Biblical Prospective on Friendship


किशोर अवस्था र मित्रताको असर

प्रेमनारायण भट्टराई

अविश्वासीहरुसँग असमान भएर एउटै जुवामा नजोतिओ; किनकि धार्मिकताको अधर्मसँग के सङ्गति ७तिस अनि उज्यालोको अँयारोसँग के सहभागिता ? अनि ख्रीष्टको बेलियालसँग के एकता ? अथवा विश्वासीको अविश्वसीको के हिस्सा ? (२ कोरिन्थी ६ः१४—१५)

परिचय:
नेपाली भाषामा एउटा उखान नै छ कि, ‘संगत गुनको फल’ । अर्थान् मानिस भविष्यमा कस्तो बन्छ भन्ने उसको किशोर अवस्थामा गर्ने संगतले धेरै प्रभाव पार्छ । किशोर अवस्था त्यस्तो अवस्थाहो जहाँ हामी घरमा भन्दा बढी बाहिर रमाउँछौं । आमा—बुबा भन्दा पनि साथीभाइ प्यारा हुन्छन् । बाल्यकालमा बाहिर बस्न मन पर्दैनथ्यो तर अब किशोर अवस्थामा चाहीं घरमा बस्न भन्दा बढी समय बाहिर नै बिताउन पाएहुन्थ्यो भन्ने चाहना लाग्छ । बुबा—आमाको सल्लाह ठीक लाग्नैन । साथीले के खान्छन र लाउँछन् त्यसको बढी चासो हुन्छ । साथीहरुको नै देखासिखी गर्ने बानी हुन्छ । हुनपनि मित्रताको सबैभन्दा बढी महत्वहुने उमेर र समय पनि त्यही नै हो । यहाँ हामी इसाई किशोर—किशोरीले मित्रताको विषयमा ध्यान दिनुपर्ने केही आधारभुत बाइबलीय सन्दर्भमा विषयमा चर्चा गर्नेछौं ।

१. मित्रताको परिभाषा:
विश्वप्रख्यात बक्सर मोहम्मद अलि: “संसारमा ब्याख्या गर्न सबैभन्दा गाह्रो कुरा मित्रता हो । यो कसैले विद्यालयमा सिक्ने विषय होइन । तर कसैले यसको अर्थ सिकेको छैन भने, उसले वास्तवमा केही पनि सिकेको छैन ।”
सी.एस. लुइस: “मित्रता अनावश्यक कुरा हो, जस्तो दर्शनशास्त्र, वा कला हुनुको कुनै महत्व छैन तर यो त्यस्तो कुरा हो जसले जीवनको मुल्य दिन्छ ।”
बाइबलीय परिभाषा: साँचो र घनिष्ट मित्रता सफल र खुशी जीवनको कडी पनि हो । साँचो मित्रताले जीवन सहज बनाउँछ तर गलत मित्रले जीवनलाई बर्बाद बनाउँछ ।

२. मित्रताको बाइबलीय आधार:
मित्रहरुको आवश्यकता किन पर्दछ ७तिस परमेश्वर पनि मानिसँग संङ्गति गर्नुहुन्थ्यो । मित्रताको सबैभन्दा उत्तम नमुना परमेश्वर आफैँ हुनुहुन्छ । येशूले १२ जना चेलाहरु छनौट गरेर सेवको निम्ति तयार गर्नुभयो । मानिसको जीवनमा मित्रताको महत्व अति नै हुन्छ । येशूले भन्नुभए अनुसार एउटा मित्रले अर्को आफ्नो नित्रको निम्ति प्राण नै दिन तयार हुँदछ । जीवनलाई अर्थपूर्ण बनाउन र साथ—सहयोगको निम्ति पनि हरेक मानिसको जीवनमा मित्रको आवश्यकता पर्दछ । साँचो मित्र चिन्नलाई समय लाग्न सक्छ तर दाउद र जोनाथनको मित्रता छोटो समयमा घनिष्ट भएको थियो र सो मित्रता साँचो पनि थियो (  शामू.१८ः१–३) । आफ्नो पिता शाउलले दाउदलाई मार्न खोजेर हिड्दा पनि जोनाथनले दाउदलाई बचाएका थिए ।

३. असल मित्रताको आवश्यकता:
हामीलाई मित्रताको आवश्यकता किन पर्दछ त ७तिस यहाँ केही बाइबलीय सन्दर्भ अनुसार मित्रताको आवश्यकताको विषयमा हेरौं:
क. एक आपसमा सहयोग:
मानिसले जीवनमा सबैकुरा आफैं र आफु एक्लैले गर्न सक्छ भन्ने छैन । जोकोहीलाई पनि जीवनमा एक अर्काबाट साथ र सहयोग पक्का चाहिन्छ । जसरी भनिएको छ, ‘एकजना भन्दा दुईजना असल हुन्... किनकि तिनीहरु लोटे भने एउटाले आफ्नो साथीलाई उठाउनेछ...’ (उपदेशक ४ः९,१०)

ख. एक आपसमा बढ्न:
हामी एक अर्कोबाट धेरै कुरा सिक्न सक्छौं । जीवनबाट प्रेरणा लिएर वा एक अर्कोको जीवनको सफलता र असफलताको पाठलाई लिएर मानिसले एक अर्कोबाट सिक्नुपर्छ । जसरी, ‘फलामले फलामलाई धारिलो पार्छ, त्सरी नै मान्छेले आफ्नो साथीको चेहरालाई धारिलो पार्छ ।’ (हितोपदेश २९ः१७बmउस)

ग. बुद्धिमान् हुन र खराबीबाट बच्न:
एउटा मित्रको काम अर्को मित्रलाई हुन आउने जोखिमको विषयमा सचेत गराउन पनि हो । मित्रहरु भेटहुँदा केवल मनोरञ्जनमात्र होइन तर एकअर्कालाई असल र बुद्धिका कुराहरु सिकाउनुपर्छ । असल र खराब मित्रले मानिसलाई ठीक उल्टो मार्गमा डो¥याउँछन् । ‘जो बुद्धिमान् मानिसहरुसँग हिँड्छ, ऊ बुद्धिमान् हुनेछ; तर मूर्खहरुको साथ लाग्ने मानिस नष्ट हुनेछ ।’ (हितोपदेश १३ः२०)

४. मित्रताका फाइदाहरु
क. असल मित्रले असल सल्लाह दिन्छ:
असल मित्रले आप्mनो मित्रलाई असल सल्लाह दिन्छ तर खराब मित्रले खराब नै । यदि आप्mनो मित्रतामा कोही सचेत रहन्छ भने त्यस्तो व्यक्तिलाई बाइबलले धर्मी मानिस भन्दछ । यदि धर्मी मानिस पनि दुष्टको बाटोमा हिंड्योभने त्यसलाई दुष्टले बरालिदिन्छ (हितो.१२ः२६) । हामी मित्रहरुको असल सल्लाह लिन्छौं तर उनीहरुको हप्कीलाई स्वीकार गर्दैनौं । मानविय सोचाइमा हामीलाई लाग्छ कि, यदि कसैले हप्काउँछ भने त्यो चाहीं असल वा मिल्ने साथी होइन तर जसले हामीलाई हरेक राम्रा वा नराम्रा दुवै कुरामा सहमति दिन्छ त्यो चाहीं असल मित्र हो तर नराम्रा कुरामा समर्थन नदिने चाहीं असल मित्र जस्तो हाग्दैन । बाइबलमा लेखिएको छ,  (हितो.२७सः५–६)

ख. कुरौटेबानीले मित्रता भत्काउँछ: 
असल मित्र पाउन गाह्रो छ । संसारमा “धेरै मानिसहरु आपूmमा अचूक प्रेम भएको दाबी गर्छन् तर विश्वासनीय मानिस पाउन गाह्रो छ” (हितो.२०ः६) । बाइबलले यो पनि भन्छ कि, “कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ, र कुरौटेले घनिष्ट मित्रताहरुमा फाटो ल्याउँछ ” हितो.१६ः२८) । सामान्यतः मानिसको अरुको कुरा काट्ने बानी हुन्छ तर यस्तो बानीले हामी असल मित्रलाई गुमाउन सक्छौं । यदी अरुको कुरा काट्ने बानी छ भने हामी होशियार हुनुपर्छ ।

ग. साँचो मित्रतामा बलिदान हुन्छ:
साँचो मित्रले आप्mनो मित्रको निम्ति जीवन अर्पण गर्न पनि तयार हुन्छ । येशूले यो मित्रताको उत्तम उदाहरण प्रस्तुत गर्नुभयो । मानिसहरु प्रतिको येशूको प्रेम र मित्रता निस्वार्थ र बलिदानपूर्ण थियो । येशूले मानिसलाई मित्र झैं व्यावहार गर्नुभयो । यसको उदाहरण केवल अचम्मको चंगाई मात्र होइनन् तर उहाँले आफ्ना चेलाहरुको गोडा पनि धुनुभयो । उहाँले आप्mनो जीवन पनि मानिसको निम्ति दिनुभयो । (यूहन्ना १५ः१३) ।

५. असल  मित्रको छनौट:
अंग्रेजीमा एउटा प्रचलित भनाइ छ, “अ फ्रेन्ड इन निड इज अ फ्रेन्ड इनडिड्” अर्थात् जसको अर्थहुन्छ, “आवश्यकतामा साथ दिने मित्र वास्तविक मित्र” हो । असल मित्रले सुख र दुःख दुवै समयमा उपस्थित भएर साथ दिन्छ । तर आजको पुस्ताको निम्ति एउटा चुनौती यो पनि छ कि कसरी असल मित्रको संगत गर्ने ७तिस साँचो मित्र कसरी चिन्ने ७तिस हामी कसरी असल मित्र पाउने भन्नेबारेमा बढी होशियारी अपनाउँछौं तर कसरी आफुपनि अरुको निम्ति असल मित्र बन्ने सो बिचार गर्दैनौं । असल मित्रको संगत गर्नु र सो मित्रको निम्ति आफुपनि असल मित्र बन्नु चाहीं मित्रतामा एक सिक्काको दुइ पाटा जस्तै हो । यहाँ केही सामान्य विषयहरु हेर्नेछौं जसले हामीलाई असल मित्रको भुमिका निर्वाह गर्न सहायता गर्नेछ र त्यसै गरी असल मित्रको छनौटमा पनि सहायता गर्नेछ ।

क. विनासर्त मित्रता राख्ने:
मित्रतामा सर्त हुनै हुँदैन भन्ने होइन तर असल मित्रले सर्तलाई कहिल्यै अघि सार्दैन तर अर्को मित्रको अवस्थामा साथ दिन्छ । हामी आप्mनो स्वर्थको निम्ति मित्रता गाँस्छौं र स्वार्थ पुराभए पछि हामी आप्mनो बाटो लाग्छौं । सम्भवतः हामी आफैं त्यसो भएनौं भने पनि अरु कतिजनाबाट यस्तो तितो अनुभव बोकेका पनि हुनसक्छौं । मार्टिनु लुथरको एउटा भनाई अत्यन्तै मिल्दो छ, “एउटा साँचो मित्र त्यो हो जो अरु सबैले छोडेको समयमा पनि साथैं हिंड्छ ।” यदि मित्रतामा स्वार्थ छैन भने हामी दुःखको समयमा पनि मित्रबाट साथ पाउँछौं । मित्रतामा सर्थ रह्यो भने त्यो मित्रता लामो समय टिक्न सक्दैन । जीवनको कुनै क कुनै मोडमा हामी एक अर्काबाट धोका पाउँछौं ।

ख. विश्वास र अभ्यास सुहाउँदो:
संगत गर्ने मित्र हाम्रो विश्वास र अभ्यास सुहाउने हुनुपर्छ । अन्तरविश्वासीहरु (ग्रैर इसाइ) सँग मित्रता राख्न हुँदैन भन्ने पक्कै होइन तर यस्तो गहिरो मित्रताले कहिले काहीँ हामीलाई इसाई चरित्र र विश्वास अनुसारको जीवन गवाही जीउनमा असर गर्नसक्छ । मित्रताको माध्यमबाट हामी अन्य विश्वासमा भएकाहरुलाई पक्कै विश्वासमा जित्न सक्छौं यसमा दुइ मत पक्कै छैन तर यसको निम्ति हामी आफैं विश्वासमा परिपक्व भएर हाम्रो उदाहरणीय र विश्वासी गवाही दिन सक्ने हुनुपर्छ । यसको निम्ति हाम्रो आप्mनो विश्वास मिल्ने मित्रहरुको गहिरो र बलियो संगत हुन जरुरी छ जसको माध्यमबाट हामी अरुहरुलाई पनि हाम्रो समुहमा समाहित गरेर ख्रीष्टमा जित्न सक्छौं ।

ग. भरोसा योग्य:
मित्रतामा एक–अर्का प्रतिको भरोसा आधारभुत आवश्यकता हो । भरोसा बिना मित्रताको कुनै अर्थ रहँदैन । अझ अर्को शब्दमा भरोसा नै मित्रताको जग पनि हो । मित्रता यस्तो हुनुपर्छ जहाँ सुख र दुःखका कुराहरु बाँड्न सकिन्छ । केवल खुशी र राम्र कुराहरुमात्र बाँड्नु असल मित्रता होइन तर असल मित्रता त त्यो हो जहाँ दुःख र कमजोरीहरु पनि बाँड्न सकियोस् । यस्तो मित्रतालाई गहिरो र असल मित्रता भनिन्छ जहाँ आप्mना खराब र फोहोर कुराहरु पनि बाँड्न सकियोस् तर यसको निम्ति भरोसा गर्न सकिने व्यक्तिहरुको वृत्त हुनुपर्छ जसले गोपनीयता कायम राखेर प्रार्थना र वचनद्धारा हामीलाई सुधारका सुझावहरु दिनसकुन् ।

६. असर र खराब मित्रताबिच भिन्नता:
असल र खराब मित्र र त्यसको मित्रतामा केही सार भिन्नताहरु हुन्छन् । यहाँ केही मुख्य भिन्नता उल्लेख गरिएको छ । तपाईंले आप्mनो मित्रतालाई मुल्याङ्कन गरेर, आफु असल वा खराब कुन मित्र हुनुहुन्छ र तपाईंको अरु कोहीसँगको मित्रता पनि असल कि खराब सो छुट्टयाउ सक्नुहुनेछ ।
क्र.सं.           असल मित्रता                                    खराब मित्रता
१.                वास्तविकता                                      बनावटीपन
२.                परिपुरक                                            परिपुरकको खोजी
३.                मित्रता                                               उत्पिडन
४.                वलिदान                                            बलिदानको माग
५.                क्षमादान                                            बैमनष्यता
६.                सुरक्षा                                                डर
७.               इमान्दारिता                                       भ्रामकता

निष्कर्ष:
मित्रता सबैको निम्ति महत्वको विषय हो । असल मित्र पाउने मानिसहरु जीवनमा खुशी र शुखी रहन्छन् । असल मित्र पाउने मानिसले जीवनमा धेरै उपलब्धीपनि हाँसिल गर्छ । यदि खराब मित्र जीवनमा आयो भने त्यो पिडादायी पनि हुनसक्छ । अतः जीवनमा साथी वा मित्र बनाउँदा होशियारी हुनुपर्छ । अहिले किशोर किशोरीहरुले विषेशः गंगतमा ध्यानदिनुपर्छ । मित्रताले खराब लत र गलत बाटोमा डो¥याउन सक्छन् । आफुपनि अरुको निम्ति असल मित्र बनौं र आफुपनि असल मित्रनै रोजौं ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Smoking and Youth in Nepal

The Situation of Youth in America