प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)



धेरै पटक मण्डलीहरुले सामना गर्नु परेको एउटा ठूलो प्रश्न यो हो कि, ‘कसरी हाम्रो युवा सेवकाइलाई प्रभावकारी बनाउन सकिन्छ ७तिस’ अहिले काठमाण्डौ र यस्तै अरु ठूला शहरका मण्डलीहरुलाई पनि सताउने एउटा विषय बनेको छ यो । धेरै मण्डलीहरुमा युवा अगुवापनमा नै कमजोरी देखिन्छ । यहाँ हामी केही सामान्य विषयहरुको चर्चा गर्नेछौं जसले हाम्रो युवा सेवकाइलाई प्रभावकारी र दीगो बनाउन मद्दत गर्नसक्छन्

 आपूmलाई अरुभन्दा तल राख्नुहोस्-
युवा सेवकायमा भएका अगुवाहरु प्रायः उमेर र अनुभवमा युवा नै हुनेभएकाले हामीमा जोश र जाँगर प्रशस्त हुन्छ । हामी मानिसहरुको अगाडी बढी सक्रिय देखिन रुचाउँछौं । कति पटक त आप्mनो पढाइ र घरायसी जिम्मेवारीको पनि मतलव नै हुँदैन । मानिसहरुबाट निगाह पाउन र अरु भन्दा अघी देखिन उत्कत इच्छा हुन्छ । यो सरासर गलत हो भन्ने पनि होइन । यदि नाम र इज्जत कमाउनको निम्ति सेवकाइ गर्ने हो भने त्यसको निम्ति सबैभन्दा उपयुक्त उपाय युवा सेवकाइमा कदम चाल्नु नै हो । तर बाइबलीय रुपमा त्यो सेवकाइ असल र उदाहरणीय होइन । बास्तविक बाइबलीय सेवकाइ अनुसार त अगुवा चाहीं सेवक हुनुपर्छ । अतः नामको निम्ति र सस्तो लोकप्रियताको निम्ति यदि युवा सेवकाइमा आउने हो भने नाम र लोकप्रियता त कमाउनुहोला तर तपाईंको युवा सेवकाइ प्रभावकारी हुन सक्दैन । केही दिनको लागि अगुवा सफल पनि होला तर समय बित्दै जाँदा जब युवाहरुले यो बुझ्छन् तब तपाईंको अगुवापनलाई उनीहरुले वास्ता गर्दैनन् । उदाहरणः येशूले अरुको सेवा गर्नुभयो । उहाँले चेहाहरुको खुट्टा धुनुभयो । (यूहन्ना १३ः१—१७, १ पत्रूस ५ः३)

२. युवाहरुलाई पहिलो प्राथामिकतामा राख्नुहोस्

यदि तपाईं युवा सेवकाइ गर्दै हुनुहुन्छ वा युवा सेवकाइको वोलावटको महशुस गर्दै हुनुहुन्छ भने आजै मनमा के राख्नुहोस् भने तपाईंको प्राथमिकता युवा नै हुनुपर्छ । धेरै पटक हामी सेवकाइमा युवालाई भन्दा पनि गतिविधी र सिध्याउनु पर्ने कामहरुलाई अगाडी राख्छौं । युवा सेवकाइमा ‘सम्बन्ध’ बसैभन्दा आधारभूत कडी हो । युवाहरु तपाईंसँग कति काम गर्ने क्षमता र खुबी छ भन्ने भन्दा पनि तपाईं उनीहरुको कति वास्ता गर्नुहुन्छ भन्ने कुरा ख्याल गर्छन् । हामीले सिध्याउनु पर्ने कामलाई पनि उचित ध्यान दिनुपर्छ तर ती गतिविधीको निम्ति युवाहरु नै तयार छैनन् भने तपाईंले योजना गर्नुभएको कार्यक्रम प्रभावकारी हुँदैन र प्राप्त गर्न चाहेको परिणाम पनि आउँदैन । यसले अगुवालाई क्रमशः निरास बनाउँछ र सेवाकाय बाटै पलान हुनुपर्ने स्थितिको सृजना गर्छ । अतः ख्याल गर्नुहोस् कि तपाईंले नेतृत्व गर्नु भएको युवा भूmण्डले के चाहन्छन् र सोही अनुसार कार्यक्रम तय गर्नुहोस् । तर होशियार हुनुहोस् कि यो तपाईंको कार्य योजनालाई परिपुरण गर्ने खालकको छ कि छैन (१ पत्रूस ५ः२)

३. अगुवापन भूmण्डको निर्माण गर्नुहोस्
युवा अगुवाहरुको अर्को ठूलो भुल भनेको एक्लै सेवकाइ गर्न चहनु पनि हो । युवा अगुवाहरुमा म एक्लै गर्न सक्छु भन्ने अहमः हुन्छ । हुनत यो युवा अवस्थामा सबैले महशुस गर्ने कुरा नै हो तर अगुवाहरुले विशेषः ख्याल गर्नुपर्छ कि एक्लै गरिएको सेवकाय दिगो हुन सक्दैन । मानिसहरु सेवकाइमा पदको सुरक्षाको निम्ति अरुलाई साथमा लिन डराउँछन् । यदि व्यक्तिवादी भएर एक्लै सेवकाइ ग¥यो भने त्यो सेवकाय केही समयको निम्ति प्रभावकारी भएता पनि त्यो लामो समय टिक्न सक्दैन । समूहमा काम गर्ने बानीले अगुवालाई उत्साह दिन्छ । एकजना मानिसको वुद्धि वा शीप भन्दा धेरै जना मिलेर गरिएको विचार नै उत्तम हुन्छ । यदि समस्याहरु आएमा त्यससँग लड्नको निम्ति अरुको साथ मिल्छ । तर एक्लै सेवकाइ गरेमा समय बित्दै जाँदा जोश—जाँगर हराउँछ, सिथिलता आउँछ र सृजनशिलतामा पनि कमी आउँछ । युवाहरु सहभागीतामूलक गतिविधी र कार्यक्रमहरुमा बढी रमाउने हुँदा समय बित्दै जाँदा उनीहरुले एकल अगुवापनलाई स्वीकार गर्दैनन् । (१ कोरिन्थी १२ः१७—२०)

४. आप्mनो मण्डली र परिवेशलाई बुझनुहोस्
मण्डली र युवा अगुवाको बिचमा राम्रो समन्वय युवा सेवकाइ सफलताको अर्को महत्वपूर्ण पक्ष हो । नेपाली परिवेशमा युवा अगुवाले होश नपु¥याउँदा मण्डलीमा ठूला समस्याहरु आएर मण्डली नै टुक्रिएका उदाहरणहरु पनि छन् हाम्रो माझमा । युवा अगुवाले मण्डलीमो अगुवा र पास्टरहरुसँग राम्रो तालमेल बनाउनुपर्छ । याद गर्नुहोस् युवा सेवकाइ पनि मण्डलीको एउटा मिशन नै हो । अगुवको जिम्म भनेको युवा भूmण्ड र मण्डलीको बीचमा पूल बन्ने पनि हो । युवा अगुवाहरु, मण्डली र पास्टरले नबुझिदिएको बहाना बनाएर युवा सेवकाइलाई आप्mनै बलले अगुवाइ गरिरहेका देखिन्छन् । युवा सेवक भएको हुनाले ख्याल गर्नुहोस् कि तपाईंको जिम्मेवारी मण्डलीको पास्टर र अगुवाहरुलाई सहायता पु¥याउने हो न कि उनीहरुलाई पिडा दिने र चिन्ताको बोझ थप्ने । अतः मण्डली दर्शन र पास्टर र अगुवाहरुको हृदयलाई पढ्नुहोस् र युवा सेवकाइ त्यसको निम्ति नै चलाउनुहोस् । तपाईंले मण्डलीको हृदय जित्न सक्नुभयो भने युवाहरुका अभिभावकहरुपनि तपाईंको सेवकाइको पक्षमा उभिनेछन् र साथ दिनेछन् । यसो गर्नाले युवा सेवकाइको निम्ति तपाईंले मण्डली र पास्टर तथा अगुवाहरुबाट अझ बल प्राप्त गर्नुहुनेछ अतः तपाईंको युवा सेवकाइ झन् प्रभावकारी हुनेछ । मण्डलीको साथमा वरिपरीको अवस्था र परिवेशको बारेमा पनि ख्याल राख्नुहोस् यसले तपाईंको योजना र गतिविधीलाइ सरल र सफल बनाउँछ । (हिब्रू १३ः१७)

५. युवा सेवकाइका चुनौतीसँग जुध्नुहोस्
युवा सेवकाइ छोडेका र छोडने मनस्थितिमा भएका धेरै युवा अगुवाहरुसँग कुरा गर्द उनीहरुको बिभिन्न बहानाहरु सुनाउँछन् । सबैभन्दा धेरै सुन्नुपर्ने कुराचाहीं उनीहरुले सेवकाइमा भोगेका समस्याहरु नै हुन्छन् । युवा सेवकाइको निम्ति बोलावट छ, खुबी र शीप पनि छ तर समस्यासँग जुध्न सक्ने साहश चाहीं कम छ । सबै सेवकाइमा समस्याहरुको चुनौती हुन्छ तर युवा सेवकाइमा अरुभन्दा पृथक र असामान्य चुनौतीहरु आउँछन् । युवा सेवकाइको सेवकहरुका अनुभवको कमी, लगाव को कमी (कहिले काहीं), उमेरको अपरिपक्वता इत्यादीले गर्दा सेवकाइको चुनौतीहरु सँग जुध्ने क्षमता कम हुनु स्वभाविक हो । तर स्मरणीय कुरा के छ भने, यस्तो चुनौती तपाईंले मात्र सामना गरि राख्नुभएको छैन तर तपाईं जस्ता अरु युवा सेवकाइका सेवहरु पनि यस्तै परिस्थितिमा छन् । जति तपाईं चुनौती सँग जुध्नुहुन्छ यसले तपाईंलाई अझ प्रभवकारी र सफलतको मार्गमा डो¥यउँछ । (यहोशू १ः९; फिलिप्पी ४ः१३)

५. युवा सेवकाइका चुनौतीसँग जुध्नुहोस्

युवा सेवकाइ छोडेका र छोडने मनस्थितिमा भएका धेरै युवा अगुवाहरुसँग कुरा गर्द उनीहरुको बिभिन्न बहानाहरु सुनाउँछन् । सबैभन्दा धेरै सुन्नुपर्ने कुराचाहीं उनीहरुले सेवकाइमा भोगेका समस्याहरु नै हुन्छन् । युवा सेवकाइको निम्ति बोलावट छ, खुबी र शीप पनि छ तर समस्यासँग जुध्न सक्ने साहश चाहीं कम छ । सबै सेवकाइमा समस्याहरुको चुनौती हुन्छ तर युवा सेवकाइमा अरुभन्दा पृथक र असामान्य चुनौतीहरु आउँछन् । युवा सेवकाइको सेवकहरुका अनुभवको कमी, लगाव को कमी (कहिले काहीं), उमेरको अपरिपक्वता इत्यादीले गर्दा सेवकाइको चुनौतीहरु सँग जुध्ने क्षमता कम हुनु स्वभाविक हो । तर स्मरणीय कुरा के छ भने, यस्तो चुनौती तपाईंले मात्र सामना गरि राख्नुभएको छैन तर तपाईं जस्ता अरु युवा सेवकाइका सेवहरु पनि यस्तै परिस्थितिमा छन् । जति तपाईं चुनौती सँग जुध्नुहुन्छ यसले तपाईंलाई अझ प्रभवकारी र सफलतको मार्गमा डो¥यउँछ । (यहोशू १ः९; फिलिप्पी ४ः१३)

यी यहाँ उठान गरिएका विषयहरु नितान्त नयाँ भने होइनन् । हामी सबैको साझ चिन्ताको विषय बनेको छ कि कसरी हामी हाम्रो मण्डलीका युवाहरुमाझ दीगो र प्रभावकारी सेवकाइ दिन सक्छौं । यसबाहेक अन्य धेरै कुराहरु छन् । यहाँ चर्चा गरिएका केही विषयले निश्चय नै हाम्रो युवा सेवकाइमा सकारात्मक असर छोड्नेछन् । यहाँको मण्डलीको युवा सेवकाइ र अगुवापन बलियो, प्रभावकारी अनि दिगो रहोस् ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Smoking and Youth in Nepal

The Situation of Youth in America