिला पास्टर थिए । मार्टिन लुथले जर्मनीमा सुधारवादी अभियान शुरु गर्नु धेरै पूर्व जन हस (१३६९ देखि १४१५) ले चेकमा यस अघि नै यो अभियान अगाडी बढाइसकेका थिए ।
refm

क्याथोलिकहरुको हेडक्वाटर रोमको साटोमा सन् १३०९ देखि १३७६ अर्थात् चौधौं शताब्दिमा रोमन क्याथोलिक ७ जना पोपहरुले  एभिग्नोन, हालको फ्रान्सबाट रोमन क्याथिोलिक चर्चलाई चलाउन गरेको प्रयासले पनि सुधारवादी आन्दोलनलाई निक्कै सहायता गरेको थियो । पोप क्लेमेन्ट पाँचौं जो सन् १३०५ मा पोप नियुक्त भएका थिए उनले सन् १९०९ मा क्याथोलिक पोपको कार्यलय हालको फ्रान्समा सारेका थिए जसले रोमन क्याथोलिकहरुको आफैंका बीचमा झगडा बढाउँदै लगेको थियो ।

रोमन क्याथोलिक पापक्षमाको निम्ति पापमोचन पत्रको विक्री (इन्डल्जन्स) पनि सुधारवादी आन्दोलनको निम्ति कारक बन्यो । सर्वधारण मानिसलाई पाप मोचनको निम्ति चर्को मूल्यमा मोचनपत्रको विक्री गरी पोप, विसप र आर्कविशपहरुले विलासी जीवन जिउनुले सुधारवादी आन्दोलनको आवश्यकतालाई अति आवश्यक बनायो र मानिसहरुलाई यसको निम्ति प्रेरित गरेको थियो । सोह्रौं शताब्दीमा विज्ञान प्रविधीले प्रिन्टिङ्ग प्रेस (छापाखाना) को विकास ग¥यो, जुन सुधारवादी आन्दोलनको निम्ति वरदान साविन भयो । विषेश पोप लियो दशौंले जोनाथन टेटेजललाई विटनवर्गमा पाप मोचनको निम्ति पत्र बेचेर पैसा उठाउन लगाए । पोप लियो दशौंको उद्देश्य रोमको पिटर्स बिसिलिका (चर्च) को पुननिर्माणको निम्ति पैसा उठाउनु थियो । विटनवर्ग नै त्यो स्थान हो जहाँबाट लुथरको सुधारवादी अभियानको शुरुवात भएको थियो । यस अघि मानिसहरुले लेखेका कुरालाई बहूप्रति बनाउनको निम्ति मेहनत धेरै लाग्ने गथ्र्यो तर छापाखानाले सुधारवादी इश्वरशास्त्रीहरुको विचार प्रकाशन र प्रसारणमा सहायता ग¥यो । यसको माध्यमबाट साधारण मानिसहरुले पनि वचनको सत्यालाई अरुले पढेको वा सुनाएको भरमा भन्दा पनि आफैं अध्यायन गरेर बुझ्न सहायता ग¥यो ।

मार्टिन लुथर आफैं क्याथोलिक साधु थिए र उनी विटनवर्ग युनिभर्सिटीका इश्वर शास्त्रका प्रध्यापक पनि थिए । यसकारण उनलाई बाइबलको र इश्वशास्त्रको आवश्यक राम्रो ज्ञान थियो । तत्कालिन समयमा क्याथोलिक सिद्धान्तको विरुद्धमा बोल्नु आफैं जोखिमपूर्ण कदम थियो यद्यपी उनले सुसमचार, उद्धार र धर्मशास्त्रको निम्ति आफ्नो सुरक्षलाई ख्यान गनरी सुधावादी अभियानको निम्ति कदम उठाए । केवल मार्टिन लुथरमा होइन तर यस अघि जन हस (१३६९१४१५, चेक रिपब्लिक), जोन विकलिफ (१३२०१३८४, बेलायत), अल्रिच जुइङ्गली (१४८४१५३१, स्वीटजसल्याण्ड) ले मार्टिन लुथर पूर्व पनि महत्वपूर्ण सुधारको सुरुवात गरिसकेका थिए ।

५०० वर्षको सुधारवादी अभियानबाट मण्डलीले के पायो र के गुमायो ? शुरुमा उल्लेख गरें झैं सुधारवादी आन्दोलन क्याथोलिक मण्डली (रोमन क्याथोलिसिज्म) को विरुद्धमा देखिए पनि समग्रमा बाइबलीय सिद्धान्तको पक्षमा यो अभियान केन्द्रित थियो । मार्टिन लुथले ९५ वटा असहमतिका बुँदाहरु ल्याटिनभाषामा लेखेर टाँस्नुले पनि उनको जोड क्याथोलिक मण्डलीमा विभाजन ल्याउनु र अर्को सम्प्रदाय वा समूह सुरु गर्नु थिएन तर रोमन क्याथोलिक अभ्यासलाई सुधार ल्याउनु थियो भन्ने बुझिन्छ । रोमन क्थोलिकबाट अलग भएर बनिएको प्रोटेस्टेन्टहरुको समुह पनि आफैंले आफुलाई नामाकरण गरिएको नभएर दिइएको नाउँ हो । प्रोटेस्टेन्टको अर्थ आफैंमा विरोधीहरु भन्ने हुन्छ ।

  •  सुधारवादी अभियाले बाइबलीय इश्वर शास्त्रलाई स्थापित ग¥यो । अर्थत् बाइबल नै सबैभन्दा आधिकारिक र सर्वोच्च अधिकार पूर्ण शास्त्रको रुपमा पुर्नस्थापित गर्‍यो । के आज बाइबललाई हामी हाम्रो जीवनको अधिकार सम्पन्न शास्त्र मान्छौं वा अझ पनि निरन्तर प्रकाशको निम्ति अन्य माध्यम वा स्रोत खोज्छौं ?
  •  सुधारवादको अभियानले मण्डलीलाई ख्रीष्टको शरीरको रुपमा पुर्नस्थापित ग¥यो अर्थात् मण्डलीको शीर मानिस, पोप, संस्था वा कुनै मानवीय संरचना नभएर ख्रीष्ट नै हुनुहुन्छ भनि दावी गर्‍यो । के आज हाम्रो मण्डलीको शीर ख्रीष्ट हुनुहुन्छ कि, मानिस वा मानिसले बनाएका संरचना, विधीविधानले मण्डलीलाई निर्देशित गरिरहेका छन् ?
  • सुधारवादी अभियानले विश्वास र अनुग्रहलाई पुनःपरिभाषित ग¥यो । उद्धारको निम्ति केवल परमेश्वरको अनुग्रहको पर्याप्ततालाई आम मानिसको पहूँच सम्म ल्यायो र विश्वासद्धारा मात्र उद्धार पाइने र विश्वासद्धारा अनुग्रहमा बचाइने शिक्षालाई प्रचार गर्‍यो । के हामीले आज प्रचार गर्ने सुसमचार विश्वासद्धारा परमेश्वरको अनुग्रहले बचाइने छ वा अन्य कुनै कुरा ?
  •  सुधारवादी अभियानले परमेश्वरको महिमाको निम्ति सबै थोक सृजना गरिएको कुरालाई जोड दियो । ब्रम्ह्ण्डको सृष्टि, मानिसको सृष्टि आदि सबै केवल परमेश्वरको महिमाको निम्ति गरिएका थिए । मानिसको पापले परमेश्वरको महिमा मानिसबाट हराएको थियो । येशूको उद्धारले मानिस र पमेश्वरको सम्बन्धलाई स्थापना गरि केवल उहाँको महिमा गर्नु थियो । आज हाम्रो जीवन के केवल उहाँको महिमाको निम्ति हामीले प्रयोग गरेका छौं ?
सुधारवादी आन्दोलन केवल इतिहाँसमा एकपटक भएको घटना हो वा यो निरन्तर चलिरहेको छ ? ख्रीष्टियानहरु यस विषयमा आआफ्नै मत प्रकट गर्छन् । तर जे भएपनि सुधारवादी अभियानले मण्डली इतिहास र ख्रीष्टियान जीवनमा ल्याएको विश्वास र अभ्यासको परिवर्तनलाई हामीले स्वीकार गर्नै पर्छ । माइकल रिभ्सले गोस्पल कोलिएसनमा सुधारवादी अभियानको विषयमा हरेक ख्रीष्टियानले जान्नै पर्ने कुराहरु भनि तीन वटा कुराहरु उल्लेख गरेका छन्ः  सुधारवादी अभियानले विश्वासीमा १) खुसीयाली ल्याएको छ, २) स्वतन्त्रता ल्याएको छ, र ३) भविष्य ल्याएको छ ।
हामी नेपाली ख्रीष्टियानहरुमा ख्रीष्टिय जीवनको खुसीयाली, स्वन्त्रता र उज्जवल स्वर्गीय भविष्यको आशा कहिल्यै नमरोस् । हाम्रो निम्ति यो सुधारवादी आन्दोलनको ५ सयौं वर्ष एक उत्सव बनोस् । कहिं कतै नजानेर गलत सिद्धान्त र अभ्यासमा फसेका रहेछौं भने पश्चताप पर्ने अवसर पनि बनोस् ।

सुधारवादी युगको ५ सयौं वर्षको हार्दिक शुभकामना ।
द जायोन अनलाई मा प्रकाशित 31 October 2017

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

God wants do Something New in Your Life...

The Situation of Youth in America