Who Am I in Christ? - a great mystery about your identity...

ख्रीष्टमा म को हूँ  
तपाईंको परिचय बारे महान् रहस्य 

प्रेमनारायण भट्टराई

आजको युवालाई बिभिन्न क्षेत्रले गोलमाल बनाएको छ । विज्ञानले उसलाई एउटा दुर्घटनाको उपज मान्छ । व्यावयसयीक क्षेत्रले उपयोगी ग्राहकको रुपमा लिन्छ । राजनीति गर्नेहरुको भरपर्दा कार्यकर्ता युवा नै हुन् । सायद करकार्यलयको निम्ति भविष्यका करदाता । वैदेशिक रोजगार कम्पनीको निम्ति उनीहरुको कमाउने भाँडो । आजका शैक्षिक संस्थाहरुको निम्ति व्यापार गर्न पाउने क्षेत्र... । के हाम्रा युवाहरुको अस्तित्व यति नै हो ?

म को हुँ ७तिस हरेक पुस्ताको किशोर किशोरी (युवा)ले सोधेको प्रश्न । यही प्रश्न जसले आज जीवन कि मृत्यु को छनौट गराउँदैछ । आज हरेक मानिसको निम्ति यो सोच्नै पर्ने प्रश्न हो । हरेक किशोर किशोरी वा युवाले यो प्रश्न आफैंलाई सोधेर यसको जवाफ खोज्ने प्रयास गरेका छन् कि छैनन् त्यो अलग कुरा हो तर यसको भावनाले हरेक युवालाई असर भने पक्कै गरेको छ । 

१ युवा माझ परिचयमा द्वुविधापछिल्लो दशकमा संस्कृतिक परिवर्तन र बढ्दो शहरीकरणले युवा पुस्तालाई एक्लो बनाउँदैन । केवल एक्लोपना मात्र समस्या होइन तर आजको युवा पुस्ता आपूm को हुँ भन्ने प्रश्नको जवाफ पनि खोजिरहेको छ । आजको युवा सेकाय र युवा अगुवापनले आप्mनो समुहको युवाहरुलाई उनीहरु को हुन् भन्ने महान् सत्यतालाई बुझाउन नितान्त आवश्यक छ । बाइबलले हामीलाई हामी को हौं भन्ने विषयमा महान् सत्यता प्रकट गरिदिएको छ ।नेइल एन्डर्सनले आप्mनो पुस्तक “द बोन्डेज ब्रेकर”मा यसरी उल्लेख गर्छन्,
“यदि तपाईंले आप्mनो परिचय र ख्रीष्टमा तपाईंको स्थान पूर्णरुपले बुभ्mन सक्नुभएन भने, तपाईले यो विश्वास गर्नुहुनेछ की, तपाईं र ग्रैर इसाइको बिचमा केही थोरै मात्र भिन्नता छ । शैतान, दोषल लगाउनेले यस्तो मौकाको उपयोग गर्नेछ र दोषी महशुस गराउनेछ, र तपाईंको उद्धारबारे प्रश्न गराउनेछ ।”
विषेश गरी किशोर किशोरीमा उमेरसँगै आउने परिवर्तनहरुले परिवारमा, समाजमा र आप्mनो परिवेशमा म को हूँ भन्ने प्रश्नको जवाफ खोजिरहेका हुन्छन् । संसारमा आजका युवाहरुले खोजीरहेको यो प्रश्नको जवाफ बाइबलले सबैभन्दा प्रष्टरुपले दिएको छ । यहाँ हामी बाइबलको यो महान् रहस्यलाई हेर्न गइरहेका छौं । यी प्रत्येक चरित्रहरु हरेक युवाहरुको जीवनमा अर्थपूर्ण रहेका छन् ।परिचय वा अस्तित्व मा द्वुविधाका सूचकहरु के के हुन सक्छन् ? यसको जवाफ ठ्याक्कै यही हो भनेर दिन सकिदैन । तर यसका केही सूचकहरु पक्कै देखिन्छन् । यहाँ उदाहरणको रुपमा केही विचारहरु उल्लेख गरिएका छन्:

  •  समयमा नखानु, नसुत्नु र आप्mनो व्यक्तिगत व्यवहारमा ध्यान नदिनु,
  • आपूmलाई प्रेम नगर्नु र अरुहरुको वास्ता नगर्नु
  • जीवन देखि निराश हुनु वा निराशाजनक भावनाहरु व्यक्त गर्नु
  • आत्माहत्या गर्न मनलाग्नु वा त्यस्तै व्यवहारहरु देखा पर्नु
  • शरीरको अंगहरुमा चोच पु¥याउनु वा त्यस्तो व्यवहारको कोशिस गर्नु
  • जीवनको मूल्यमा शंका गर्नु र भविष्यको निम्ति ठीक योजना नबनाउनु
  • शारीरिक मात्र होइन तर आत्मिक जीवनको पनि वास्ता नगर्नु
  • परमेश्वरमा भरोसा नराख्नु

यी केही उदाहरणहरु हुन्, जसले कोही किशोर किशोरीमा ऊ को हो र उसको जीवनको उद्देश्य के हो भन्ने कुराहरुमा शंका उत्पन्न गराउँछ । यस्ता किशोर किशोरीहरुलाई जीवनको अर्थ र अस्तित्वको विषयमा पक्का सिकाउनुपर्छ ।

रुथ बेनेडिक्टले प्याटर्न अफ कल्चरमा किशोर अवस्था र उनीहरुमा आउने उनीहरुको परिचयको द्वुविधाको विषयमा केही उल्लेख्य बुंदाहरु उल्लेख गरेकी छन् । समाजशास्त्रीय, यौनिक, भावनात्मक, उमेरक्रम, संस्कृतिक रशारीरिक रुपमा कसरी किशोर किशोरीहरु आप्mनो अस्तित्वको संकट वा परिचयको द्वुविधामा हुन्छन् त ?
 यहाँ केही परिभाषाहरु प्रस्तुत गरिएको छ :


  • समाजशास्त्रीय:  सामाजिक रुपमा किशोर अवस्था अरुमा भरपर्ने बाल अवस्थाबाट स्वनिर्णय लिने अर्को अवस्थामा रुपान्तरण हुने क्रमको एउटा अवस्था हो । यसैकारण किशोर किशोरीहरु
  • यौनिक: किशोर अवस्था शारीरिक रुपमा अपरिपक्व अवस्थाबाट सन्तान उत्पादन क्षमतामाको शुरुवात् र अभिवृद्धि हुने सबै भन्दा उच्च समय हो ।
  •  भावननात्मक: किशोर किशोरीहरुले आप्mनो बारेमा आफैं सचेत हुने उमेर हो । उनीहरु आफैंमा म को हुँ भन्ने प्रश्नको जवाफ आफैंमा खोज्न शुरु गर्छन् ।
  •  उमेरक्रम: उमेरक्रमको बारेमा कुरा गर्दा, सामान्यतयाः किशोर अवस्थ करिब १० देखि १९ वर्षको उमेर अवधीलाई बुझिन्छ ।
  •  संस्कृतिक: किशोर किशोरीहरु युवा संस्कृति भित्रको पनि आप्mनौ मुल्य र मान्यताको आधारमा उनीहरु सहभागी हुने उपसंस्कृति (सहसंस्कृति) को खोजीमा हुन्छन् । कतिपटक उनीहरु परिवारको मुल्य र मान्यता तथा विश्वासलाई स्वीकार गर्छन् तर प्रायः जसो घरायसी विश्वास र अभ्यासलाई इन्कार गरेर युवा संस्कृति सुहाउँदो र अझ आप्mनो भावना मिल्दो समुहको संस्कृतिलाई पछ्याउँछन् ।
  •  शारीरिक: किशोर अवस्थाको शुरुवात सँगै सन्तान उत्पादनका अंगहरुको वृद्धि शुरुहुन्छ । शारीरिक अंगहरु अझ परिवक्व हुनथाल्छन् । शारीरिक विकास र सन्तान उत्पादनका अंगहरुको विकासमा सधैं र सबैमा एकै क्रम भने हुँदैन । अर्थ–सामाजिक अवस्थाले यसलाई फरक पार्दछ ।
समान्यतया परिचय द्वुविधाले निम्नि अनुसारमा तीनवटा आचरणहरुको विकास हुन्छन् । ती यस प्रकार छन:

  •   जिज्ञासाको जवाफको खोज: किशोर किशोरीहरुले उनीहरुले बाल अवस्थामा जवाफ नपाएका प्रश्नहरुको उत्तर आफैंले खोज्ने प्रयास गर्छन् । यस्तो प्रयासको परिणाम स्वरुप उनीहरु परिवारको चालचलन, विद्यालय, शिक्षक, सामाजिक संस्थाहरुको अस्तित्व, विचार र अभ्यासको बारेमा प्रश्न उठाउँछन् ।
  •   सामाजिक स्वीकारको खोज: बाल (अरुमा भरपर्ने अवस्था) बाट स्वतन्त्रताको साथै किशोर किशोरीहरु जामाजिक आफुलाई स्वीकार गरिएको चाहन्छन् । उनीहरुको बोली, रुची र चाहनालाई स्वीकार गरेको र समाजमा उनीहरुको वास्ता गरिएको चाहन्छन् ।
  •   अहम्ताको खोज: किशोर अवस्थाको विकाससँगै उनीहरुमा आउने अहमतालाई पनि स्वीकार गरेको उनीहरु रुचाउँछन् । यो अहम् भन्नाले नकारात्मक कुराहरु होइनन् तर उनीको व्यक्तित्वको विकास र त्यसको जाँच हो । 

यी आचरणले व्यक्तिगत, पारिवारिक, सामाजिक रुपमा असर गर्छ । तर सबै समयमा त्यो हानिकारक नै हुन्छ भन्ने हुँदैन । यस्तो आचरको विकासले किशोर किशोरीहरुलाई भावनात्मक, शारीरिक र सामाजिक रुपमा बलियो बनाउन मद्दत गर्छ । अतः यस्तो अवस्थालाई बुझेर त्यसको परिणाम फाइदाजनक बनाउनुपर्छ । अभिभावक, परिवार र समाजले किशोर किशोरीको यस्तो आचरणलाई बुभ्mनुपर्छ र यसको आधारमा उनीहरुको स्वभाव, आनिबानी र अनुशासनको अभिवृद्धि गर्नुपर्छ ।

२ मानिसको परिचयबारे बाइबलको सत्यता
क. मानिसर सृष्टिमा सबैभन्दा उत्तम सृष्टि हो ।
परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा अन्य सृष्टि गरिएका थोकहरु भन्दा भिन्न तरिकाले सृष्टि गर्नुभयो । परमेश्वरले संसारका सबैथोकहरुको सृष्टि गर्नुहुँदा उहाँले आप्mनो वचनको प्रयोग गर्नुभयो । तर उहाँले मानिसलाई आप्mनो स्वरुपमा सृष्टि गर्नुभयो । मानिसलाई परमेश्वरले आप्mनै प्रतिरुपमा सृष्टि गर्नुभयो (उत्पत्ति १ः२७) । आजका जवान मानिसहरुले यो यथार्थलाई मनन् गर्नुपर्छ । हामी प्रत्येक युवाहरु परमेश्वरका सृष्टि हौं । हामी प्रत्येक युवाहरु परमेश्वरको उत्तम सृष्टि हौं । हामी निराश हुन आवश्यक छैन । हामीलाई परमेश्वरले उहाँको आप्mनै स्वरुप र प्रतिरुपमा बनाउनुभएको छ ।

ख. मानिसलाई अधिकार सम्पन्न बनाउनुभयो ।
परमेश्वरले केवल मानिसलाई सृष्टि गरेर त्यसै छोड्नुभएन । उहाँले मानिसलाई सृष्टि गर्नुमा उहाँको विषेश र महान् योजना थियो । परमेश्वरले मानिसलाई पृथ्वीमा अधिकार दिनुभयो । परमेश्वरले सृष्टि गर्नुभएका थोकहरुको हेरचाह गर्नको निम्ति परमेश्वरले मानिसलाई बनाउनुभएको थियो । पृथ्वीमा सृष्टि गरिएका सबैथोकहरु जस्तै, समुद्रका माछाहरु, आकाशका पक्षीहरु, पालिने पशुहरु र जमीनमा चलहल गर्ने सबै जन्तुहरुमाथि अधिकार परमेश्वरले मानिसलाई नै दिनुभयो (उत्पत्ति १ः२६) । परमेश्वरले सृष्टि गर्नुभएपछि हामीलाई जिम्मेवारी पनि दिनुभएको छ । संसारका मानिसहरुले आजका जवान मानिसहरुलाई यिनीहरुले केही गर्न सक्दैनन् भन्ने दृष्टिकोण राखे पनि परमेश्वरले हामीलाई अधिकार सम्पन्न बनाउनुभएको छ । उहाँको सृष्टिको अधिकार दिनुभएको छ ।

ग. मानिसको निम्ति परमेश्वरसँग महान् योजना छ ।
परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो र जीवनको सास पनि फुकिदिनुभयो । परमेश्वरको सृष्टिमा अन्य पशु–पक्षीहरु त्यहाँ हुँदा, उनीहरु सासफेर्नको निम्ति पूर्ण वायुमण्डल अर्थात् अक्सिजनको उपलब्धता थियो । तर परमेश्वरले केवल मानिस बनाउनुभएन तर आफुबाट जीवनको शास पनि हालिदिनुभयो (उत्पत्ति २ः७बmउस)। के यो महान् छैन ७तिस परमेश्वरको दृष्टिमा पशु–पक्षीहरु मारिनुले खास अर्थ राख्दैन तर मानिस मारिनु उहाँको निम्ति पिडादायी कुरा हो (उत्पत्ति ४ः१०,११) । उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ । त्यसै कारण उहाँ आफैं संसारमा अएर मानिसको उद्धारको निम्ति दुःख भोग्नुभयो र त्रूmसमा चढ्नुभयो (यूहन्ना :१६)। परमेश्वरले हरेक युवाको निम्ति प्रगति र उन्नतिका योजनाहरु राख्नुभएको छ (यर्मिया २९ः११)। त्यसकारण जीवनमा आप्mना योजनाहरु असफल हुँदा वा जीवन आफुले भनेजस्तो नहुँदा हामी निराश हुन आवश्यक छैन ।  

३. हाम्रो परिचय बारे इसाई सत्यता
हामी हाम्रो विद्यालयको कक्षामा जान्छौं तब हामीलाई सिकाइन्छ कि हामी मानिस कुनै योजना बिन केवल यसै अस्तित्वमा आएका हौं । यो ब्रम्हाण्डमा कुनै तार ठोकिएर पृथ्वी बन्यो अनि, मानिस बाँदरबाट क्रमशः विकसित भएर अहिले अवस्थामा आयो । यही भ्रमले मानिसलाई कैदमा राखेकोछ । हाम्रा युवा यही शिक्षाबाट हुर्किएकाछन् । जब मण्डलीमा आउँछन् र बाइबलीय प्रवचन सुन्छन् यहाँ परमेश्वरको योजना र उहाँको सृष्टिको विषयमा सिकाइन्छ । यही दुई अत्यन्तै भिन्न धरातलिय शिक्षाले हाम्रा युवालाई चेपेको छ । आखिर सत्यता के हो ७तिस हरेक युवाको मनमा जागृत भएको प्रश्न हो यो । म को हुँ र क यहाँ किन छु ?

ली र स्टिभले टाइमलेस युथ मिनिष्टिमा यसरी लेखेका छन्,
“एउटा जवान मानिसको परिचय मानिसको मनोविज्ञान, उसको लक्ष र जीवनका प्राप्ति वा सामाजिक हैसियत इत्यादिमा मात्र निर्भर हुँदैन । हरेक युवाको (र सबै मानिसको पनि) परिचय यसले पनि दिन्छ कि, हामी सबै सार्वभौम परमेश्वरका उच्च करदका योग्यका छौं, जसले हामीलाई पाप देखाइदिनुभयो र त्यसबाट क्षमादान पनि दिनुभयो । हरेक इसाइ– हरेक व्यक्ति जसले जीवनमा येशूलाई स्वीकार गरेका छ– त्यो नयाँ र एक फरक व्यक्ति हो ।”
बाइबलले हाम्रो नयाँ परिचय र अस्तित्वबारे धेरै बलियो र अर्थपूर्ण सत्यताहरु बताएको छः

  •  हामीहरु उद्धार पाएका, पूर्णरुपले क्षमा गरिएका र धर्मी ठहराइएकाहरु हौं (रोमी ५ः१) )

  • हामी ख्रीष्टसँगै हाम्रो पापको निम्ति मारिएका, र उहाँसँगै उद्धार गरिएकाहरु हौं । 
  • पाप हारिसकेको छ र हामीले विजय पाई सकेका छौं (रोमी ६ः१–६)
  • म परमेश्वरको काम र कृपाद्वारा ख्रीष्टमा राखिइएको छु (१ कोरिन्थी १ः३०)
  •  म सबै दोषहरु बाट स्वतन्त्र गराइएको छु (रोमी ८ः१)
  • ममा ख्रीष्टको मनको सृजना गरिएको छ (१ कोरिन्थी २ः१६)
  • मलाई मुल्य तिरेर किनिएको छ, म परमेश्वरको हुँ  १कारिन्थी ६ः१९,२०
  • म धर्मी ठहराइएको छु २ कोरिन्थी ५ः२१
  •  म ख्रीष्टसँगै त्रूmसमा टाँगिएको छु गलाती २ः२०
  • परमेश्वरद्धारा मेरो गन्तव्य निर्धारण गरिएको छ एफिसी १ः५
  • मेरो क्षमा भएको छ, र उहाँको अनुग्रह मेरो निम्ति दिइएको छ (एफिसी १ः७
  • संसारको जग बसालिनुभन्दा पनि पहिले देखि नै मलाई छानिएको छ एफिसी १ः४
  • आत्माद्धारा परमेश्वरसँग मेरो सिधा सम्बन्ध छ एफिसी २ः१८
  • म ख्रीष्टसँगै जिवित पारिएको छु एफिसी २ः५
  • हरेक आत्मिक आषिशहरुद्धारा मलाई आषिशित पारिएको छ एफिसी १ः३
४ बाइबलले हामीलाई म को हुँ भन्छ ?
बाइबल परमेश्वरको वचन हो । यहाँ परमेश्वरले मानिसलाई धेरै राम्रा र मिठा कुराहरु बताउनुभएको छ । हामीले आपूmलाई म को हूँ भन्छु, परिवार ले के हौं भन्छ र समाजले कस्तो परिचय दिन्छ यो एउटा पाटो मात्र हो । परिवारले हामीलाई कुन स्थान दिन्छ र समाजमा के भूमिका छ यसले असर त पक्का नै गर्छ तर परमेश्वरले हामीलाई, ‘तिमी को हौ’ भन्नुहुन्छ ?

  • म परमेश्वरको सन्तान हुँ (यूहन्ना १ः१२)
  •  म साँचो दाखको बोटको हाँगा हुँ (यूहन्ना १५ः१,५)
  •  म ख्रीष्टको मित्र हुँ (यूहन्ना १५ः१५)
  • म फलफलाउनको निम्ति ख्रीष्टमा चुनिएको र नियुक्त गरिएको हुँ (यूहन्न १५ः१६)
  • म धार्मिक्ताको कमारा हुँ (रोमी ६ः१८)
  • म पापबाट छुटकारा पाई परमेश्वरको कमारा हुँ (रोमी ६ः२२)
  • म परमेश्वरको छोरा÷छोरी हुँ । परमेश्वर मेरा आत्मिक पिता हुनुहुन्छ । (रोमी ८ः१४,१५, गलाती ३ः२६, ४ः६)
  • म ख्रीष्टको अंशको हकदार हुँ । (रोमी ८ः१७, गलाती ४ः६,७)
  • म परमेश्वरको मन्दिर हुँ, जहाँ परमेश्वरबास गर्नुहुन्छ ( १कोरिन्थी ३ः१६, ६ः१९)
  • म परमेश्वरसँग आत्मामा एक बनाइएको छु (१कोरिन्थी ६ः१७)
  • म ख्रीष्टको शरीरको अंग (सदस्य) हुँ (१ कोरिन्थी १२ः२७, एफिसी ५ः३०)
  • म नयाँ सृष्टि हुँ (२ कोरिन्थी ५ः१७)
  • म परमेश्वरको सन्त हुँ (१ कोरिन्थी १ः२, एफिसी १ः१, फिलिप्पी १ः१, कालस्सी १ः२)
  • म ख्रीष्टमा मिलाप गराइएको छु र मलाई मिलापको सेवकाय दिइएको छ (२कोरिन्थी ५ः१८,१९)
  • म परमेश्वरको हातको शीप (कला) हुँ, ख्रीष्टमा उहाँको कामको निम्ति नया जन्म पाएको (एफिसी २ः१०)
  •  म परमेश्वरको राज्यको नागरिक हुँ (एफिसी २ः१९)
  • म धर्मी र वपित्र छु (एफिसी ४ः२४, २ः६, फिलिप्पी ३ः२०)
  • म ख्रीष्टद्धारा परमेश्वरमा लुकाइएको छु (कलस्सी ३ः३)
  • म ख्रीष्टमा भएकोले जीवनमा छु, किनकि ख्रीष्टमा जीवन छ (कलस्सी ३ः४)
  • म चुनिएको, पवित्र र परमेश्वरको प्रिय छु (कलस्सी ३ः१२, १ थिसलोनिकी १ः४)
  • म ज्योतिको सन्तान हुँ, अन्धकारको होइन (१ थिसलोनिकी ५ः५)
  • म स्वर्गीय बोलावटको सहभागी हुँ (हिब्रू ३ः१)
  • म ख्रीष्ट साझेदार हुँ, म उहाँको जीवनबाट प्राप्त गर्छु (हिब्रू ३ः१४)
  • म ख्रीष्टको जिवित पत्थर हुँ र ममा उहाँको आत्मिक घरको निर्माण भएको छ (१ पत्रूस २ः५)
  • म परमेश्वरको पुजाहारी, छानिएको पुस्ता, पवित्र जाती र परमेश्वरको आप्mनै मानिस हुँ (१पत्रूस २ः९,१०)
  • म यस संसारको निम्ति एक परदेशी र अपरिचित हुँ, जहाँ म केवल छाटो समयको निम्ति मात्र छु (१ पत्रूस २ः११)
  • म शैतानको शत्रू हुँ (१ पत्रूस ५ः८)
  • म परमेश्वरको सन्तान हुँ, जव उहाँ आउनुहुन्छ म उहाँ सँगै हुनेछ (१ यूहन्ना ३ः१,२)
  • म परमेश्वरको हुँ, उहाँमा जन्मिएको । शैतान, दुष्टले मलाई छुन सक्दैन (१ यूहन्ना ५ः१८)
  • परमेश्वरको अनुग्रह द्धारा म जो छ, म ऊही हुँ (१कोरिन्थी १५ः१०)

निष्कर्ष
किशोर किशोरीमा उसको परिचय र अस्तित्वको बारेमा ठीक विचार कसरी निर्माण गर्ने ७तिस युवा जीवनमा आधारित यस्ता प्रश्नमा हामीले यसको समाधान यो हुन्छ वा ठीक यो स्थानबाट शुरु गर्ने भन्ने जवाफ निकाल्न सकिदैन । किनकी हरेक व्यक्तिको बुझाइ, पृष्ठभूमी र क्षमता फरक हुन्छ । यसैले हेरक युवाले आप्mो सम्बन्ध व्यक्तिगत रुपमा परमेश्वरसँग जोडनु जरुरी हुन्छ । एउटा युवा सेवकाय गर्ने व्यक्ति, अगुवा वा कम्तिमा युवालाई माय गर्ने हुनुहुन्छ भने, युवाहरुलाई परमेश्वरसँग नजिकको सम्बन्ध निर्माण गर्न सहायता गर्नुहोस् । यो नै सबैभन्दा उत्तम समाधान हो ।

परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ । किनकी हामी उहाँमा सुन्दर सृष्टि हौं र हाम्रो निम्ति उहाँसँग महान् योजना पनि छ । हामी युवाहरु प्रत्येकलाई उहाँले प्रेम गर्नुहुन्छ र हामी उहाँको निम्ति मुल्यवान् छौं । परमेश्वरले मानिसलाई उद्देश्यसहित बनाउनु भएको एउटा ज्वलन्त प्रमाण हामी युवाहरु हौं । हाम्रो जीवनबाट हामीले यो महान् रहस्य र सत्यतालाई अरु जीवनको अर्थ थाहा नभएकाहरुलाई बताउनुपर्छ । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो र येशूद्धारा पुनःसृष्टि गर्नुभयो । येशूले मानिसलाई नयाँ जन्म दिएर फेरी परमेश्वरसँग मिलाप गराउनुभएको छ (यूहन्ना ३ः३) । यदि तपाईले परमेश्वरमा विश्वास गर्नुभएको छ भने, याद गर्नुहोस् कि तपाईंलाई परमेश्वरले प्रेम गर्नुहुन्छ (यूहन्ना ३ः१६) र यो यस्तो प्रेम हो जसमा उहाँको कुनै स्वथ्र्य छैन । यो यस्तो प्रेम हो हो सर्तरहित छ । यो प्रेमबाट तपाईंलाई कसैले अलग गर्न सक्दैन (रोमी ८ः३१–३९) । बाइबलले हामीलाई आपूmलाई प्रेम गर्न सिकाउँछ तर केवल आपूलाई मात्र प्रेम गर्ने होइन तर अरुलाई पनि प्रेम गर्नुपर्छ ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Smoking and Youth in Nepal

The Situation of Youth in America