फरक पुस्ताको बीचमा पूल निर्माण



परिचयः
पुस्तान्तर अर्थात् जेनेरेशन ग्याप नेपाली समाजमा एउटा चुनौति पुर्ण पक्ष हो तर यसलाई ठूलो चुनौति मानेर समस्याको रुपमा लिनुको साटो यस विषयमा अध्यायन ग¥यौं भने वा यस विषयमा थोरै मात्र पनि मनन ग¥यौं भने यसले समाज र परिवारलाई अझ बलियो बनाउँछ । नेपाली मण्डलीमा पनि यसको केही नकारात्मक असहरु पछिल्लो दशकमा नखिएका होइनन् । मण्डलीले पनि कसरी फरक पुस्तालाई सँगै लिएर जान सक्छ त ? कसरी फरक पुस्ताको बीचमा पूलको निर्माण गर्ने यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं ।

पुस्तान्तर के हो ?
सामान्यतया, पुस्तान्तर भन्नाले, “दुइ पुस्ताहरु बीचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्तपन्न गराउँछ। पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी, पुस्तान्तर केवल पछिल्लो ५०/६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरु देखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । इसा पूर्व चौथो शताब्दीका एकजना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा शताब्दीपहिला पनि थियो भन्ने कुरालाई जोड दिन्छ । उनका अनुसार, “हाम्रा अहिलेका युवाहरु विलासिता मनपराउँछन् । उनीहरुका आचरण खराब छन्, अधिकारीहरुको अधिकारमा रहँदैनन्, उनीहरु बुढापाका मानिसहरुप्रति अनादर गर्छन् र आप्mनै इच्छामा रमाउँछन्, जब उमेरमा पाको मानिसहरु कोठामा प्रवेश गर्छन्, उनीहरु आफ्नो स्थानबाट उठ्दैनन्, अभिभावकको विपरित छन्, साथीहरुसँगै रमाउँछन्, स्वऐच्छिक खाना रुचाउँछन् र शिक्षकहरु प्रति खराब व्यवहार गर्छन् ।

२०औं शताब्दिका प्रखयात भारतीय प्रचारक रबि जारायाहले आफ्नो पुस्तक रिक्याप्चर द वन्डरव्यक्तगरेको बिचार सान्दर्भिक छ । यस विचार अनुसार पछिल्लो २० औं शताब्दीको पछिल्लो ५० दशमका के भयो भन्ने स्पष्ट चित्र प्रस्तुत गर्दछ । उनका अनुसार,
·         १९५०औं को दशक तिर, नानिहरुले उनीहरुको निर्दोषपनालाई गुमाए । उनीहरु आफ्ना अभिभावकबाट अलग गरिए, जसको कारण थियो, राम्रो तलब भएको जागिर, कार, नयाँ खालका सङ्गीत इत्यादी ।
·         १९६०को दशकमा नानिहरुले अधिकार पनि गुमाए । यो विद्रोहको दशक जस्तै थियो । मण्डली, राज्य र अभिभावकहरुको अधिकार माथि प्रश्न खडा गरियो । उनीहरुले आफ्नै चाहना खोजीगरे । मण्डली, राज्य र अभिभावकको अधिकारलाई इन्कार गरियो । तर यसलाई अहिले सम्म पनि केहीले पुर्नस्थापना गर्न सकेको छैन ।
·         १९७० को दशकमा नानिहरुले प्रेम गुमाए । यो वाद को युग जस्तै नै थियो जहाँ आफु आधारित शब्दहरुको विकास भए । जस्तै, ‘आफ्नो रुपवा स्वरुप, ‘आफ्नो संसार, ‘आफ्नो इच्छा, ‘आफ्नो रुचीआदिइत्यादी । यसले उनीहरुलाई एक्लो संसार बनायो । नानीहरुले यौनको बारेमा सिक्नलागे । उनीहरुले प्रेमको विषयमा भुले र उनीहरुलाई सम्झाउने पनि कोही भएन । यसको भिन्नताको विषयमा सिकाउने पनि कोही भएन ।
·         १९८० तिर नानीहरुले उनीहरुको आशा गुमाए । निर्दोषपना, अधिकार र प्रेम गुमाउनुले उनीहरुलाई डरलाग्दोरुपमा आशाहीन बनाइदियो र परिणामस्वरुप यो दशकका पुस्तामा उनीहरु मध्येका धेरै जना ढभविष्यलाई नै विश्वास गर्नछोडे ।
·         १९९० तिर आइपुग्दा नानीहरुले उनीहरुको तर्क दिने शक्ति नै गुमाउन पुगे । यो दशक यस्तो रह्यो कि, जतिजति उनीहरुलाई आधारभुत भाषा, सत्यता र तर्कबारे सिकाइयो उनीहरु उति नै बढी पाश्चयआधुनिक संसारमा वृद्धिभएर गए ।

सन् २००० पश्चात त सूचना प्रविधीमा आएको आमूल परिवर्तले यसको दायरालाई यति फराकिलो बनाइदियो कि, यसको लेखाजोखा गर्नै गाह्रो छ । पछिल्लो दिनमा परिवारमा, समाजमा र अझ भनौं मण्डलीमा यसको कयौं असरहरु देखा परेका छन् । पश्चिमा मूलुकमा त फरक पुस्ताको फरकफरक संगती गर्नु पर्ने वाध्यात्मक स्थिति पनि सृजना भएको छ । पुस्तान्तरको असरको रुपमा संगति फरक समय र स्थानमा फरक पुस्ता भेला हुनुले मण्डलीको स्वरुप र बाइबलीय मूल्य धरापमा परेका मान्न सकिन्छ । पछिल्लो पटक पुस्तान्तरको असरलाई ध्यानमा राखी अन्तर पुस्तालाई कसरी एउटै पानामा समेट्न सकिन्छ भनि मण्डली स्थापनाकर्ता (Church Planters) र युवा सेवकाइका ज्ञाताहरुले व्यापक खोज पनि गरिरहेका छन् ।

पुरानो करारमा परमेश्वयरले इस्राएलीहरुलाई धार्मिक र नैतिक नीतिहरु दिनुहुँदा लगाउने वस्त्र, बाने कुरा, बोलीबचन, छिमेकीलाई गर्ने व्यवहार र अन्तर समुदायको बीचमा हुनुपर्ने समिारेखा आदिको विषयमा स्पष्ट बताइ दिनुभएको थियो । यहाँ आजको मण्डलीले पनि बुझ्नु आवश्यक छ भने मण्डली भनेको फरक फरक समुदाय वा पुस्ताको विचको भिन्नतामा होइन तर फरक पुस्ताले एउटै रीतिमा रहेर जिउनुपर्छ । आज मण्डलीमा सङ्गीत, वस्त्र, खाना वा कपालको स्टाइल जस्ता ससाना विषय उप्काएर द्वन्द्व उत्पन्न हुन्छन तर मण्डलीले बाइबलीय मूल्य र मान्यतालाई जोड दिनु पर्ने हो (मत्ती २०:२६; २ कोरिन्थी ६:१४, १७) । केही बाइबलीय सन्दर्भहरु हेर्नुहोस् भजनसंग्रह ७१:१८; १४५:४ जसले फरक पुस्तासँगै मिल्नुहो सुन्दरता पनि बताउँदछन् ।

मण्डली र परिवारमा पुस्तान्तरको नकारात्मक असरलाई कसरी कम गर्ने ?
१. परिवारमा अभिभावक र छोराछोरीहरुको भूमिकाको विषयमा पास्टर वा कोही असल शिक्षा सिकाउन सक्ने शिक्षकलाई बोलाएर बाइबलबाट सिकाउन लगाउनुहोस् । छोराछोरीहरुलाई अभिभावकहरुको सिमित स्रोत र उपलब्धताको विषयमा जानकारी नहुन सक्छ र आमाबुबालाई पनि छोरा छोरीको कलिलो बुझाइको बारेका जानकारी नहुन सक्छ । अतः बाइबलीय ज्ञान दुबै पक्षको निम्ति साझा समाधान हुनसक्छ ।

२. छोराछोरी र अभिभावकलाई फरक फरक राखेर उनीहरुको इच्छा र अपेक्षालाई सुनिदिनुहोस् । केवल भिन्न स्थानमा राखेर सुन्ने मात्र होइन तर सँगै राखेर छलफल पनि गराउनुहोस् । मण्डलीमा एक सामान्य २ घण्टाको अभिभावक र छोराछोरी बीच अन्तरक्रिया गराउन सक्नुहुन्छ ।

३. छोरा छोरीलाई सिकाउनुहोस् की उनीहरुको आमा बुवा पहिलो पटक छोराछोरीहरु हुर्काउँदै गरेका सिकारु अभिभावक हुन् । उनीहरुले पहिले नै उनीहरु जस्ता किशोर अवस्थाका नानीहरु हुर्काएर अनुभव बटुलेका अभिभावकहरु होइनन् ।

४. मण्डलीमा किशोर किशोरीहरु सहभागी गराई उनीहरुलाई अभिभावकले गरेका राम्रा कामहरुको सम्झना गरि उनीहरुलाई आभार प्रकट गर्ने गराउने मौकाको सृजना गरिदिनुहोस् । जस्तै वृद्ध-वृद्धा सम्मान कार्यक्रम, मण्डलीको अभिभावक दिवस कार्यक्रम आदिको आयोजना गर्न सक्नुहुन्छ ।

५. दुबै पक्षलाई कसरी एकअर्कासँग संचार गर्ने भनि सिकाउनुहोस् । पाको मानिसको संचार गर्ने तरिका र व्यवहार गर्ने तरिका फरक हुन सक्छ र ठीक त्यसै गरी युवा पुस्ताको फरक हुन सक्छ । फेरी संचार नै सबै भन्दा साधारण र शक्तिशाली समाधान पनि हो । संचारको अभावले नै समस्या उत्पन्न हुन्छ र संचारले नै समस्यालाई ठूलो बनाउने वा समाधान गर्ने भुमिका खेल्छ । अतः यसमा सिकाइको पनि खाँचो हुन्छ ।

निष्कर्षः
मलाकीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस्, उहाँले भन्नुभएको छ कि डरलाग्दो दिन (फरक पुस्ताको बीचमा मतभिन्नता) छोराछोरी र बाबुहरुलाई (दुइ भिन्न पुस्ता) एकअर्काको हृदय फर्काउनको निम्ति एलिया अगमवक्ता (सांकेतिक रुपमा मध्यस्तकर्ता) पठाइदिनेछु (मलाकी ४:,६) । शैतानको कामचाहीँ कसरी हुन्छ भिन्नता र विभाजन ल्याउनु हो तर हामी सचेत हुनुपर्छ । आखिर दिनहरुको विषयमा पावलले पनि तिमोथीलाई बताएका छन् (२ तिमोथी ३:४) । पछिल्लो दिनहरुमा हुन आउने कुराहरुको विषयमा अघिबाटै बताइएकाले हामी चाहिँ अझ सचेत र जागा रहौं ।

Comments

Popular posts from this blog

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?