New False Doctrinal Movement- Spiritual Father-Son Relationship

आत्मिक बाबू छोराको प्रचार अबाइबलीय र पैसाको निम्ति गरिने प्रचार हो
आत्मिकी बाबू र छोराको चित्र बाइबलमा दिइएको शक्तिशाली र अर्थपूर्ण चित्र हो । यो सामान्य र ख्याल ठट्टाको शिक्षा होइन । आजका केही उदाउँदा प्रचारकहरुले यो बाइबलीय रहस्यलाई अनर्थ लगाएर विश्वासीहरुमा भ्रम छर्ने र मानिसहरुलाई बहकाउने खेलमा लागेका देखिन्छन् । यदि आत्मिकी बाबू र छोराको सम्बन्धलाई हामीले बुझ्यौं भने यो ठूलो बाइबलीय सत्यता पनि हो । यदि यसलाई शारीरिक फाइदाको निम्ति प्रयोग गरियो भने यो दण्डनीय झूठो शिक्षा हुन्छ । पछिल्लो दिनमा सम्पन्नतावादी शिक्षाको प्रचार गर्नेहरुले यो भ्रमपूर्ण शिक्षाको प्रचार गरिरहेका छन् । सफलता, सम्पन्नता, आषिश तथा अभिषेकको प्रतिज्ञा र प्रचार गर्नेहरुले यस्तो आत्मिकी पिताको प्रचार गरिरहेका छन् । उनीहरुको शिक्षा अनुसार आशिष पाउन, सफल हुन र अभिषेक पाउन आत्मिकी बाबूको सहायता चाहिन्छ । यसरी उनीहरुले येशूको पर्याप्ततालाई अस्वीकार गरेर मानविय मध्यस्थको रुपमा आफुलाई प्रचार गरिरहेका छन् ।
क्रमशः शामूएल तामाङ, पावल क्षेत्री र केशव आचार्य
सम्पन्नता र धनसम्पत्तिको निम्ति यो प्रचार लोकप्रिय भइरहेको छ । पावलको तिमोथी र तितसलाई आत्मिक छोराको सम्बोधा बाहेक नयाँ करारको शिक्षामा पनि आत्मिकी छोराहरुको विषयमा शिक्षा छैन न त कसैले आत्मिकी बाबू हुनुपर्छ भनेर सिकाएको, लेखेको वा विचर दिएको छ । बाइबलबाहेकको अन्य शिक्षामा पनि यो जोड कहिँ कतै पाउँदैनौं । एयिला, एलिसा, येशू र चेलाहरु, पावल र थिमोथीको उदाहरण दिएर आज जुन शिक्षा प्रचार गरिँदैछ यो सरासर अबाइबलीय र भूmठो छ । नयाँ करारबाहेक पुरानो करारको पद र खण्डलाई पनि सन्दर्भ भन्दा बाहिर लगेर प्रचार गरिएको छ । न त यसको बाइबलीय आधार छ न त यो शिक्षाको प्रचार पछाडीको मनसाय नै ठीक छ । यो प्रचार सम्पन्नता, आशिष र अभिषेकको निम्ति केवल पैसा माग्ने भ्रम फैलाउनको निम्ति बाहेक अन्य कुनै आसयले प्रचार गरिएको छैन ।
बाइबलले के भन्छ त ? आत्मिकी बाबू र छोराको शिक्षा बाइबलमा आधारित नै छ । पावलले तिमोथी (२ तिमोथी १ः२) र तितसलाई (तितस १ः४) आत्मिकी छोराको रुपमा सम्बोधन गरेका छन् । विश्वासमा आत्मिक पिता हुनुपर्छ भन्ने शिक्षालाई पावलले पनि समर्थन गरेका छन् (१ कोरन्थी ४ः१५) । आत्मिकी पिताको जिम्मा भनेको आत्मिकी छोरालाई आत्मिकी शिक्षामा हुर्काउनु हो । पिताकोका छोरालाई हुर्काउनु र सुरक्षा दिनु हो । पिताले छोरालाई शिक्षा, ज्ञान, बुद्धि, आशिष र सल्लाह दिन्छ । आत्मिकी पिताको काम आत्मिकी छोरालाई परमेश्वरको ज्ञानमा बढाउनु र परमेश्वरको बोलावटमा डो¥याउनु हो । छोरालाई आफ्नो नियन्त्रणमा राख्नु र आफुले स्वर्थको निम्ति प्रयोग गर्नु आत्मिक पिताको काम होइन । परमेश्वरमा नभएर आफुमा मानिसहरुलाई केन्द्रीत गराउने व्यक्ति आत्मिक पिता हुन सक्दैन ।
“तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। ढतिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। ज्ञण्तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ ।” मत्ती २३ः८–१० यहाँ येशूले पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ ।
हामी हाम्रो जीवनको निम्ति जुनसुकै कुरा पनि येशूको नमूनाबाट हेर्छौं । येशू आत्मिक बुबाको सिद्ध उदाहरण हुनुहुन्छ (हिब्रू २ः१३) । पिताले उहाँलाई दिनुभएकाहरु र नियुक्त गर्नुभएकाहरुलाई आफ्नो छोराको रुपमा लिनुभयो (मर्कूस ३ः१३–१५) । यी छोराहरुले येशूसँग सिधा सम्बन्ध राख्न र कुरा गर्न सक्थे । उनीहरुसँग येशूको संगति हुन्थ्यो । आजका आत्मिक बाबूहरु फेसबुक र युट्युबका भिडियोबाट मानिसहरुलाई आत्मिक छोरा बनाउने सन्दर्भलाई प्रचार गर्छन् । येशूले आत्मिक छोराहरुको निम्ति जीवन दिनुभयो । समय दिनुभयो र मर्नुपनि भयो । तर आजका आत्मिक बाबूहरु दिने होइन तर लिने प्रचार गर्छन् । आत्मिक बाबूको काम चाहिँ छोराहरुबाट लिने होइन तर छोराहरुको निम्ति परिश्रम गर्ने र दिने हुनुपर्छ ।
येशूले आत्मिक छोराहरुलाई सेवा गर्र्नको निम्ति अधिकार पनि दिनुभयो (लूका ९ः१–६) तर आजका आत्मिक बाबूहरुले सेवा गर्नको निम्ति उनीहरुलाई ढोग्न लगाउने र प्रशंसा गर्न अगाउने गर्छन् । आजका आत्मिक बाबूहरुले एकदम कम मात्र सेवा गर्ने मौका दिन्छन् तर उनीहरु पैसा, मान सम्मान जस्ता कुराहरु आफुले माग्छन् । यदि कतै मौका दिइहाले भने पनि आफ्नो नाउँ र महिमाको गवाही भन्न लगाएर आफुमा मात्र नियन्त्रित राख्छन् । आफुलाई आत्मिकी बाबू आफैं घोषणा गर्ने र आत्मिकी छोराहरुको निम्ति समय र स्रोत नदिन तर आफैं माग्ने यी आत्मिकी बाबूहरु केवल फरिसीहरु जस्ता नामधारी मात्र हुन् (मत्ती २३ः१–१२) । उनीहरु आफैं आदर खोज्छन् ।
आजका आत्मिक बाबूहरुले आफुले आशिष दिने र अभिषेक सार्ने शिक्षा दिन्छन् । जुन शतप्रतिसत अबाइबलीय छ । हाम्रो मध्यस्थ येशू हुनुहुन्छ (१ तिमोथी २ः५) । संसारका आत्मिक बाबूहरुले पावल र तिमोथीको उदाहरण दिएर आत्मिकी बाबू र छोराको सम्बन्धको प्रचार गर्छन् । आफुलाई पावललको दर्जामा राख्ने यी मूर्खहरु कसरी आत्मिकी बाबू बन्न सक्छन् ? पावलको दर्जामा आफैंलाई राख्ने अधिकार कसले दिन्छ ? कोही मानवीय पिताले कसैलाई आशिष दिन, मानिस र परमेश्वरको बीचमा मध्यस्त बन्न र अनुग्रह प्रदान गर्न सक्दैसक्दैन । यदि मानिसले परमेश्वरसँग मानिसलाई जोड्न सक्ने भए येशू संसारमा मानिस भएर आउनु, दुःख भोग्नु, मर्नु र पुनरुत्थान हुन आवश्यक थिएन । मानिसले यी काम गर्न नसक्ने भएकाले नै येशू संसारमा आउनुभएको हो । फेरी किन मानवीय आत्मिकी बाबू बनेर मानिसहरुको मध्यस्त गर्नु परेको हो ?
बप्तिसमा दिने यूहन्नाले पनि आफ्नो चेलाहरुलाई येशू तर्फ देखाए । यूहन्नाका ति चेलाहरुले येशूलाई पछ्याए (यूहन्ना १ः३५–३७) । वास्तविक आत्मिकी पिताले मानिसहरुलाई जहिले पनि येशूतर्फ लौंल्याउँछ, आफुमा होइन । आजका आत्मिक बाबूहरुले मानिसहरुलाई आफु तर्फ बोलाइ रहेका छन् । आत्मिक बाबूको कर्तव्य मानिसहरुलाईलाई (उनीहरुको भाषामा छोरालाई) परमेश्वरको सम्बन्धमा नजिक गराउने हो । तर आजका आत्मिक बाबूहरु आफुसँग नजिकको सम्बन्ध भए आशिष पाइन्छ भनि प्रचार गर्छन् । एउटा आत्मिकी बाबूको काम आत्मिकी छोरालाई परमेश्वरको अधिनमा जान उत्प्रेरित गर्ने हो । तर भूmटा आत्मिकी बाबूहरुले परमेश्वरको स्थानमा आफुलाई राखेर इश्वरनिन्दा गरिरहेका छन् । मानिसहरुलाई परमेश्वरसँगको सिधा सम्बन्धबाट अलग गरेर आफुलाई मध्यस्तकर्ता बनाएका छन् । यो चाहिँ मानिसलाई परमेश्वरसँग जानबाट रोख्ने खेल हो ।
आजका आत्मिक बाबूहरुले मानिसहरुलाई परमेश्वर तर्फ होइन तर आफुतर्फ केन्द्रित तरेर आफुले पाप गरि रहेका छन् । त्यति मात्र होइन येशूले अरु मानिसहरुलाई पापमा पार्नेहरुको विषयमा गम्भिर शिक्षा दिनुभएको छ, “तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ । पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार, त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ !” (मत्ती १८ः६,७) । आफुलाई आत्मिकी बाबू बनाएर मानिसहरुलाई आत्मिकी छोरा बनाउनेहरुले आफुलाई येशूको स्थानमा राख्दैछन् । यी मानिसहरुले येशूको महिमा आफुले लिएर परमेश्वरलाई महिमाबाट लुटिरहेका छन् ।
आत्मिकी बाबू र छोराको खास चित्र बाइबलीय हो तर यसलाई मानिसहरुले आज स्वर्थ पुरा गर्ने र आफुले महिमा लिने बाटो बनाएर गलत व्याख्या गरेका छन् । आत्मिकी बाबू बनेर मानिसहरुलाई आशिष हुन्छ, आत्मिकी बाबूको सेवा गर्नुपर्छ, आत्मिकी बाबूलाई पैसा दिनुपर्छ भन्ने जस्ता अबाइबलीय अभ्यासको प्रचार गरिएका छन् । आत्मिक बाबूको जिम्मा चाहिँ मण्डलीको पास्टर वा एल्डरहरुको हो । आज फेसबुक र भिडियोहरुको माध्यमबाट अरुका मण्डलीको मानिसहरुलाई बहकाएर र भ्रम छरेर यस्ता प्रचारकहरुले आफ्नो स्वार्थ पुरा गरिरहेका छन् । अरुका मण्डलीका मानिसलाई आत्मिक छोरा बनाउनु चाहिँ मण्डलीको पछाडिको ढोकाबाट छिरेर अरुका मण्डलीका मानिसहरुलाई भत्काउने खेल हो । मण्डलीलाई भत्काउने र बिगार्ने खेलको हतियारको रुपमा शैतानले यस्ता शिक्षकहरुलाई प्रयोग गरिरहेको छ । येशू संसारका छुटकारा र स्वतन्त्रता दिनको लागि आउनुभयो तर आतिमकी बाबू छोराको सम्बन्ध निकारे मानिसहरुलाई फेरी बन्धनमा बाँध्नेकाम कदापी बाइबलीय हुन सक्दैन ।
पावलले कोरन्थीको मण्डलीलाई सम्मोधन गरेका छन् (१ कोरिन्थी ४ः१४–१७), कोरिन्थीको मण्डली पावलले सुसमाचार प्रचार गरेर स्थापना भएको थियो । सामान्य अर्थमा पाववले आत्मिक छोराहरु भन्नुको अर्थ सुसमाचारको कारणले हो । पावलल र तिमोथीको आत्मिकी बाबू र छोरा सम्बन्ध सामान्य अर्थमा आत्मिकी चेलाको रुपमा हो । आजको आत्मिकी बाबू बन्नेहरुले गर्ने अर्को गम्भिर भूल भनेको पैसा दिएर आत्मिकी छोरा बन्ने भन्ने हो । यो सरासर झूठो हो । कसरी मानिसहरुलाई अन्धा बनाइएको छ ? पैसा दिएन वा सेवा गरेर भने आत्मिकी बाबू र छोराको सम्बन्ध हुँदैन रे ! पैसा दिएन भने अनाथ छोरा हुन्छ रे !
आत्मिक बाबू र छोराको शिक्षा भनेको सिकाउन र मानिसहरुलाई बोझको रुपमा भारी बोकाउनको निम्ति होइन । आत्मिक बाबू र छोराको सम्बन्ध आषिको माध्यम ल्याउनको निम्ति पनि होइन । तर यो सम्बन्ध केवल महशुस गर्नको निम्ति हो । तपाईंले कसैलाई तपाईंको आत्मिकी बाबू मान्न सक्नुहुन्छ तर यसको मतलव आषिशको माध्यम मान्नको निम्ति होइन न त उक्त व्यक्तिलाई परमेश्वरको र आफ्नो बीचको पूलमान्नको निम्ति हो । यो केवल सामान्य आदर, सुसमचार र आत्मिक शिक्षाको लागि मात्र हो । तपाईंको मण्डलीको पास्टर नै तपाईंको आत्मिकी बाबू हुनसक्नुहुन्छ, उहाँले तपाईंलाई शिक्षा दिनुहुन्छ, सल्लाह दिनुहुन्छ, परमेश्वरमा हुर्काउनुहुन्छ र परमेश्वरमा तपाईंको बोलावट पुरा गर्नलाई मार्ग निर्देशन दिनुहुन्छ । कतै भिडियो हेरेको वा कसैको शिक्षा सुनेको भरमा उसलाई आत्मिकी बाबू बनाउनु भनेको तपाईंको आत्मिकी बाबू हुँदा हुदै उहाँलाई त्यागेर अर्काको सौतेनी आत्मिक बाबू बनाउनु हो ।
तपाईंको पास्टर नै आत्मिकी बाबू हुनुहुन्छ भन्नुको अर्थ फेरी उहाँलाई आशिषको स्रोत मान्नु, उहाँबाट अभिषेक बग्छ भनेर उहाँको अधिनमा बस्नु पनि होइन तर उहाँको आत्मिकी शिक्षा, परामर्श र सल्लाहमा तपाईंको आत्मिकी जीवन अगुवाई गर्नु हो । तपाईंको स्थानिय मण्डली नै तपाईंको आत्मिकी परिवार हो । तपाईंको आत्मिकी परिवारसँग जोडिर रहनु र त्यहाँ आफ्नो परिवारमा तपाईंको कर्तव्य पुरा गर्नु तपाईंको दायित्व हो । तपाईंले भेटि दिने र सहायता गर्ने स्थान तपाईंको स्थानि मण्डली हो । अन्य कोही व्यक्तिलाई पैसा बुझाएर आषिश पाउँछु भन्नु तपाईंको भ्रम हो । आजका आत्मिकी बाबूहरुले अरुका मण्डलीमा विश्वासीहरुलाई आषिश आउँछ भनेर पैसा लुटिरहेका छन् । बाइबलमा कहिँ पनि कोही व्यक्तिलाई पैसा वा भेटी दिनुको निम्ति भनिएको छैन । हामीले उदार चित्तले दिनुपर्छ तर स्थानिय मण्डलीमा, कोही व्यक्तिलाई होइन ।
यस्ता शिक्षाहरुबाट हामी होसियार हुनुपर्छ । आत्मिक बाबू छोराको शिक्षालाई हामीले ठीकसँग प्रयोग गरेमा यो सेवकाइ र परमेश्वरको राज्यको निम्ति ठूलो सहायताको विषय बन्न सक्ट तर यसलाई गलत फाइदाको निम्ति प्रयोग गरेर आत्मा नाश गर्ने खेलमा कति शिक्षकहरु लगेका छन् । पैसाको निम्ति, आफ्नो उन्नतीको निम्ति, महिमा र आदर पाउन आत्मिक बाबु बन्ने र बनाउने चलन लोकप्रिय बन्दै गएको छ र यो सरासर झूठो हो । यि प्रचारकहरुको प्रचारको सार पैसा मात्र छ । आफैं यी लिंकहरुमा गएर हेर्न सक्नुहुन्छ
यस्तो प्रचार गर्ने केही प्रचारकहरु-
पावल क्षेत्री (भारत),https://www.facebook.com/bikash.chhetri.5855/videos/728659310675215/
केशव आचार्य (पोखरा), https://www.youtube.com/watch?v=vD-gz1t61Nw
शामूएल तामाङ (धरान)
https://www.youtube.com/watch?v=k1SFBtbcjT8
https://www.youtube.com/watch?v=IbSBYrYnKeY

Comments

Popular posts from this blog

ब्रदर एन्ड्रू (Brother Andrew)

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

Historical Development of Baptist Ideology; Destinctive and Practice