मानिसमा रिस र यसको व्यवस्थापन

पास्टर प्रेमनारायण भट्टराई - शक्तिशाली बप्तिस मण्डली, ललितपुर

परिचय

प्रतिक्रियाको लागि संदेश लेख्न् यहाँ क्लिक गर्नुहोस्

मानिसको भावना र स्वभावमा हुने एउटा सामान्य प्रतिक्रियाहरु मध्ये रिस पनि एउटा हो । मानिस भावनात्मक प्राणी पनि भएको कारणले गर्दा मानिस रिसाउनु, खुशी हुनु, दुःखी हुनु इत्यादी केही सामान्य प्रक्रिया हुन् । मनोविज्ञानको भाषामा रिस त्यस्तो प्रतिक्रिया हो, जुन तपाईंले अर्को व्यक्ति वा वस्तु प्रति खराबीको जवाफमा व्यक्त गर्नुहुन्छ । रिस राम्रो वा सकारात्मक पनि हुन सक्छ, तर यसले तपाईंको जवाफ वा समाधानको निम्ति नमारात्मक भावना वा विचारलाई पनि अघि सार्न सक्छ । यो मानिसको भावनासँग जोडिएको हुनाले यसको नियन्त्रण वा व्यवस्थापन मानिसको इच्छाशक्तिमा भर पर्छ । यहाँ हामी बाइबलले रिसको सम्बन्धमा के भन्छ र यसलाई कसरी जित्न सकिन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गर्नेछौं । मानिसमा रिस व्यक्ति अनुसार फरक हुन सक्छ । मानिसको पारिवारिक पृष्ठभूमी, हुर्कंदाको अवस्था, किशोर अवस्थामा हुने शारीरिक परिवर्तन र उसमा हुने हार्मोनको मात्राले पनि मानिसको रिसको मात्रालाई असस पार्छ । प्रायः सबै मानिसहरु रिसको फन्दामा परेको अनुभव गर्छन्, नियन्त्रणको प्रयास गर्छन् र यसको तितो अनुभवबाट पिडित हुन्छन् । बाइबलले पनि प्रशस्तमात्रामा यस विषयमा बोल्दछ ।

रिस मानिसको स्वभाविक प्रतिक्रिजा जनाउने अवस्था भएको कारण यो ठूलो समस्या हुँदै होइन तर मानिसको जीवनमा यसलाई प्रतिक्रिया जनाउँदा उत्पन्न हुने परिणामले असर गर्छ । रिसाउने मानिसले सधैं त्यसको जवाफ वा प्रतिक्रिया सकारात्मक वा सही दिन्छ भन्ने छैन । रिसको अर्को रुप झोक्कीनु हो र यो प्रायः गलत नै हुने गर्छ । रिस नियन्त्रण गर्न नजान्नाले मानिसले व्यक्तिगत गवाही बिगार्नुका साथै कहिलेकाहीं आपूmमाथी खराब परिणाम पनि निम्त्याउन सक्छ । रिस नियन्त्रण वा व्यवस्थापन मानिसको व्यक्तिगत क्षमता पनि हो । इसाई परामर्शदाताहरुको अनुभवमा करिब ५० प्रतिशत जस्ता परामर्शका समस्याहरु रिससँग जोडिएका हुन्छ । अब तपाईं अनुमान लगनउन सक्नुहुन्छ कि यदि हामीले आफ्नो रिसलाई व्यवस्थापन गर्न सक्ने हो भने कति धेरै समस्याहरु आफैं समाधान हुन्छन् । 

रिस आफैंमा समस्या हुँदै होइन तर यसको व्यवस्थापन चाहिं चुनौतिपूर्ण छ । रिसको झोंकलाई हामीले नियन्त्रण वा व्यस्थापन नगर्ने हो भने यसले दुई पक्षबीचको सम्पर्क र संचारलाई अवरुद्धपार्दछ । रिसले सम्बन्ध तोड्छ वा टुङ्ग्याउँछ । जीवनको खुशीलाई अलग गर्छ र मानिसको स्वाथ्य पनि बिगार्दछ । हामी सामान्यतः रिसको तनाबमा कमजोरी वा समस्यालाई स्वीकार गर्नुको सट्टा कसरी म ठीक छु भनि आफुलाई प्रमाणित गर्ने कोशिस गर्छौं । यदि दुबै पक्षले रिसमा आफुलाई ठीक छु भनि जिद्दी गर्ने हो भने समस्या सुल्झनुको सट्टा झन् त्यसले समस्या निम्त्याउँछ । विषेशगरेर किशोर अवस्थामा शारीरिक, मानिसिक र भावनात्मक परिवर्तनसँगै किशोर किशोरीहरु रिसाउने गर्छन् । रिस मानिसको बाहिरी र भित्री दुबै व्यवहारले निम्तयाउँछ तर मानिसले निरन्तर रिस पोख्ने व्यवहारलाई जीवनमा लिइराख्यो भने त यो मानिसको ब्यवहारको रुपमा नै विकास हुनजान्छ । 

जब मानिले सिरलाई व्यवस्थापन गर्न सक्दैन यो एक किसिमको रोग हुन जान्छ । रिस प्रति मानिसको व्यवहार र प्रतिक्रियालाई स्वाथ्य विज्ञानले अध्यायन गरेर यो समस्यालाई स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले यसलाई एङ्गर डिस्अर्डर भनेका छन् । सामान्यतः मानिसमा रिस दुई प्रकारका हुन्छन् ः सक्रिय रिस ९ब्अतष्खभ ब्लनभच० बलम सुप्त वा असक्रिय रिस ९एबककष्खभ ब्लनभच० । सुप्त रिस मानिसले दबाएर वा लुकाएर पनि राख्न सक्छ । यो रिस कहिंले काहिं व्यक्ति आफैंले पनि रिसाएको खासै महत्व नदिने प्रकारको हुन्छ तर सक्रिय रिसमा मानिसले झट्टै प्रतिक्रिया दिने र असर देखाउने खालको हुन्छ । रिसलाई समयमा व्यवस्थापन नगर्नाले मानिसको शारीरिक, मानसिक र मनोवैज्ञानिक असग गर्दछ । यदि लामो समयससम्म रिस रह्यो भने त मानिसमा मानसिक रोगको पिडा पनि थपिन सक्छ । यसबाहेक रिसले आत्मिक जीवनमा (गवाहीमा), परमेश्वरसँगको सम्बन्धमा पनि असर गर्छ । मानिस हासिखुशी भए अरुले मन पराउँछन् र एकअर्कासँगको सम्बन्धलाई पनि बलियो बनाउँछ ।

डा. रोस क्याम्वेलका अनुसार, “जब कशोर किशोरीहरुले हामीलाई जानेरै (धेरैपटक अन्जानमा) दुःखी तुल्याउँछन्, आफु गलत भएपनि उनीहरु वास्तवमा हामीलाई र हाम्रो प्रेम र वास्ताको जाँच गरिरहेका हुन्छन् । तर, जब हामी उनिहरु प्रति गलत जवाफ फर्काउँछौं र रिसपोख्छौं, हामी उनीहरुलाई प्रेम गर्दैनौं भन्ने सोच्दछन् ।” यसबाट पनि हामी बुझ्नसक्छौं कि, किशोर अवस्थामा भएका वा युवाहरु प्रति हामी रिस व्यक्त गर्ने क्रममा झन् बढी होशियार हुन आवश्यक छ । रिस सानो भन्दा सानो र अनावश्यक विषयमा पनि उत्पन्न हुन सक्छ र सबै उमेर समुहका मानिसलाई रिस उठ्न सक्छ । यदि सही समयमा र उचित तरिकाले रिसको व्यवस्थापन भएन भने यसले परिणामलाई प्रायःगलत र ठूलो पनि बनाउँछ । युवा सेवकाइमा भएकाहरु माझ यो एउटा संवेदनशिल विषय हुनसक्छ र रिस आफैंमा युवाहरुको एउटा समस्या पनि हुनसक्छ (प्रायः हुन्छ नै ) । 
हामीले सबैभन्दा पहिलो बुझ्नुपर्ने कुरा रिस आफैंमा पाप होइन । बाइबलमा हामीले हेर्दा केही ठाउँमा परमेश्वर पनि रिसाउनुभएको छ । परमेश्वरको रिस धार्मिक रिस हो, जुन रिसले मानिको भलाई गर्दछ (भ.सं.७ः११) । नयाँकरारमा ग्रीक भाषामा रिसको निम्ति प्रयोग गरिएको शब्द यच(नबथु छ । जसको अर्थ रिस, क्रोध र जोस हुन्छ । नयाँ करारमा बिभिन्न रुपमा गरि यच(नबथु शब्द ३६ ठाउँमा प्रयोग गरिएको छ । उदाहरणको निम्ति रोमी १ः१८ लाई हेर्नसक्नुहुन्छ । पुरानो करारमा हिब्रू भाषाको शब्द बलबउज प्रयोग गरिएको छ । पुरानो करारमा भने यो शब्दको बिभिन्न रुप गरि जम्मा १४ स्थानमा बलबउज प्रयोग गरिएको छ । उदाहरणको रुपमा व्यवस्था १ः३७ पद हेर्नसक्नुहुन्छ । रिस पनि परमेश्वरबाटको एक प्रकारको शक्ति नै हो तर यसलाई हामी जीवनमा कसरी प्रयोग गर्छौं त्यसले असर गर्छ । 

नयाँकरारमा एउटा महत्वपूर्ण र ठूलो उदाहरण येशू आफैं पनि रिसाउनुभएको छ । जब येशूले परमप्रभुको मन्दिर अशुद्ध पारेका देख्नुभयो उहाँ क्रोधित हुनुभयो वा रिसाउनुभयो (मत्ती २१ः१२–३; मर्कूस ११ः१५–१८ र यूहन्ना २ः१३–१८) । यूहन्नाले उल्लेख गरेको अनुसार येशूको रिस परमेश्वरको भवन प्रतिको उहाँको हृदयको जोस थियो । यदि रिसलाई व्यक्तिगत प्रमाणीकरण वा ठीक ठहराउनको निम्ति प्रयोग गरियो भने त्यसले पाप उत्पन्न गराउन सक्छ । येशूले नयाँकरारमा देखाउनुभएको रिस वा पुरानोकरारमा परमेश्वरको रिसाउने गुण यी दुवैमा उहाँको खास स्वार्थ देखिंदैन तर उहाँले खराबीको विरुद्धमा त्यसलाई सजाय दिन वा सच्याउन रिसाउनुभयो । येशू रिसाउनु भएको घटनामा जम्मा पाँचवटा विषेशताहरु छन् ः येशूको रिस ठीक विषयको निम्ति थियो, ठीक स्थानमा केन्द्रित थियो, नियन्त्रित थियो, ठीक परिणामको निम्ति थियो र छोटो अवधिमा नै टुङ्गीयो ।

यदि घमण्डले रिसायौं भने त्यसले पाप उत्पन्न गराउँछ (याकूब १ः२०)  । यदि रिसले व्यक्तिगत फाइदा उठाउने प्रयासग¥यौं भने त्यो प्रायः नै गलत हुन्छ । एफिसी ४ः १५–१९ ले मानिसको व्यवहार र सिरको विषयमा स्पष्टसँग सिकाउँदछ । रोमी ३ः१३–१४ ले पापी मानिसको बोलीमा हुने खराबीपनको विषयमा बताउँछ । हितोपदेश २९ः११ मा पनि मानिसको रिसको परिणामको विषयमा बताइएको छ । यदि रिसलाई समयमा नियन्त्रण गर्न सकिएन भने त्यसले खराबी निम्त्याउँछ (एफिसी ४ः२६–२७) । अतः हामी मानिसभएको कारण रिसउठ्नु एउटा कुरा हो तर यसको सही व्यवस्थापन नितान्त जरुरी छ । मानिस पापी भएको कारण यसको एउटा चरित्र खराब रिस उत्पन्न हुन्छ तर हामी ख्रीष्टमा बाँचेकाहरुले यसलाई नियन्त्रण वा व्यवस्थापन गरेर असल गवाही दिनुपर्छ । एउटा खीष्टियानले अरु सामान्य मानिसहरु झैं झोंकी वा रिसाहा प्रवृत्ति देखायौं भने यसले हाम्रो गवाही बिगार्दछ तर हामीले संयमित, धैंर्य, नम्रता र कोमल हृदयले मानिसहरुलाई सजिलै जित्नसक्छौं । पावलले रोमी १२ः१९ मा रिसको सट्टा नम्रताको गुणले सत्रूलाई पनि जित्नसक्छौं भनि उत्साह दिंदछन् । 
प्रेमनारायण भट्टराई
रिस नियन्त्रणका बाइबलीय पद्धतीहरु- 
  • स्वीकार गर्नु:  हामीलाई आफ्ना गल्तीहरु वा कमजोरीहरु स्वीकार गर्न गाह्रो हुन्छ तर सामान्यतः आफुले स्वीकार गर्नसक्यौं भने प्रायः रिस र यसको परिणामहरु आफैं शान्त हुन्छन् । (हितोपदेश २८ः३१)
  • इमान्दारितासाथ बोल्नु: मानिसहरुले तपाईंको बाहिरी आवरण देख्छन् र त्यस अनुसार प्रतिक्रिया दिन्छन् । तपाईंको हृदयमा वा मनमा भएका कुरा मानिसले पढ्न सक्दैनन् । अतः मानिसहरुको अघि खुल्ला भएर बोल्नुहोस् (एफिसी ४ः१५,२५)
  • समयमै सोच्नुहोस्: जति बढी समय लगाउनुभयो त्यति नै धेरै परिणाम गलत हुन सक्छ । जति सक्दो चाँडो सिरउठेको विषयमा सोच्नुहोस् र सम्बन्धित व्यक्तिसँग बातचित गर्नुहोस् । (एफिसी ४ः२६–२७) ।
  • व्यक्तिलाई होइन तर समस्यालाई उठाउनुहोस्: हामी मानिसलाई मानिससँग बद्लालिन मन पर्छ । तर रिस जुन कारणले उठेको हो सो कुरामा केन्द्रीत हुनुहोस् तर व्यक्तिमा होइन । यदि व्यक्तिप्रति औंला उठायौंभने यसले समस्यालाई झन् बढाउँछ एफिसी ४ः२९, ३१) ।

Comments

Popular posts from this blog

प्रभावकारी युवा सेवकाइको निम्ति असल युवा नेतृत्व (Effective Youth Leadership for Effective Youth Ministry)

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?