Posts

Showing posts from March, 2018

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Image
आत्मिक बाबू छोराको प्रचार अबाइबलीय र पैसाको निम्ति गरिने प्रचार हो आत्मिकी बाबू र छोराको चित्र बाइबलमा दिइएको शक्तिशाली र अर्थपूर्ण चित्र हो । यो सामान्य र ख्याल ठट्टाको शिक्षा होइन । आजका केही उदाउँदा प्रचारकहरुले यो बाइबलीय रहस्यलाई अनर्थ लगाएर विश्वासीहरुमा भ्रम छर्ने र मानिसहरुलाई बहकाउने खेलमा लागेका देखिन्छन् । यदि आत्मिकी बाबू र छोराको सम्बन्धलाई हामीले बुझ्यौं भने यो ठूलो बाइबलीय सत्यता पनि हो । यदि यसलाई शारीरिक फाइदाको निम्ति प्रयोग गरियो भने यो दण्डनीय झूठो शिक्षा हुन्छ । पछिल्लो दिनमा सम्पन्नतावादी शिक्षाको प्रचार गर्नेहरुले यो भ्रमपूर्ण शिक्षाको प्रचार गरिरहेका छन् । सफलता, सम्पन्नता, आषिश तथा अभिषेकको प्रतिज्ञा र प्रचार गर्नेहरुले यस्तो आत्मिकी पिताको प्रचार गरिरहेका छन् । उनीहरुको शिक्षा अनुसार आशिष पाउन, सफल हुन र अभिषेक पाउन आत्मिकी बाबूको सहायता चाहिन्छ । यसरी उनीहरुले येशूको पर्याप्ततालाई अस्वीकार गरेर मानविय मध्यस्थको रुपमा आफुलाई प्रचार गरिरहेका छन् । क्रमशः शामूएल तामाङ, पावल क्षेत्री र केशव आचार्य सम्पन्नता र धनसम्पत्तिको निम्ति यो प्रचार लोकप्रिय भइरह

Charles Simone

Image
चाल्र्स सिमियोन, एक इमान्दार सुसमाचारीय वचन प्रचारक चाल्र्स सिमियोन (सन् १७५९—१८३६) सन् १९५९ मा बेलायतमा जन्मिएका चाल्र्स सिमियोन इसाई परिवारमा हुर्किएका थिए । उनी बाल्यकालबाट नै परिवारसँग एङ्गलिङ्कन चर्चमा गए । उनी पारिवारिक रुपमा धर्मकर्ममा सुपरिचित भएर हुर्किए तर आफैं भने उद्धार नपाएका व्यक्ति थिए । करिब २० वर्षको उमेरमा उनी एउटा वाक्यसँग ठोकिन पुगे, “यहूदीहरुलाई थाहा थियो कि, जब उनीहरुले वलिदान वा चढाउने भेटीमाथि हात राख्थे तब उनीहरुको पाप उक्त वलिदान वा भेटिमा सर्दथ्यो र उनीहरुले पापको क्षमा पाउँथे” । उनको आँखा खुल्यो र उनले बुझे कि, येशू माथि विश्वास राखेर मात्र उनको पाप र दोषको क्षमा हुन सक्छ । यसरी उनले व्यक्तिगत जीवनमा उद्धारको अनुभव गरेर येशूमा विश्वास गरे । उनको यो परिवर्तित जीवनले उनको “केवल चर्चजाने परिवार”लाई खासै केही खुसी पारेन । उनले सुसमाचारको यो गवाही परिवारलाई सुनाउँदा उनीहरुले इन्कार गरे । उनको नयाँ जीवनको अनुभवमा उनी अध्यायनरत किङ्गस कलेजमा पनि खासै साथि पाएनन् । त्यसबेला खीष्टको निम्ति प्रेम र उहाँको सुसमाचार मानिसहरुको निम्ति खासै रुचीको विषय हुदैनथ्यो