विश्वासीहरुले किन स्थानिय मण्डलीमा सदस्यता लिने ?


हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ। 
हिब्रू 10:24-25

विश्वास गर्नेहरुले मण्डलीमा सदस्यता लिनु पर्ने ५ कारणहरु यस प्रकार छन् –

१. विश्वास नगरेकाहरुको निम्तिः
मण्डलीमा सहभागीता जनाउने विश्वासीहरु केवल शनिबार भेला हुने मानिसहरुको केवल एक समूह मात्र नभएर, स्वविवेकले एकअर्का प्रति समर्पित भएका, एकअर्काको निम्ति नियमित प्रार्थना गरिदिने र उत्साह दिने काममा आफुलाई जिम्मेवार मान्ने मानिसहरु हुन् । मण्डलीमा आउने मानिसहरु एकअर्का प्रति उत्तरदायी पनि हुन्छन् । जीवन रुपान्तरण भएका मानिसहरुको एकसाथको भेलाले वास्तविक सम्बन्ध र प्रेमको प्रदर्शनद्धारा संसारको निम्ति उनीहरु एक नमूना हुन्छन् र यसबाट परमेश्वरको महिमा हुँदछ । (यूहन्ना १३ः३५) यो गवाही विषेश गरेर एकअर्का प्रति समर्पित बहूजातीय, बहूपुस्ताका मानिसहरुको एकसाथको भेलामा अझ बलियो गवाही बन्दछ ।

२. कमजोर विश्वासीहरुको निम्तिः
नयाँ विश्वासीहरुको निम्ति प्रार्थना गर्न आफैंलाई समर्पित गरेर तपाईंले अरु कमजोर र बढ्दै गरेका विश्वासीहरुलाई उत्साह प्रदान गर्नुका साथै तपाईंको कमजोर विश्वास भएका समयमा तपाईंले भोग्नुभएका संघर्षहरुको अनुभवबाट उनीहरुलाई पनि उम्कन तपाईंले सहायता गर्न सक्नुहुन्छ । इसाई जीवन एकल जीवन होइन तर सामूहीक जीवन हो । हामी विश्वास द्धार व्यक्तिगत रुपमा बचाइएका हौं । तर हामी हाम्रो विश्वासलाई सामुदायीक रुपमा जीउँछौं । नयाँ करारमा भएका एकअर्का भनि उल्लेख भरिएका खण्डहरुलाई ख्याल गर्नुहोस्, जस्तै हिब्रू १०ः२४,२५; १ पत्रूस १ः२२; १ यूहन्ना ४ः११,१२ आदि ।

३. मण्डली अगुवाहरुको निम्तिः
अगुवाहरुलाई उनीहरुको जिम्मा दिइएका बगालको हेरचाह गर्ने आज्ञा दिइएको छ । तपाईंको आत्मिकी सुरक्षाको निम्ति तपाईं पनि आफ्नो गोठालोको संरक्षणमा रहनु आवश्यक छ । के तपाई बगालको एक सदस्य हुनुहुन्छ (प्रेरित २०ः२८; हिब्रू १३ः१७) ? यदि तपाईं बहाला रहनु भएन भने कसरी अगुवाहरु पनि  तपाईंको निम्ति जिम्मेवार हुन सक्छन् ? मण्डलीका अरु सदस्यहरु तपाईंको निम्ति कसरी उत्तरदायी बन्न कसरी सक्छन् त ? नाउँ लिएर एकअर्काको निम्ति प्रार्थना गरिदिने ? के तपाईंको निम्ति कोही रेखदेख गर्ने मानिसहरुको खाँचो पर्दछ ? नयाँ करारका मण्डलीमा यसरी हेरचाह गरिन्थ्यो र उनीहरु पनि आफ्नो मण्डलीमा सहभागिता थियो ।

४. तपाई आफ्नै निम्तिः
मण्डलीमा सदस्यता लिनुको अर्थ तपाईंले आफैंलाई अरु विश्वासीहरुसँग, र सम्पूर्णरुपमा मण्डलीको अनुशानिमा समर्पित गर्नुहुन्छ । इसाई गवाही र पवित्रताको निम्ति आफैंलाई शुद्धतामा राख्न आवश्यक छ र अरुहरुलाको जीवनलाई सुरक्षित राख्नको निम्ति पनि अनुशासनको खाँचो पर्दछ । अनुशासन जहिले पनि भलाई र सुरक्षाको निम्ति हुन्छ । मत्ती १८ः१५–१७; १ कोरिन्थी ५ः२,५) । नयाँ करारमा जहिले पनि अनुशासनमा बस्ने र अभ्यास गर्ने कुरा समुदाय अर्थात् मण्डलीसँग सम्बन्धित छ । यदि कसैमा पश्चताप नगरेको पाप छ भने यसले मण्डलीबाट बाहिर राख्छ । कसलैलाई मण्डली बाहिर निकाल्न र मण्डली भित्र ल्याउन दुबैको निम्ति मण्डली सदस्यता जरुरी हुन्छ ।

५. परमेश्वरको निम्तिः
मण्डली येशूको अभिप्राय हो । येशू मण्डलीको निम्ति मर्नुभयो । प्रेरित २०ः२८; एफिसी ५ः२५) येशूले उहाँको मण्डली निर्माण गर्दैहुनुहुन्छ (मत्ती १६ः१८) । उहाँले आफुलाई मण्डलीसँग जोड्नुभएको छ (प्रेरित ९ः४) । हामी पनि स्थानिय मण्डलीमा जोडिएर उहाँसँग जोडिदछौं । नयाँकरारको मण्डलीले यो कुरालाई स्वीकार गरेर अभ्यास गरेका थिए । हामीले पनि यो स्वीकार र अभ्यास गर्नु आवश्यक छ ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

God wants do Something New in Your Life...

The Situation of Youth in America