Handling Peer Pressure in Teenage (पीयर प्रेसर)

परिचय


किशोर अवस्थामा कस्तो मित्र छनौट गर्ने वा कसरी मित्रता गाँस्ने त्यो तपाईंको आफ्नो छनौट हो । भनिन्छ, तपाईंको जीवनको चालक तपाईं स्वयं हुनुहुन्छ। कस्ता मित्रहरूको सल्लाहमा हिंड्ने वा कस्ता मित्रबाट अलग बस्ने तपाईंको स्वविवेकको छनौट हो । यसलेखमा हामी जीवनमा सँगत को असर सम्बन्धमा केही उल्लेख्य तथ्यहरूको चर्चा गर्नेछौं । तपाईं किशोरकिशोरी हुनुहुन्छ भने यहाँ उल्लेखित परामर्श तपाईंको निम्ति सहयोगीपूर्ण हुनेछ र अभिभावक, मण्डलीको सेवक वा युवा सेवकायमा भएकाहरूको निम्ति पनि आवश्यक जानकारी हुनसक्छ ।

. सँगत को प्रभाव के हो
सँगत को असरलाई अंग्रेजीमा पीयर प्रेसर (Peer Pressure) भनिन्छ । यसको शाब्दिक उल्थामा संङ्गी दवावभन्ने अर्थ लाग्छ । शब्दकोशको ब्याख्या अनुसार सँगत को प्रभाव भनेको, ‘‘सहकर्मीहरूको यस्तो सामाजिक प्रभाव जसले समूहमा स्वीकारीनको निम्ति सो समूहको निश्चित क्रियाकलाप तथा मूल्य र मान्यता स्वीकारर्न बाध्य बनाउँछ ।

साथीसंङ्गीको दवाव वा असरले व्यक्तिको सोचाइ र व्यवहार दुबैमा असर पारिरहेको हुन्छ र यसले व्यक्तिको क्रियाकलापको साथै मुल्य र मान्यत पनि परिवर्तन गर्न बाध्य बनाउँछ । सायद त्यो प्रभाव सकारात्मक हुनसक्छ वा नकारात्मक पनि हुनसक्छ । हरेकदिन मानिसले निर्णय लिनुपर्छ । ती सबै निर्णयहरू सही वा ठीक बाटोमा नै हुन्छन् भन्ने कुनै निश्चितता हुँदैन । विशेषगरी किशोर अवस्थामा लिइने निर्णय सबै ठीक हुन्छन् भन्ने हुन्न वा न त किशोर अवस्थाका सबै निर्णय गलत हुन्छन् भन्ने हुन्छ । किशोर अवस्था यस्तो अवस्थाहो जहाँ मित्रहरूको सल्लाह अभिभावकको भन्दा प्रिय लाग्छ । कतिपटक ती सल्लाह र निर्णय गलत हुन् तथापी किशोर्किशोरीलाई त्यो बुझाउन गाह्रो हुन्छ ।

भर्खरै नेपाल सरकारको गृहमन्त्रालयले एउटा खोजको नतिजा सार्वजनिक गरेको थियो । जसअनुसार पछिल्लो १० वर्षमा लागुऔषध दुव्यसनिमा लाग्ने किशोरकिशोरीको संख्यामा दोब्बरले वृद्धिभएको छ । सोही खोजको नतिजामा भनिएअनुसार दुव्यसनीमा फस्नुको मुख्य कारण साथीहरूको लहैलहैमा लागेर हो । साथीहरूको प्रभावले चुरोटबिडी तान्ने, रक्सी पिउन शुरुगर्ने र पछि प्रतिबन्धित लागूऔषधमा लाग्ने विद्यालय वा कलेजमा अध्यनरत किशोरकिशोरीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । कुलत वा अन्य त्यस्तै नराम्रा गतिविधीमा पर्नु गलत हो भन्ने थाहाहुँदा हुँदै किशोर किशोरीहरू आफ्नो संङ्गीलाई खुशी पार्न वा उनीहरूको समुहबाट स्वीकारीनको निम्ति पनि आज गलत बाटोमा हिंडिरहेका छन् ।

. बाइबलीय उदाहरण

मोशाको दाजु हारुन त्यही व्यक्ति थियो जो मिश्रको राजाको अगाडी उभिएर इस्राएलीहरूको छुटकाराको निम्ति चर्को स्वरले करायो (प्रस्थान ७ः१,,। हारुन मोशाका निम्ति एक जना प्रवक्ता नै थियो । तर, जब उसका मानिसहरूको अघि उसले दवाव झेल्नुप¥यो ऊ असफल भयो (प्रस्थान ३२ः१) । जब इस्राएलीहरूले उसलाई सुनको बाछो बनाएर पुजा गर्न करलगाए उसले त्यसलाई टार्न सकेन । अर्को राम्रो उदाहरण चाहिँ बप्तिसमा दिने यूूहन्नाको विषयमा छ । बप्तिसमा लिने यूहन्नाले सत्यताको गवाही दिन खुट्टा कमाएनन् । उनको शीर काटियो तर पनि उनले मानिसहरूको दवावमा परेनन्, जे सत्य हो त्यसको विषयमा बोलेका थिए । (मर्कूस ६ः१४२९)

दानिएल र उनका तीनजना हिब्रू साथीहरूको विषयमा बाइबलमा उल्लेख गरिएको छ । उनीहरूले कसैको दबाबमा परेर आफ्नो विश्वास र परमेश्वरसँग सम्झौता गरेनन् दानिएल (१ः६ ३ः१७१८। यी हिब्रू केटाहरू बेबिलोनको कैदमा लगिएकाबेजा जवान नै थिए तर पनि परमेश्वरको व्यवस्था अनुसार खान नहुने कुराहरूलाई उनीहरूले शाहसी भएर इन्कार गरे (दानिएल १ः८) । उनीहरूले पटकपटक जोखिम उठाउन परेतापनि शाहस गरेर उनीहरूले त्यसको सामना गरे । बाइबलमा यसरी लेखिएको छ कि, “संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर । यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन । किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् । संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ । (१ यूहन्ना २ः१५१७)

. जीवनमा सँगत को असरहरू
सबै मित्रहरू खराब नै हुन्छन् भन्ने होइन । यसर्थ मित्रताको असर सधैं नराम्रो हुनेहोइन । मित्रबनाउँदा पनि होशियारी अपनाउनुहोस् । तपाईंको बोली, व्यवाहार, निर्णय र जीवनको मूल्य मान्यताले तपाईंको शारीरिक र आत्मिक गन्तव्यलाई प्रत्यक्ष असर गर्छ । जीवनमा सँगत को पनि सकारात्मक र नकारात्क दुवैप्रकारका असरहरू देखापर्छन् । यहाँ हामी मित्रताको सकारात्मक र नकारात्मक दुवै असरलाई संक्षिप्तरुपमा हेर्नेछौं ।

. नकारात्मक असर
जीवनका सँगत को नकारात्मक असर भन्नाले तपाईंमा साथीहरूको त्यस्तो प्रभाव हो जुन तपाईं व्यक्तिगत रुपमा रुचाउनुहुन्न वा त्यस्तो प्रभाव जसको परिणाम गलत हुन्छ । जीवनमा सँगत को नकारात्मक असरको उदाहरणहरू जस्तै, दुव्र्यसनीको लतमा पर्नु, रक्सी वा त्यस्तै नशालु पदार्थको सेवन, अश्लिल गतिविधीमा सहभागीता, वागी वा हठीपन, झगडालु स्वभाव, होहल्ला र हुलहुज्जत, तोडफोड इत्यादी हुनसक्छन् । यसको असर जहिलेपनि खराब नै हुन्छ । जस्तै कुलत, अनैतिकता, समाजमा बिकृति र विसंगति, अनैतिकता आदी । यसले आप्mनै वा अर्काको शरीरलाई हानी गर्छ । परिवारका सदस्यलाई पनि दुःख वा पिडामा पार्छ । कानुनि दायरामा ल्याउँदा इज्जत, पैसा र समयको वर्वादी हुन्छ ।

. सकारात्मक असर 
साथीहरूको सँगत को सकारात्मक असरपनि हुन्छन् । सकारात्मक असर भन्नाने, साथीहरूले असल काम वा व्यवहारको निम्ति सहयोग गर्छन् वा उत्प्रेरणा जगाउँछन् । यसले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा सकारात्मक छाप दिन्छ । यसको उदाहरण हुन्, गृहकार्य वा विद्यालयको प्रोजेक्ट वर्क गर्नु, खालीसमयलाई सदुपयोग गर्नु, खेलकुद वा शारीरिक व्यायमको शुरुवात्, सामुहिक कार्यमा सहभागिता, मित्रवत् व्यवहार, ठूलाबडाको आदर सा सानालाई मायासदभाव इत्यादी । यस्ता सकारात्मक तथा व्यवहारिक प्रभावले मानिसको व्यक्तित्व विकास, चरित्र निर्माण र जीवनको निर्धारित लक्ष प्राप्तिलाई मद्दत गर्छ । मित्रताको यस्तो सकारात्मक असले आत्माविश्वास बढाउँछ र व्यक्तिगत जीवन, पारिवार र समाजमा परिवर्तनको निम्ति महत्वपूर्ण सहयोग गर्छ । मित्रताका यस्ता सकारात्मक असरले अध्यायनमा उत्प्रेरणा, खोजमूलक ज्ञान, सीप विकास आदि सकारात्मक वृद्धि गर्छ । राम्रा मित्रहरूको संख्या थप्छ र सकारात्म आचरणको विकास गर्छ ।

. सँगत को प्रभावलाई नियन्त्रण गर्ने उपायहरू
साथीहरू महत्वपूर्ण सम्पत्ती हुन् तर याद गर्नुहोस् तपाईंको निम्ति साथीहरू भन्दा पनि परिवार र परमेश्वर महत्वपूर्ण हुनुहुन्छ । जसरी सँगत को सकारात्मक र नकारात्मक असरहरू छन्, सकारात्मक असर चाहीं ठीक हो भने नकारात्मक असरलाई नियन्त्रण गर्नुपर्छ । पावलले मानिसको हिंडाइ र चालचलनको विषयमा यसरि सल्लाह दिंदछन्, ‘‘अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका बिचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ । तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूको अज्ञानताको कारणले परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ ।” यहाँ सँगत को प्रभावलाई कसरी नियन्त्रण गर्ने वा नकारात्मक असरबाट बच्ने सो उपायहरू हेर्नेछौं-

. के भइरहेको छ सो ख्याल गर्नुहोस्
आफैंलाई मुल्याङ्कन गर्नुहोस् । तपाईंको वरिपरिको परिस्थितति र घटनाक्रमको विषयमा जति तपाईं जानकार हुनुहुन्छ त्यति अरु हुँदैनन् । किनभने हितोपदेश २२ः३ मा यस्तो लेखिएको छ, “बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दुःख भोग्छ ।तपाईंको जीवनको मुल्याङ्कनको निम्ति आफैंलाई सोध्नुपर्ने प्रश्नहरू यी हुनसक्छन् :
  - म कहाँ छु ?
  - म कोसँग व्यवहार गरिरहेको छु ?
  - मैले व्यवहार गरिरहेका मानिसहरू कस्ता छन् र के गरिरहेका छन् ?
   - मलाई कस्तो महशुस भइरहेका छ ? आदी

. परिणाको विषयमा सोच्नुहोस्
मैले जे काम गर्न गइरहेको छु, त्यसको परिणाम कस्तो आउँछ । काम वा व्यवहारको परिणाका बारेमा सोच्नुहोस् । हिब्रू ५ः१४ अनुसार"मानसिक शक्ति निरन्तर अभ्यासद्धारा असल र खराब छुट्टयाउन सक्ने भएको हुन्छ ।" तपाईंको मद्दतको निम्ति यस विषयमा ख्याल गर्न तपाईंले आफैंलाई सोध्नुपर्ने प्रश्नहरू यस प्रकार छन् :
  - म भोली आप्mनै बारमा के महशुस गर्छु ?
  - कतै मसँग भएका मानिसहरू समस्यामा पर्ने त होइनन् ?
  -  कतै यसले मेरो स्वास्य वा शरीरमा अशर त गर्दैन ?
  -  यो व्यवहार प्रति मानिसहरूले भोलिको दिनमा के सोच्लान् ?

. विवेकको निर्णय लिनुहोस्
तपाईंको जीवनको ठीक निर्णय तपाईंलाई थाहा छ । अरुको लहैलहै वा वहकाउमा लाग्नुको साटो तपाईंको विवेकले के उचित ठहराउँछ सो गर्नुहोस् । यस्तो सोच्नुहोस् कि तपाईंले गरेका व्यवहारले नकारात्मक सोच र परिणामलाई पनि सच्याओस् । जुनकुरा गलतहो भन्ने थाहा छ, त्यसमा साथीहरूको माझ आफ्नो स्पष्ट अडान राख्नुहोस् । तपाईंलाई आत्माबल बढाउने र सफलता तर्फ डोहो¥याउने कदमहरू चाल्नुहोस् ता कि साथीहरूलाई उनीहरूको नकारात्मक प्रभावका बावजुद पनि तपाईंले उनीहरूलाई जित्न सक्नुहुन्छ । यदि तपाईं अस्थिर हुनुभयो वा स्पष्ट आफ्नो अडान राख्न सक्नुभएन भने, उल्टै तपाईं उनीहरूको प्रभावमा फस्नुहुनेछ । तपाईंले जीवनमा रोज्नुभएको कुरालाई सुरक्षित राख्नुहोस् । मोशाले पनि मानिसहरूलाई जीवन रोज्नको निम्ति सललाह दिएका थिए (व्यवस्था ३०ः१९) । तपाईं पनि जीवन रोज्नुभएको छ भने मित्रहरूको प्रभावले त्यसलाई विचलित नबनाओस् ।

. तपाईंको निर्णयलाई शव्दमा व्यक्त गर्नुहोस्
तपाईंको निर्णयले तपाईंका मित्रको चाहनालाई विरोध गर्नसक्ने हुँदा तपाईंको निम्ति सायद यो नै सबैभन्दा गाह्रो भाग हुनसक्छ । तपाईंआफुलाई बलियो र साहशी बनाउनुहोस्, मित्रसँग आँखा जुधाउनुहोस् र तपाईंको कुरा व्यक्त गर्नुहोस् । तपाईंको निर्णयले तपाईंका मित्रको भावनामा ठेस पुगेपनि नडराउनुहोस् । 

हितोपदेश १५ः२३ मा लेखिएको छ"उचित जवाफ दिन पाउँदा मानिसहरूलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ ।"  निश्चयता लिनुहोस् कि, तपाईंले धेरै जना खराब मित्रहरू गुमाएपनि थोरै असल मित्रले तपाईंलाई कहिल्यै छोड्नेछैनन् । मित्रको सल्लाह र आग्रह नकारात्मक असर पार्ने छन् भने नाईंभन्न सक्नुपर्छ । तपाईंसँग उही बिचार मिल्ने वा  नाईंभन्न सक्ने कोही मित्र छ भने खोज्नुहोस् र ऊसँगको मित्रतालाई गहिरो बनाउनुहोस् । तपाईंको निम्ति भरोसा योग्य मित्र बनाउनुहोस् कि जससँग तपाईं यो कुरा बाँड्न र प्रार्थनाको निम्ति सहायता माग्न सक्नुहुन्छ ।

निष्कर्श :
तपाईंको जीवनको छनौट जहिले पनि तपाईंमा नै रहन्छ । मित्रहरूको सँगत ले गलत बाटोमा हिँडनुभयो भने यसको परिणाम पनि तपाईंले नै भोग्नुपर्छ । यसबाट पर्ने चोट र उठाउनुपर्ने जोखिम तपाईंको हातमा नै पर्छ । "धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिंड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहकरुको सङ्गतमा बस्दैन । तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँको व्यवस्थामा मनन गर्छ" (भजनसंग्रह १ः१)

कुन बाटोमा हिंड्ने र कुन निर्णय ठीक भन्ने दोधारमा हुनुहुन्छ भने परमेश्वरमा माग्नुहोस्, खोज्नुहोस् उहाँले तपाईंलाई सहायता गर्नुहुनेछ । "आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरा आप्mनै समझशक्तिमा भर नपर्, आप्mना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ ।" (हितोपदेश ३ः५)

Comments

Popular posts from this blog

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?