स्थानिय युवा सेवकाइको प्रभावकारी संचालन

Leading Local Youth Group Effectively 

मण्डलीको सेवाकाइ र सौन्दर्यता धेरैहद सम्म मण्डलीको युवा सेवकाइमा निर्भर रहन्छ । विषेशगरी मण्डलीले किशोर किशोरीहरूको जीवनमा परमेश्वरको वचनलाई रोप्न नसके उनीहरूको जीवन कम सफल वा कतिपय अवस्थामामा असफल नै हुनपुग्छ, यो युवासेवकाइको आवश्यकताको एक पक्ष हो भने, मण्डलीको नेतृत्व हस्तान्तरण र जिम्मेवारीवहन गर्न युवा सेवकाइलाई प्रभावकारी बनाउन आवश्यक हुन्छ । हिजोआज सयौं युवा सदस्य भएका मण्डलीहरूमा पनि ५÷१० जना मात्र युवाहरू संगतिमा भेलाभएका उदाहरणहरू देखिन्छन् । मण्डलीको अगुवाहरू र युवा संगतिमा जिम्मेवारी लिएका अगुवाहरूले युवा संगति र सेवकाइलाई मण्डलीको मुख्य खम्बा बनाउन आवश्यक छ । एउटा स्थानिय युवा सेवकाइलाई कसरी प्रभावकारी र बलियो बनाउन सकिन्छ ?

१. उपयुक्त समय र स्थानको छनौट ः
प्रायः युवा संगतिमा सहभागी नहुने युवाहरूको बहाना नै समय हो । कतिजनाको अध्ययन, काम वा यस्तै अन्य परिस्थितिले उनीहरू भेलाहुन नसक्ने बताउँछन् । सकेसम्म सबैको निम्ति वा बढीभन्दा बढी युवाहरूलाई उपयुक्त हुने समयको बारेमा सोच्नुहोस् । छुट्टीको दिन उपयुक्त हुनसम्छ, जस्तो शनिबार । तर सबै ठाउँको निम्ति यो सम्भवनै हुन्छ भन्ने पनि छैन । सबै युवाहरू र अभिभवाकलाई सहभागी गराएर छलफल गर्नुहोस् कुन समय उपयुक्त हुनसक्छ । एकपटक निर्णय गरिएको समयलाई नै सधैं प्रयोग गर्नुपर्छ भन्ने पनि छैन त्यसैले एकपटक गरिएको छलफल र निर्णय अनुसारको समय सबैलाई उपयुक्त नभए अर्को समयको निम्ति फेरी सोच्नुहोस् ।

समयको साथै उपयुक्त स्थान पनि छनौट गर्नुहोस् । प्रायः मण्डलीहरूमा युवा संगतिको निम्तिे भेला हुने स्थान भनेको मण्डली नै हो । मण्डलीको भवनमा नै युवा संगतिको निम्ति भेट्नु असल हुन्छ । तर यो सबैको निम्ति उपयुक्त स्थान हो कि होइन सो बारे पनि सोच्ुहोन् । कतै युवाहरूलाई मण्डलीमा आइपुग्न धेरै समय बाटोमा नै लागिरहेको त छैन ? मण्डलीमा नै आइपुग्न खर्चिलो भयो भने वा समय व्यथैमा लाग्छ भने युवा संगतिमा सहभागिता विस्तारै घट्नसक्छ । मण्डलीमा नै भेट्ने बाध्यताको कारण युवा संगति प्रभावकारी हुन नसक्नु वा सहभागीता नहुनुभन्दा बरु सबैको निम्ति उपयुक्त हुने अर्को स्थान खोज्नु राम्रो हुन्छ ।

स्थान छनौट गर्दा प्रायः सबैजना अँट्ने र सजिलोसँग बस्न मिल्ने हुनुपर्छ । तपाईंको युवा संगतिमा के कस्ता गतिविधीहरू हुन्छन् ति गतिबिधीलाई संचालन गर्न सकिने प्रकारको स्थान हुनुपर्छ । जस्तो खेल खेलाउने कार्यक्रम तपाईंको युवा संगतिको गतिविधीपर्छ भने त्यसको निम्ति पर्याप्त ठाउँ पुग्नुप¥यो । युवा संगतिको निम्ति खुल्ला, प्रकाश पर्यापत पुग्ने, सङ्गीतिक सामग्री भएका र गतिविधी सजिलै संचालन गर्न पुग्ने स्थान हुनुआवश्यक छ । कहिलेकाहीं विषेश कार्यक्रमको निम्ति स्थान र समयलाई परिवर्तन गर्न आवश्यक हुन्छ । जस्तै सार्वजनिक विदाको दिन पिकनिकको निम्ति सबेरै र नियमित युवा संगति गर्ने स्थान भन्दा बाहिर जान आवश्यक हुन्छ । मण्डलीको अगुवाहरू र युवा संगतिको अगुवाले यस विषयमा संयमित भएर सोच्नु र निर्णय गर्नुपर्ने हुन्छ ।

२. युवा संगतिको विषयमा नियमित कुरा गर्नुहोस् ः
तपाईंको युवा संगतिको विषयमा अभिभावकसँग नियमित कुरा गर्नुहोस् । यसरी कुरा गर्दा तपाईं आफैं उत्साहित हुनुहोस् र युवा संगतिको विषयमा विज्ञापन गर्नुहोस् । तपाईको युवा संगतिमा भइरहेका राम्रा गतिविधी र यसले पारेका सकारात्मक प्रभावको बारेमा कुरा गर्नुहोस् । पाष्टर वा मण्डलीको अगुवाहरूलाई युवा संगतिको विषयमा मण्डलीमा सूचना गर्नको निम्ति अनुरोध गर्नुहोस् र कहिलेकाहीं तपाईं आफैंपनि युवा संगतिको विषयमा बाँड्नुहोस् । त्यसैगरि युवा संगतिका सदस्यहरूलाई पनि मण्डलीमा अघि उभिएर युवा संगतिमा पाएका आशिषहरू बाँड्न उत्साह दिनुहोस् । यसो गर्नाले अभिभावकहरूमा तपाईंको युवा संगतिको विषयमा राम्रो प्रभाव पर्छ र उनीहरूले नियमित प्रार्थन ागर्नेछन् । यदि कसैको परिवारबाट युवाहरू संगतिमा सहभागी भइरहेका छैनन् भने पनि उनीहरूको अभिभावक आफैंले नै आफ्ना युवाहरूलाई युवा संगतिमा सहभागी हुन उत्साह दिनेछन् ।

प्रायः युवाहरू धेरै साथि बनाउने वा साथीसँग समय बिताउन रुचाउने हुन्छन् । यसवा संगतिको विषयमा युवा सदस्यहरूले नै अन्य युवा साथीहरूलाई बताए भने वा उत्साह दिए भने त्यो अझ प्रभावकारी हुन्छ तर यसको निम्ति ति युवाहरू नै युवा संगति प्रति उत्साहित र नियमित सहभागि हुनुपर्छ । युवाहरूलाई नै तपाईंको युवा संगतिको विषयमा अन्य साथीहरूसँग कुरा गर्न उत्साह दिनुहोस् ।

हिजोआज सामाजिक संजाल फेसबुकलाई प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो मण्डलीको सबै युवाहरू र उनीहरूको अभिभावकहरूलाई फेसबुकमा साथी बनाउनुहोस् र युवा संगतिका गतिविधीलाई नियमित रुपमा पोस्ट गर्नुहोस् । यसो गर्नाले तपाईंले सबैलाई एकैपटक, थोरैसमयमा र कम खर्चमा सूचना प्रवाहा गर्नसक्नुहुन्छ । कार्यक्रम वा गतिविधी संचान गरिसकेपछि फेरी सफलताको विषयमा लेख्नुहोस् र उपयुक्त फोटोहरू पनि राखनुहोस् । कहिलेकाहीं आवश्यक पर्दा फोनबाट कुरा गनुहोस् वा एस.एम.एस पनि पठाउनुहोस् । यसो गर्दा उनीहरूलाई कार्यक्रमको विषयमा जानकारी हुनेछ र उनीहरू पनि उत्साहित हुनेछन् । युवाहरूप्रायः मोबाइल र फसबुक लगायतका माध्यममा सजिलै र सबैसमय जोडिएका हुनाले यस्ता प्रविधी र सामग्रीको प्रयोगले पनि तपाईंको युवा संगति र सेवकाइलाई सहायता मिल्नेछ ।

३. रचनात्मक र सहभागितामूलक गतिविधी राख्नुहोस् ः
हामी मानिसहरूलाई एकै प्रकारको र अल्छि लाग्दा कार्यक्रमहरू मन पर्दैन । अझ युवाहरू त झनै रचनात्मक र रमाइला कार्यक्रमहरूको खोजीमा हुन्छन् । मण्डलीका नियमित सेवा–संगति भन्दा युवा कार्यक्रमलाई केही भिन्न बनाउनुहोस् । युवा संगति भएकाले युवाहरूलाई मन पर्ने विभिन्न गतिविधीहरू राख्नुहोस् । हरेक हप्ता यस्तो कार्यक्रम राख्नुहोस् ता कि त्यो हप्ता मात्र सहभागी भएको युवालाई अर्को पटकको युवा संगतिमा आउन जोश मिलोस् । यदि पहिलो पटक आएको युवाले सो सहभागीतामा नै युवा संगति अल्छिलाग्दो पायो भने फेरी उसलाई सहभागी गराउन धेरै गाह्रो हुन्छ । प्रायः हरेक हप्ता फरक कार्यक्रमहरू राख्नुहोस् ।

युवाहरूलाई सृजनशिलता र रचनात्मकता मन पर्छ । उनीहरूको रुची अनुसारका नयाँ कार्यक्रमहरू समावेश गर्नुहोस् । यसको निम्ति उनीहरूसँग व्यक्तिगत कुरा गर्नुहोस् उनीहरूको रुची केमा छ ? एउटा युवा संगतिमा विभिन्न रुची वा शोख भएका युवाहरू हुन्छन् । जस्तौ कोही खेलकूदमा रुची राख्छन्, कोही सङ्गीतमा कोही साहित्यमा इत्यादी । यस्ता विविध रुचीहरूलाई सँगै लैजान युवा अगुवामा पनि खुबी र वरदान चाहिन्छ । उदाहरणको लागि खेलकुदको निम्ति, खेलाउन नियम थाहाहुनुप¥यो वा सङ्गीतको निम्ति पनि त्यसबारे ज्ञान वा तालिम । एउटै व्यक्तिमा सबै गुण वा योग्यता हुँदैन । तर एउटा अगुवा भएको कारण तपाईंले आफ्नो ज्ञान वा रुचीको विषयलाई मात्र निरन्तरता दिनुभयो भने अर्को रुची वा शोख भएका युवाहरू संगतिबाट गुम्न सक्छन् अतः अगुवाले सबैलाई समेटेर अगुवाई गर्नुपर्छ । यसको निम्ति तपाईंको युवा संगतिमा त्यस्तो वरदान भएका युवाहरू पहिचान गर्नुहोस् र जिम्मेवारी दिनुहोस् । युवा संगयितमा खेलकूदको निम्ति खेलकूद संयोजक, संङ्गीतको निम्ति सङ्गीत संयोजक इत्यादी जिम्मा दिनुहोस् ।

युवाहरूलाई एकजनाले मात्र नेतृत्व गरेको र आफुसहभागी हुन नपाएको कायृक्रमहरूमा खासै रुची राख्दैनन् । उनीहरू पनि सहभागी हुने कार्यक्रमहरूलाई जोड् दिनुहोस् । तर यसो गर्दा नयाँहरूलाई लाज लाग्न सक्छ वा कसैको स्वभाव अन्तरमुखी (Introvert) छ भने उनीहरूले लाज मान्नसक्छन् । त्यसैले अगुवाहरू यस विषयमा पनि सचेत हुनुपर्छ । सहभागिता मूलक कार्यक्रम भन्नाले कुनै विषयमा छलफल, गोष्ठी, कार्यशाला, खेलकूद, प्रतियोगितात्मक कार्यक्रमहरू इत्यादी पर्दछन् । यस्ता कार्यक्रमले युवाहरूको केवल आत्मिक क्षेत्रमात्र नभएर वौद्धिक र मानसिक क्षेत्रमा पनि विकास पु¥याउँछ ।

४. युवाहरूमा नै नेतृत्वको जिम्मेवारी बाँड्नुहोस् ः
स्थानिय मण्डलीमा युवा सेवकाइमा युवाहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनु सफलताको महत्वपूर्ण कडी हुनसक्छ । युवाहरू प्रायः आफ्नो उमेरका मानिसहरूले नै नेतृत्व गरेका रुचाउने स्वभावका हुन्छन् । युवाहरुको भावनालाई बुभ्mना उनीहरुकै उमेर समुह र वातावरणका युवा अगुवाहरु उनी राम्रो हुन्छ । युवा भूmण्ड र यूवा अगुवाको बीचमा उमेरको भिन्नता हुनुले यी दुई को बीचमा पुस्तान्तरको समस्य पनि हुनसक्छ । यसको अर्थ सबै अगुवाहरु उही उमेर समूहको हुनुपर्छ भन्ने पनि होइन । सबै अगुवाहरु उही भूmण्डको भए अगुवाहरु प्रति आदरभावको अभाव हुनुको साथै अपरिपक्वताको कारणले हुन आवश्यक सकारात्मक प्रभावमा कमी पनि आउन सक्छ । येशूले पनि सेवकाइमा एक्लै काम गर्नुभएन तर उहाँले आप्mना मुख्य १२ जना चेलाहरुलाई आपूmसँग सहभागी गराउनुभयो । यो उहाँको सेवकाइमा अगुवापनको एउटा भूmण्ड थियो । उनीहरुसँग येशूले बढी र व्यक्तिगत समय बिताउनुहुन्थ्यो । यसले उहाँलाई सेवकाइमा विषेश सहायता प्रदान ग¥यो ।

युवाहरूको अगुवापनको समुह निर्माण गर्नुहोस् ता कि जिम्मेवारी बाँड्न सजिलो हुन्छ । युवा सेवकाइमा अगुवापन निर्माण र जिम्मेवारी बाँडफाँट चुनौतिपुर्ण हुनसक्छ तर यसको विकल्प पनि हुँदैन । युवा सेवकाइमा अगुवापन भूmण्ड निर्माण यस कारण चुनौतिपुर्ण छ कि युवाहरुमा जोश त हुन्छ तर आवश्यक अनुभवको कमीको कारणले सेवकाइमा प्रभावकारीताको अभाव हुन सक्छ । यहाँ कुरा गर्न खोजिएको युवा अगुवापन भूmण्ड भन्नाले युवा संगतिको समिति वा मुख्य अगुवाहरुको अगुवापन भूmण्ड हो । यस्तो भूण्डमा फरक–फरक वरदान भएका युवा अगुवाहरुले उनीहरुको वरदानलाई प्रयोग गरेर आफ्नो सेवाको जिम्मेवारीलाई अझ बलियो बनाउने अवसर पाउँछन् । एकजनाले मात्र युवा सेवकाइको जिम्मेवारी लिंदा कुनै आवश्यक÷जायज कारणबस उसको अनुपस्थितिमा सो युवा सेवकाइलाई निरन्तरता दिने व्यक्ति हुँदैन । यदि तपाईंको युवा भूmण्डमा यस्ता उपयुक्त र परिपक्व युवाको अभाव छ भने यसको निम्ति कसरी अगाडी बढ्ने भनि मण्डलीको पास्टर र अन्य अगुवाहरुसँग छलफल गर्नुहोस् । समिति निर्माण र भूmण्ड कार्य बारेमा युवा भूण्डमा सिकाउनुहोस् । तपाईंको युवा भूmण्डबाट युवाहरुलाई छनौट गरी युवा सेवकाइको तालिम वा गोष्ठीहरुमा पठाउनुहोस् । तलिम प्राप्त र दान वरदान भएका युवाहरुलाई अगुवापन भूmण्डमा रहेर सेव गर्नको निम्ति उत्साह र आफैं अगाडी बढ्न चुनौती दिनुहोस् । तपाईंले समय समयमा युवाहरुलाई अगुवापन भूmण्डमा सेवा गर्नको निम्ति निमन्त्रणा पनि गर्नुहोस् ।

युवा सेवकाइमा एकजनाले मात्र सेवाकाइ गर्दा युवाहरुलाई ठीकसँग र उनीहरुको रुची अनुसारको सृजनशिलता नआउनसक्छ र यसले अन्य युवाहरुको दान–वरदानलाई अभ्यासगर्ने अवसरबाट बन्चित गर्दछ । सो अगुवाले पनि बिस्तारै एक्लोपनाको महशुस गर्छ र एक दिन ऊ अवश्यपनि शिथिलहुनेछ । यसको ठीक बिपरित यदि युवा अगुवाले सेवाकाइ भूmण्डको निर्माण गरेमा उसको जिम्मेवारीमा बोझ बाँडफँट हुन गई उसले आरामको मसहुस गर्छ र सेवकाइमा प्रभावकारीता आउँछ । अन्य युवाहरुले पनि अपनत्वको महशुस गर्छन् । वार्षिक योजना र सेवकाइ रणनीति तयारगर्दा सृजनशिलता आउँछ र युवाहरुको सहभागिता बढ्नजान्छ । मुख्य युवा अगुवाले आफ्ना अगुवाहरुको भूmण्डमा बढी समय बिताउन आवश्यक छ । यसले उनीहरुलाई निर्माणगर्न र मुख्य अगुवाले उसको दर्शनलाई हस्तान्तरण गर्न सहयता गर्दछ ।

५. युवा सेवाकाइको वार्षिक योजना बनाउनुहोस् र कार्यान्वयन गर्नुहोस ः
आज धेरै युवा भूmण्डहरुको स्थापनाको उद्देश्य नै स्पष्ट हुँदैन र अबको एक वा पाँच वर्ष पछि युवा भूmण्डकहाँ र कस्तो अवस्थामा हुनेछ भन्ने चित्र पनि स्पष्ट हुँदैन । कारण अगुवाहरुनै यस बिषयमा खासै चासो दिंदैनन् । युवा सेवकाइको जिम्मेवार अगुवाभएको कारण आप्mनो युवा सेवकाइको उदेश्य र दर्शन स्पष्ट हुन आवश्यक छ । कहिलेकाहीं योजना, दर्शन, उद्देश्य वा रणनीतिहरु जस्ता शब्दावली ठूला र संस्थाहरुले प्रयोगमा ल्याउने जस्ता देखिएता पनि यी बाइबलीय र व्यवहारीक छन् । मण्डलीको शिर ख्रीष्ट हुनुभएकाले मण्डलीको सबै सेवकाइको योपनाको तर्जुमा उहाँले नै गर्नुहुन्छ तथापी योजना बनाउनुपर्ने र रणनीति अनुसार अगाडीबढ्नुपर्ने हाम्रो जिम्मालाई  बहाना बनाउने कुनै कारण छैन । एउटा घर निर्माण गर्नको निम्ति यसको निम्ति लाग्ने खर्चको हिराबन गरी काम हुरु नगर भनेर बाइबलमा सिकाइएको छ (१४ः२८–३०) । परमप्रभुले, आप्mनो योजना स्पष्ट पाटीमा लेख्न हबकूकलाई आज्ञा दिनुभयो (हबकूक २ः२) ।

एउटा युवा सेवकाइको दर्शन स्पष्ट हुनुले सो भूण्डमा भएका सबै सदस्यलाई गन्तव्य कहाँ हो भन्ने कुरा स्पष्ट बताउँछ । गन्तव्य स्पष्ट भएका यात्रीलाई मात्र थाहा हुन्छ की यो बाटो हिंड्नाले उक्त स्थानमा पुग्न सकिन्छ वा सकिंदैन । यदि वार्षिक योजना तर्जुमा गरिएमा ती योजनाले उक्त युवा संगतिको दर्शन पूरा गर्न सहायता गर्छ वा गर्दैन भन्ने कुराको स्पष्ट जानकारी दिन्छ । वार्षिक योजनाले नै युवा सेवकाइको मूल्याड्ढन गर्न सहायता प्रदान गर्छ । बिना योजना र लक्ष्य कहिले पनि एउटै बाटोको हिंड्न सम्भव छ्रैन र यसले गन्तव्यमा नपु¥याउन सक्छ । अतः युवा सेवकाइमा योजना बनाउनु अतिनै आवश्यक छ । यसले युवाहरुलाई जिम्मेवार बन्न सहायता गर्दछ र युवा सेवकाइलाई बलियो र दिगो बनाउँदछ ।

Comments

Popular posts from this blog

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

ब्रदर एन्ड्रू (Brother Andrew)

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)