ब्रदर एन्ड्रू (Brother Andrew)


एन्डी भान डेर बिजल अर्थात् ब्रदर एन्ड्रू एउटा सानो डच गाउँमा (नेदरल्याण्डस्) सन् १९२८ मे ११ मा जन्मिएका हुन् । उनी जहिले पनि केही रोचन र चुनौती पूर्ण कार्य गर्न रुचाउँथे र यसैकारण उनी १८ वर्षको उमेरमा डच सेनामा भर्ती भए । उनको सेनामा सेवाको दौरान जिम्मेवार भएर जिएनन् । उनी परमेश्वरको विषयमा खासै चासो नलिने व्यक्ति थिए । तर उनी २० वर्षको हुँदा उनको खुटाको गोलीगाठोँमा गोली लाग्यो र अस्पताल भर्ना भए, यस सँगै उनको सैनिक जीवनको पनि अन्त्य भयो । यो घटना दोश्रो विश्व युद्ध पश्चातको डच वेस्ट इन्डिजको विद्रोह ताकाको कुरा थियो र यही डच सम्राज्यवादको विद्रोह स्वरुप इन्डोनेसिया देशको जन्म भएको थियो ।

परमेश्वरमा विश्वास
अस्पतालमा नर्सहरुको स्वार्थ रहित सेवा र आफ्ना पुराना गल्तीको पश्चतापले बाइबल हातमा लिन उनलाई कर लाग्यो । उनी रित्तो, हृदय तोडिएको र परमेश्वरको खोजको भोक सहित उनी घर फर्किए । एकरात उनले प्रार्थना गरे, “प्रभु, यदि तपाईंले मलाई बाटो देखाउनुभयो भने म तपाईंलाई पछ्याउँछु, आमेन ।” त्यसदिन देखि उसो परमेश्वरले उनलाई नयाँ चाखलाग्दो र चुनौतिपुर्ण बाटोमा हिंडाउनुभयो । उनको सेवकाई फलामको आत्मिकी पर्दा लाइएका देशहरुमा बाइबल पु¥यउनमा केन्द्रीत छ । उनले आफ्नो जीवन मध्यपुर्वको बाइबल प्रतिबन्धीत देशहरुमा बाइबल र इसाई पत्रपत्रिका भित्रयाउनको लागि समर्पण गरे । उनी शित युद्धताका साम्यवादी (कम्युनिष्ट) राज्यहरुमा बाइबल तस्करी गर्ने व्यक्तिको रुपमा पनि प्रसिद्धछन् ।

बिभिन्न देशमा सेवकाई
सन् १९५५ मा तत्कालिन साम्यवादी देश पोल्याण्डमा भुमिगत मण्डली र त्यहाँका विश्वासीहरुलाई भेट्न गए । त्यहाँको कम्युनिष्ट युवा समुहमा नाउँ दर्ता गरे कारण त्यहाँ प्रवेश गर्ने यो एउटा उपाय थियो । उनको निम्ति कम्युनिष्ट देश अर्थात् फलामको पर्दा भित्र परमेश्वरको तस्करी सेवकाइको यो शुरुवात् थियो । सन् १९५७ मा उनी तत्कालिन सोभियत युनियनको राजधानी मोस्कोमा प्रवेश गरे । उनले यहाँ पनि बाइबल र इसाई पत्रपत्रिका पु¥याए जबकी यो त्यहाँको कानूनको विरुद्ध थियो । सन् १९६० को दशकमा इसाईहरु प्रति कडा व्यवहार भइरहेको वावजुद पनि उनी चिनमा गए । सन् १९७६ मा उनी अफ्रिकी नास्तिक देशहरुमा पनि प्रवेश गरे । युरोपका कम्युनिष्ट देशहरु पछी सन् १९७० को दशकमा उनी मध्य पुर्वका मुस्लिम देशहरुमा प्रवेश गरे र बाइबल पु¥याउने कार्यलाई जारी नै राखे ।

सन् १९६७ मा मा उनले जोन र एलिजावेथ सेरिल सँग मिलेर गडस् स्मग्लर (अर्थात् परमेश्वरको तस्कर) नामको पुस्तक पहिलो पटक प्रकाशन गरे जसमा उनको वाल्यकाल, इसाई विश्वासमा प्रवेश, बाइबल बिभिन्न देशमा लग्दाको चाखलाग्दा र चुनौती पुर्ण कथाहरु समेटिएका छन् । सन् २००२ सम्मा यसको १ करोड प्रति बिभिन्न ३५ वटा भाषामा विक्री भएका छन् । उनले सन् १९५५ मा ओपन डोर्स नामको सेवकाइको शुरुवात पनि गरे जसको सेवाको मुख्य क्षेत्र सतावटमा परेका विश्वासीहरुको निम्ति ढाडस दिनु रहेको छ । यस सेवकाइले संसारका ६० भन्दा बढी देशहरुको सेवा गर्छ जहाँ इसाई विश्वासलाई ग्रैर कानूनी मानिन्छ वा यस मतलाई सतावट दिइन्छ ।

सन् १९९० को दशकमा उनी सक्रिय रहेर नै मध्यपुर्वमा यात्रा गर्दै रहे । उनको लाइट फोर्स (ज्योतीको बल) नामक पुस्तकमा उनले अरब तथा लेवनानको मण्डली, त्यहाँको भुमिगत विश्वासीहरुको विषयमा उल्लेख गरेका छन् । उनी मुस्लिम देशमा र त्यहाँका अगुवाहरुकहाँ पनि गए । उनले हमास, पि.एल.ओ. (प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन) जस्ता मुस्लिम अतिवादी नेताहरु अहमद यासिन र यासार आराफात सँग पनि भेटे र बाइबल हातमा दिए ।

हेर परमेश्वरले के गर्न सक्नुहुन्छ ? 
यस संसारमा यस्ता कयौं उदाहरणहरु छन् जसमा एक जना साधारण मानिसले असाधारण प्रभाव पारेका छन् । यस्ता हजारौं ज्वलन्त उदाहरणको एक प्रतिनिधी मात्र हुन् ब्रदर एन्ड्रू । उनले सुसमचार प्रतिबन्ध भएका दर्जनौं देशहरुमा सुसमचार पु¥याउनको निम्ति जीवनलाई नै मृत्युको जोखिममा राखे । २० वर्षको युवा अवस्थामा संसारको सेनामा जोखिम उठाएका र शारीरिक अवस्थाको कारण संसारको सेनामा सेवा निरन्तरता दिन नसकेका एक जना युवक सुसमचारका खातिर एक वीर योद्धा बने । एकजना युवा जसले पाफ्नो बिगतको जीवनलाई फर्केर तितो महशुस गरेका थिए तर त्यहाँबाट परमेश्वरमा भरोसा राख्न सिके । परमेश्वरमा जीवन समर्पण गर्ने एक जनाबाट हेर परमेश्वरले के गर्न सक्नुहुन्छ ?

- प्रेमनारायण भट्टराई, शक्तिशाली बप्तिस मण्डली, ललितपुर

Comments

Popular posts from this blog

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?