निरासा (Depression) सम्बन्धी बाइबलीय परामर्श

परिचय

निराशा मानवीय जीवनको एक वास्तविकता हो तर कतिपय अवस्थामा यो समस्या हुनपुग्छ र यसको असरले विभिन्न परिणामहरू देखापर्दछन् । यो सबै धर्म, जाती र वर्गका मानिसहरूमा देखापर्ने समस्या हो । यहाँ हामी निराशा, यसको कारण, असर र समाधानको विषयमा संक्षिप्तमा चर्चा गर्नेछौं । निराशा  सबै उमेर समुहका मानिसहरूमा देखापर्ने समस्या भएता पनि बिभिन्न अध्ययनहरूले पछिल्लो समय यो कम उमेरका मानिसहरूको समुहमा अझ बढ्दो क्रममा रहेको देखाएको छ । कतिपय मनोचिकित्सक तथा यस विषयका अध्येताहरूको विचारलाई स्वीकार गर्ने हो भने अहिले भन्दा करिब २० वर्ष अघि किशार किशोरीहरूमा निराशा  र यसको असर खासै थिएन तर पछिल्लो दुई दशकमा मात्र यसले किशोर पुस्तालाई बढी असर गरेको देखिन्छ ।

निरासाको परिभाषा र रुपहरू

सामान्य भाषामा निराशा  भनेको निरन्तर र लामो समयसम्म हुने तनाव हो । निराशा  भनेको दुःखको महशुस हुने वा भएको अवस्था हो । स्वाथ्यको परिभाषा अनुसार दुःख, निराशा, र प्रायः असामान्य वा जीवन जिउनुको कम महत्व ठान्ने अवस्था भएको व्यक्तिको गम्भिर स्वास्थ्य अवस्था हो । जोन ह्वाइटको निम्न चित्रले निराशाले कसरी एक पछि अर्को रुपलिन्छ भन्ने कुरालाई स्पष्ट पार्दछ (John Whites, The Masks of Melanchology ।


किशोर अवस्थामा निरासाका लक्षणहरू

निराशा को बिभिन्न लक्षणहरू हुनसक्छन् तर समान्यतयाः किशोर अवस्थामा हुने निराशा का निम्न लक्षणहरू हुनसक्छन्–
  -  क्रमश तथा लामो समयसम्म व्यक्तिगत सुस्वाथ्यमा खासै ध्यान नदिनु,

  -  निरन्तररुपमा पढाइ खस्किनु, परिणाम तल झर्नु,

  -  आफु स्वयम वा अन्य मानिसहरूलाई चोट पु¥याउने व्यवहार प्रदर्शन गर्नु,

  -  साथीहरूबाट आफुलाई अलग्ग राख्नु, कम बोल्नु वा अरुको कुराअरुमा खासै ध्यान नदिनु, निरन्तर अनाज्ञाकारी हुनु,
  -  असामान्य विश्वास तथा विचारहरू प्रस्तुत गर्नु,

  -  व्यक्तिको तौल असामान्य रुपमा घट्नु वा बढ्नु,

  -  बढी थपकत देखिनु र शरीरमा शक्तिकम भएको महशुस गर्नु,

  -  अनावश्यक रुपमा आफुलाई दोषी महशुस गर्नु,

  -  जीवनको विषयमा प्रश्न गर्नु वा बाँच्न मन नलाग्नु  आदी ।
यी र यस्ता प्रकारका लक्षणहरू देखा परेमा उक्त किशोर वा किशोरीलाई निराशा को समस्या हुनसक्ने बढी सम्भावना हुन्छ ।

किशोर अवस्थामा निरासाका कारणहरू 

निराशा का बिभिन्न कारणहरू हुन्छन । वयस्क मानिस र किशोर अवस्थाका मानिसहरूमा हुने निराशा का कारणहरू फरक    हुन्छन् । विषेशः किशोर अवस्थामा हुने निराशा को समस्याका कारणहरू यस प्रकार हुन्छन्–
A. सामाजिक संजाल: पछिल्लो दशकमा किशोर किशोरीमा देखिएको निराशा को प्रमुख समस्याको कारण सामाजिक संजाललाई मानिन्छ । समाजिक संजालमा आउने बिभिन्न पोस्ट, सुचना तथा विवरणहरूले गर्दा बढी सामाजिक संजालमा झुकिने किशोर किशोरीहरूमा निराशा को समस्या देखिने गरेको छ । जस्तै अरुले लगाएका पहिरन, खाएका खाना वा गरेका गतिविधीहरूको विषयमा सामाजिक संजालमा तुरुन्तै आउने पोस्टले उनीहरूलाई पनि अरु जस्तै त्यस्ता गतिविधीमा संलग्न हुन उत्प्रेरित गर्नु र कारणवश सो नपाउँदा उनीहरू बढी चिन्तित हुने गरेका देखिएको छ ।

B. सामाजिक अस्वीकार:
किशोर अवस्थामा समाज, संगत र वरिपरीको वातावरणले आफुलाई जस्तो छु, त्यस्तै नै स्वीकार गरियोस् भन्ने चाहना हुन्छ तर किशोर अवस्थामा उनीहरूले आफुलाई कम महत्व दिएको वा स्वीकार नगरिएको महशुस गरेमा किशोर अवस्थामा भएका मानिसहरू चाँडै निराशा मा पर्ने सम्भावना  हुन्छ । किशोर किशोरीहरूले आप्mनो शारीरिक विकाश, रुप, स्वभाव इत्यादीलाई अरुले स्वीकार गरेनन् भने उनिहरू चिन्तित हुने गर्छन् ।

C. पारिवारीक तनाव:
किशोर अवस्थाको विकासमा परिवारको भूमिका ठूलो हुन्छ । उनीहरूको मानसिक र मनोवैज्ञानिक वस्थालाई परिवारको आर्थिक, शैक्षिक र वैवाहिक अवस्थाले धेरै असर गर्छ । बिभिन्न अध्ययन अनुसार विवाह विच्छेद भएको (एकल अभिभावक) परिवारमा हुर्किएका किशोर किशोरीहरूमा बढी निराशा को समस्या हुने गरेको देखिएको छ । परिवारमा नशा वा कुलतमा परेको अभिभावक वा नानिहरूको अगाडी धेरै झैझगडा हुने परिवार भएमा पनि त्यस्तो वातावरणमा भएका किशोर तथा किशोरीहरूमा निराशा को समस्याले ग्रसित हुने देखिएको छ ।

किशोर अवस्थामा हुने निराशा  र यसको परिणाम/असरहरू

सन् १९७० पछि आत्माहत्या गर्ने किशोर किशोरीहरूको संख्यामा करिब ३ गुणाले वृद्धि भएको देखिन्छ (UNICEF-1993, The Progress of Nations. United Nations, 45) प्रतिशन आत्माहत्या गर्ने किशोर किशोरीहरूमा उपचार गर्न सकिने मानसिक बिमारी तथा निराशा को कारण रहेको     देखिन्छ । सन् १९९६ मा गरिएको एक अध्ययनका अनुसार १० देखि १४ वर्ष उमेर समुहको किशोर किशोरीहरूमा आत्माहत्या हत्या÷मृत्युको चौथो कारणको रुपमा देखिएको थियो भने १५ देखि २४ वर्ष उमेर समुहका युवाहरूको चाहिं तेश्रो ठूलो हत्या/मृत्युको कारण देखिएको थियो । किशोर किशोरीहरूको बिचमा निराशा  केवल एक बिमारी वा समस्याको रुपमा मात्र देखा परेको छैन तर यसको परिणा स्वरुप उनीहरू आफैंले आप्mनो हत्या पनि गरिरहेका छन् । मानिसहरूले आत्मा हत्या गर्ने प्रमुख कारण नै निराशा  भएको मनोचिकित्सकहरू बताउँछन् । यदि निराशा लाई शुरुको अवस्थामा नै पहिचान गरि त्यसको निवारण वा उपचार गरिएमा धेरैले आत्माहत्या विकल्प नबानाउने निश्चित छ । मानिसमा निराशा यदि रोगको रुपसम्म पुग्यो भने यसले शारीरिक र मानसिक दुवै अवस्थामा मानिसलाई असर गर्दछ ।

A. शारीरिक असर:
 निराशाबाट गुज्रिररहेको मानिसमा केही शारीरिक असरहरू देखा पर्दछन् । जस्तै व्यक्तिमा शारीरिक थकावटको महशुस हुन्छ । कसैलाई ज्यादै कम निन्द्रा लाग्दछ भने कसैलाई ज्यादै बढी पनि निन्द्रा लाग्न सक्छ । कसैको शरीरमा अत्यन्तै वढी तौल बढ्नसक्छ वा सकैमा घट्नसक्छ । महिलाहरूमा महिनावारीमा समस्या भई कहिलेकाहीं महिनौं नहुनपनि सक्छ । निरास भएको मानिसमा कब्जियत, झडापखखाला लगायतका अन्य स्वाथ्य सम्बन्धि समस्या देखिन सक्न । हृदयको धड्कन अनियमित भई अत्यन्तै चाँडो चाँडो धडकिन सक्छ (Minirth and Meier, Happiness is a Choice, 26)  । शारीरिक असर बढी वयस्कहरूमा देखा पर्दछन् तर किशोर किशोरीहरूमा भने शारीरिक भन्दा पनि बढी मानसिक असरहरू देखापर्दछन् ।

B. मानसिक असर:
नैराश्यताको समस्याबाट ग्रसित किशोर किशोरीहरूमा शारीरिकभन्दा पनि मानसिक कसरहरू देखा पर्दछन् । मानसिक असरमा सबैभन्दा बढि किशोर किशोरीहरू दुःखितहुन्छन् । उनीहरू चाँडै आत्मविश्वास गुमाउँछन् र बढी रुने र चिच्याउने गर्छन् । क्याम्वेलका अनुसार निराशामा भएका किशोर किशोरीहहरूमा हुने अर्को मानसिक असर, उनीहरूमा ध्यान दिने अवधीमा ह्रास आउनुहो । उनीहरूले जे कुरामा ध्यान दिनुपर्नेहो सोमा ध्यान दिंदैनन् र सजिलैसँग ध्यान हराउँछ । विस्तारै उनीहरूमा आत्माविश्वासको अभाव हुन्छ र उनीहरू एकोहोरो हुन्छन् (Campbell, How to really love your teenagers, 91-92)। केही अध्येताहरूका अनुसार किशोर किशोरीहरूले निराशाको लक्षणहरू सिधै देखाउँदैनन् तर उनीहरूले फरक व्यवहारहरू प्रस्तुत गर्दछन् । आक्रमक हुनु र रीसालु व्यवहार देखाउनु, नसामा जिउनु, आघात÷चोट पु¥याउनु, यौन जीवनमा समस्या, दुर्घटनाको जोखिम, अनावश्यक कार्य व्यवहार इत्यादी निरशाको मानसिक असरहरू हुन् ।

निराशा को विषयमा बाइबलीय शिक्षा

बाइबलले हामीलाई निराशा को होइन तर आनन्दको जीवन जिउने प्रेरणा दिन्छ (फिलिप्पी  ४ः४)। परिस्थितिजन्य कारणले मानिस निराशा मा डुब्ने भएको कारणले यसमा छुटकारा पाउन त्यति सजिलो त छैन । बाइबलले बताउँछ कि, मानिसलाई, मानिसको आत्माले नै बिरामी अवस्थामा सहारा दिन्छ     (हितोपदेश १८ः१४) । बाइबलमा भएका केही ठूला र महत्वपूर्ण व्यक्तिहरू प्नि निराशा को रोग÷समस्यामा परेको उदारहणहरू पाइन्छ, जस्तै अब्राहाम (उत्पत्ति १५) योना (योना ४), अयुब (अयुबको पुस्तक), एलिया (१राजा १९), राजा शाउल (१शामूएल १६ः१४–२३), यर्मिया (यर्मिया र बिलावको पुस्तक), दाउद (भजनसं.६,१३,५१ आदि) । भजनसंग्रह ४२ मा बाइबलले निराशाको विषयमा स्पष्टसँग  बोल्छ । हे मेरो प्राण, तँ किन उदास    हुन्छस् ? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस् (४२ः५) । निरासा मानिसको छनौट नभएर परिस्थितिजन्य अवस्थाको उपज पनि हुन सक्छ ।

यदि तपाईंमा यो समस्या छ भने वा अरुमा पाउनुभयो भने यसबाट उम्कने केही सुझावहरू यस प्रकार छन्–

  -  एक्लै नबस्नुहोस, मानिसहरूको साथमा हुनुहोस् ।

  -   अरुमानिसहरूबाट सहायता माग्नुहोस् । तपाईंको भावनाको विषयमा भरपर्दो मानिसहरूसँग बाँड्नुहोस् ।

  -  सकारात्म तथा संदेश भएका सङ्गीत सुन्नुहोस् र गाउनुहोस् (१ शामूएल १६ः१४–२३)।

  -  धन्यवाद र प्रशंसा चढाउनुहोस् । पावलले तिमोथीलाई सबै परिस्थितिमा प्रशंसा चढाउन भन्छन् (१ थेसलोनिकी ५ः१८) ।

  -  परमेश्वरको वचनको शक्तिमा भर पर्नुहोस् । परमेश्वरले तपाईंको पुकारा सुन्नुहुन्छ (यर्मिया ३३ः३) । परमेश्वरसँग तपाईंको निम्ति असल योजना छ       (यर्मिया २९ः१०,११) ।
  - परमेश्वरको आत्माको उपस्थितिमा आराम गर्नुहोस् (भजनसं ४२ः५) । (Josh McDowell's Handbook on Counselling Youth, 67)

निष्कार्ष

निरासाले मानिसलाई शारीरिक जोखिम नै निम्त्यउने अवस्थामा छ भने यसको निम्ति मनोचिकित्सक सँग सल्लाह लिनु उपयुक्त हुन्छ । अहिलेको औषधि विज्ञानले यसको निम्ति उचित उपचार गर्न सक्छ । निरासाको कारण आफैं व्यक्ति जिम्मेवर हुने भएको कारण यसको समाधान पनि आफैंमा हुन्छ । बाइबलमा निराशा का बिभिन्न कारणहरू दिइएको छ । उदाहरणको लागि कयिन, अनाज्ञाकारिताको कारणले (उत्पत्ति ४ः६,७), दाउद व्यभिचारको कारण (भजनसं.५१) । यदि बाइबलीय कारण हेर्नेहो भने यदि मानिसले पाप ग¥यो भने वा परमेश्वरको आज्ञा उल्लंघन ग¥यो भने ऊ निराशा को बिमारी÷समस्यामा पर्नसक्छ । वास्तविक जीवनमा निराशा को कारण शारीरिक, मानसिक वा मनोवैज्ञानिक जे भएता पनि यसको शुरुवात् पापबाट हुन्छ । अतः परमेश्वरको डरमा जीवन जिउनु सबैभन्दा उत्तम उपाय हो । बाइबलमा हेर्ने हो भने येशूले जे र जुन अवस्था सहनुभयो त्यो सबैभन्दा बढी चिन्दा र दुःखका् अवस्था थियो तर पनि उहाँले आनन्दको साथमा त्यसको स्वीकार गर्नुभयो । पावलले जीवनमको धेरै वर्ष कैदको जीवन जिउँदा पनि आनन्द मनाए र मानिसहरूलाई पनि आनन्द मनाउन सल्लाह दिए । येशूले डाँडाको उपदेशमा चिन्दा वा फिक्रि नगर्नु भनेर मानिसहरूलाई सल्लाह दिनुभयो (मत्ति ६ः२५–३४)। बाइबलले थकावट हुदा वा कमजोर महशुस हुदा परमेश्वरमा आशा गर्नको निम्ति उत्साह दिन्छ (यशैया ४०ः२९–३१) । पावलको अनुसार परमेश्वर मानिसलाई उम्कनै नसक्ने समस्यामा पार्नुहुनेछैन तर उहाँले बाटो पनि बनाइदिनुहुन्छ (१ कोरिन्थी १०ः१३) ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

God wants do Something New in Your Life...

The Situation of Youth in America