Posts

Showing posts from August, 2015

स्थानिय युवा सेवकाइको प्रभावकारी संचालन

Image
Leading Local Youth Group Effectively  मण्डलीको सेवाकाइ र सौन्दर्यता धेरैहद सम्म मण्डलीको युवा सेवकाइमा निर्भर रहन्छ । विषेशगरी मण्डलीले किशोर किशोरीहरूको जीवनमा परमेश्वरको वचनलाई रोप्न नसके उनीहरूको जीवन कम सफल वा कतिपय अवस्थामामा असफल नै हुनपुग्छ, यो युवासेवकाइको आवश्यकताको एक पक्ष हो भने, मण्डलीको नेतृत्व हस्तान्तरण र जिम्मेवारीवहन गर्न युवा सेवकाइलाई प्रभावकारी बनाउन आवश्यक हुन्छ । हिजोआज सयौं युवा सदस्य भएका मण्डलीहरूमा पनि ५÷१० जना मात्र युवाहरू संगतिमा भेलाभएका उदाहरणहरू देखिन्छन् । मण्डलीको अगुवाहरू र युवा संगतिमा जिम्मेवारी लिएका अगुवाहरूले युवा संगति र सेवकाइलाई मण्डलीको मुख्य खम्बा बनाउन आवश्यक छ । एउटा स्थानिय युवा सेवकाइलाई कसरी प्रभावकारी र बलियो बनाउन सकिन्छ ? १. उपयुक्त समय र स्थानको छनौट ः प्रायः युवा संगतिमा सहभागी नहुने युवाहरूको बहाना नै समय हो । कतिजनाको अध्ययन, काम वा यस्तै अन्य परिस्थितिले उनीहरू भेलाहुन नसक्ने बताउँछन् । सकेसम्म सबैको निम्ति वा बढीभन्दा बढी युवाहरूलाई उपयुक्त हुने समयको बारेमा सोच्नुहोस् । छुट्टीको दिन उपयुक्त हुनसम्छ, जस्तो शनिबार । तर सबै