Charles Simone

चाल्र्स सिमियोन, एक इमान्दार सुसमाचारीय वचन प्रचारक

चाल्र्स सिमियोन (सन् १७५९—१८३६)

सन् १९५९ मा बेलायतमा जन्मिएका चाल्र्स सिमियोन इसाई परिवारमा हुर्किएका थिए । उनी बाल्यकालबाट नै परिवारसँग एङ्गलिङ्कन चर्चमा गए । उनी पारिवारिक रुपमा धर्मकर्ममा सुपरिचित भएर हुर्किए तर आफैं भने उद्धार नपाएका व्यक्ति थिए । करिब २० वर्षको उमेरमा उनी एउटा वाक्यसँग ठोकिन पुगे, “यहूदीहरुलाई थाहा थियो कि, जब उनीहरुले वलिदान वा चढाउने भेटीमाथि हात राख्थे तब उनीहरुको पाप उक्त वलिदान वा भेटिमा सर्दथ्यो र उनीहरुले पापको क्षमा पाउँथे” । उनको आँखा खुल्यो र उनले बुझे कि, येशू माथि विश्वास राखेर मात्र उनको पाप र दोषको क्षमा हुन सक्छ । यसरी उनले व्यक्तिगत जीवनमा उद्धारको अनुभव गरेर येशूमा विश्वास गरे ।

उनको यो परिवर्तित जीवनले उनको “केवल चर्चजाने परिवार”लाई खासै केही खुसी पारेन । उनले सुसमाचारको यो गवाही परिवारलाई सुनाउँदा उनीहरुले इन्कार गरे । उनको नयाँ जीवनको अनुभवमा उनी अध्यायनरत किङ्गस कलेजमा पनि खासै साथि पाएनन् । त्यसबेला खीष्टको निम्ति प्रेम र उहाँको सुसमाचार मानिसहरुको निम्ति खासै रुचीको विषय हुदैनथ्यो । मानिसहरु केवल नामधारी विश्वास रुचाउँथे ।
उनले विश्वास गरेको ३ वर्षपछि उनी एक मण्डलीको डिकन भए र वचन प्रचार गर्न सुरु गरे । यी २३ वर्षको ठिटोले साहसी भएर स्पष्टसँग प्रचार गरेको सुसमाचार सुन्न मानिसहरुको ठूलो भिड भेला हुन्थ्यो । त्यसबेला चर्चमा विशिष्ट व्यक्तिको निम्ति बस्ने स्थान सुरक्षित राख्ने चलन थियो तर सिमियोनले प्रचार गर्दा मानिसहरुको ठूलो भिड सुन्न आउने भएको हुँदा ति विशिष्ठ मानिसहरुले बस्ने स्थान पाएनन् । जब चर्चको नियमित पास्टर गर्मीको छुट्टीबाट फर्किए तब ति विशिष्ट व्यक्तिहरुले धन्यवादी हुदै भने “पास्टर फर्किएका कारण अब हामीले फेरी हाम्रो संरक्षित स्थानमा बस्न पाउनेछौं ।”
सन् १७८३ मा सिमियोन मण्डलीका मानिसहरुको असहयोगको बावजुद पनि २४ वर्षको उमेरमा होली ट्रिनिटी चर्च क्याम्ब्रिजका अभिषिक्त सेवकको रुपमा जिम्मेवारी पाए । सो मण्डलीमा उनको २४ वर्षे जवान वचन प्रचारको जोस र उनको सुसमाचार प्रचारको जोस दुबैलाई स्वीकार गरिएन । चर्चका ति मानिसहरुले एकजना जवान मानिसले, मानिसहरुलाई व्यक्तिगत विश्वासको निम्ति उद्धारको सुसमचारलाई स्पष्ट, जोस र बाइबलको वचनको दावीका साथ प्रचार गरेको रुचाएनन् । उनीहरु बाइबलीय पश्चताप र उद्धारको सुसामाचारको साटो अन्य कुराहरु नै खोज्थे ।
सिमियोनको पहिलो आइतबारको प्रचारको दिनमा करिब ९०० जना सदस्य भएको मण्डलीको सदस्यहरु प्रायःसबै जसो सिमियोनको बिरोधमा घरमा नै बसे र चर्चमा आएनन् । त्यसैकारण उक्त दिन सिमियोनले त्यस दिन आएका केही आगन्तुकहरुलाई मात्र प्रचार गरे ।
ति दिनहरुमा चर्चमा बस्ने कुर्सिहरु भाडामा लिनु पथ्र्यो र त्यसमा प्रवेश गर्ने ससाना ढोकाहरु राखिएको हुन्थ्यो । तर उक्त चर्चका मानिसहरुले अरु मानिसहरु आएर बस्न नपउन् भनेर उनीहरु घरमै बसेर मानिसहरुलाई भाडामा कस्ने कुर्सिहरुमा पनि बस्न नदिने निधो गरे । उनिहरुको आशा थियो यसो गर्दा सिमियोन, चाँडै निरास हुनेछन् र प्रचार गर्न रोकिनेछन् । तर सिमियोनले नव आगन्तुकहरुका निम्ति बस्ने नयाँ कुर्सीहरु ल्याएर बिचमा राखिदिए तर चर्चका मानिसहरुले नै ती कुर्सिहरु बाहिर आँगमा मिल्काइ दिए र मानिसहरुलाई बस्ने स्थान दिएनन् ।
सिमियोनले यसको साटो आइतबार साँझको सेवा सुरु गरेर प्रचार गरे । चर्चका मानिसहरुले उनलाई र उनको वचन सुन्नेहरुलाई पस्न नदिन चर्च नै बन्द गरिदिए तर पनि सिमियोनले करिब ५ वर्ष त बाहिर पर्खालबाट नै प्रचार गरे । पछिल्लो २५ वर्ष सम्म उनलाई साँचो सुसमाचार प्रचारको खातिर सतावट दिइयो । सिमियोनले साँचो वचन प्रचारको निम्ति जीवनको २५ वर्ष उत्पिडन सहनुपरेको थियो । उनले विवाह पनि गरेनन् ।
सिमियोनले वचन प्रचारकहरु तयार गर्नको निम्ति एक्पोजेटरी प्रचारको कक्षाहरु संचालन गरेर वचन प्रचार गर्ने इमान्दार प्रचारकहरु तयार गरे । उनलाई राम्ररी थाहा थियो वेलायतको भविष्य केवल इमान्दार वचन प्रचारमा मात्र छ । उनले निरन्तर इमान्दार भएर एक्पोजेटरी प्रचार गर्दैरहे । सिमियोन र उनको वचन प्रचार कक्षाका प्रशिक्षर्थी अगुवाहरुलाई मानिसहरुले निरन्तर घृणा गरिरहे तर उनीहरुले त्यसको प्रवाह नगरी वचन प्रचारमा इमान्दार भइरहे । सिमियोनका विद्यार्थीहरुले सिक्ने इमान्दारी साथ वचन प्रचार गर्ने यो एक्पोजेटरी प्रचारको कक्षामा समय दिन नपाउन् भनेर उनीहरुको युनिभर्सिटीको कक्षाहरुमा धेरै गृहकार्य दिइन्थ्यो । यी प्रशिक्षर्थीहरुले प्रचार गर्दा मानिसहरुले ढुङ्काले हानेर कोठाको सिसा फुटाइदिन्थे । तर सिमियोनले फुटेका सिसिा आफैं सफागर्थे, शत्रूलाई प्रेम गर्थे र वचन प्रचारमा इमान्दार भइरहन्थे ।
उनी ४ बजे बिहान उठेर प्रार्थना, वचन अध्यान र तयारी गर्न समय बिताउँथे । उनले प्रचार गरेर नै वचन प्रचार गर्न सिके । उनको एउटा चर्चित कथन छ, ‘‘मेरो प्रयास धर्मशास्त्रको वचनमा वास्तवमा जे छ त्यसलाई बाहिर ल्याउने हो, तर मेरो अनुमानमा त्यहाँ के छ होला सोमा म भर पर्दिन ।”
यदि कोही प्रचार परमेश्वरबाट जाँचिएको र शुद्ध सुसमाचारले सुसज्जित भएर मानिसलाई होइन तर परमेश्वरलाई प्रसन्न पर्ने कोही छ भने ऊ चाल्र्स सिमियोन नै हुनुपर्छ । सिमियोनको योगदान मध्ये, उनको पहिलो सहयोगी मध्येका एक हेनरी मार्टिन भारतमा सन् १८०६ मा इष्ट इण्डिया कम्पिनीका एक जना चप्लेन भएर मिशनरीको रुपमा सेवा गरे जो भारतमा मिशनरी भएर आउनेहरु मध्येका एक मिशनरीमा पर्छन् । अर्का एक जना विलियम लीकेले क्याम्ब्रिज नजिकका नानीहरुको निम्ति बाल सेवाकाई सुरु गरे । जसको पहिलो कक्षामा २२० जना भन्दा बढी नानीहरु आएका थिए । अर्का एक जना डेविड ब्राउन पनि सिमियोनको सेवाबाट प्रभावित भएर मिशनरीको रुपमा भारतको कलकत्तामा आएर अनाथ बालबालिकाहरुको निम्ति सेवा गरे ।
बाइबल प्रचार गर्ने प्रचारकहरुको निम्ति उनको एउटा सल्लाह थियो, “बाइबल अनुसारको इसाई बन, केवल नाउँमात्रको होइन ।” सिमियोन वचन प्रचार गर्नमा इमान्दार र स्थिर रहने सेवक थिए । उनको चासो बाइबललाई साँचो रुपमा प्रचार गर्नमा केन्द्रीत थियो र यसको निम्ति उनी सतावट भोग्न बाध्य भए । उनी वचनको सत्यता प्रचार गर्न र यस्ता साहसी योद्धा तयार गर्न लागिपरिरहे ।
उनी निरन्तर इमान्दार भएर वचनको सुसमाचारलाई प्रचार गर्दै ७७ वर्षको उमेर सम्म स्थिर रहे । उनी ५४ वर्ष वचनको इमान्दार प्रचारमा लागि रहे । सन् १८३६ नोभेम्बर १९ मा उनको अन्तिम विदाई संस्कार किङ्गस कलेजको च्यापलमा गरिएको थियो । वारेन वाइर्सवका अनुसार, “वजारको दिन भए पनि सिमियोनको मृत्युसंस्कारको दिन सम्पूर्ण वजार बन्द गरिएको थियो, युनिभर्सिटीको कक्षाहरु बन्द गरिए । मृत्युको मुख सम्मै बाइबलको सुसमाचारीय वचन प्रचारमा इमान्दार र सत्यनिष्ठ एक वचन प्रचारको शरीरलाई दुईहजार मानिसहरुले उनको मृत्युमा श्रद्धान्जिली दिए ।” उसको सम्झना र वचन एक्सपोजेटरी वचन प्रचारको सम्मानमा सन् २००१ म सिमियोन ट्रस्टको पनि स्थापन भएको छ जसले अर्को पुस्ताको एक्सपोजेटरी वचन प्रचारकहरुको तयारी गरिरहेको छ ।
चाल्र्स सिमियोनको जीवनबाट दर्जनौं पाठहरु सिक्न सकिन्छ । जसमध्ये केही यस यहाँ प्रस्तुत गर्न चाहन्छुः
- वचन प्रचार गर्नमा विश्वास योग्य र यो कुराहरुलाई विश्वास योग्य मानिसहरु तयार गर्ने (२ तिमोथी २ः२)
- साँचो सुसमाचार प्रचार गर्न कहिल्यै सम्झौता नगर्ने (२ तिमोथी २ः२४—२६)
- वचन प्रचारको बोलावटमा आज्ञाकारी भएर जीवनबाट उदाहरण देखाउने (यूहन्ना १५ः१६)
- वचन प्रचार गर्न परमेश्वरमा भरोसा राख्ने र यसबाट परमेश्वरलाई नै महिमा दिने (१ केरिन्थी १ः२०—२९)
- सतावट र दुःखमा स्थिर रहने (रोमी ८ः३१,३२)
- सुसमाचारलाई सुरक्षित राख्ने (गलाती २ः५)

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

God wants do Something New in Your Life...

The Situation of Youth in America