Youth & Discipline: The Right Pastoral Approach

 मण्डलीमा अनुशासन र युवा

पास्टर प्रेमनारायण भट्टराई
शक्तिशाली बप्तिस मण्डली, ललितपुर

अनुशासन साह्रै गाह्रो कुरा हो । यो हामीमध्ये कमैलाई मात्र मनपर्छ, तैपनि, मण्डलीमा अनुशासन एउटा महत्वपूर्ण पाटो हो तर यो मानिसलाई मन पर्दैन । विषेशगरी परिवार र मण्डलीमा युवा तथा किशोर किशोरीहरूको अनुशासन एउटा चुनौतीको विषय बन्दैछ । आजसम्म मैले गरेकोे युवा सेवकाइको नौ वर्षको अनुभवमा पनि पछिल्लो दिनमा युवा सम्मेलन तथा क्याम्पहरूमा युवाहरू अलिक उछि«ङ्खल भएका हुन् कि भन्ने भान हुन थालेको छ । नेपाली सन्दर्भको युवा सेवकाइमा अनुशासनलाई त्यत्ति महत्वको ठानिंदैन तर यसले जब मण्डलीमा असर गर्छ तब रोक्नै कठिन हुँदछ । अनुशासन आपैंmमा एउटा नकारात्मक विषयजस्तो देखिने भएकाले पनि मानिसहरूले यो रुचाउँदैनन् । हामीले सेवकाइमा बुझ्नुपर्ने कुरा चाहिँ अनुशास नराम्रो कुरा होइन तर यसलाई हामी कसरी प्रयोग गर्छौं त्यो महत्वपूर्ण हुन्छ । अनुशासनको निम्ति अंग्रेजीमा डिसिप्लिन (Discipline) शब्द प्रयोग गरिएको छ । यही शब्दको नजिक अंग्रेजीमा अर्को शब्द छ जसलाई डिसाइपलसिप (Discipleship) अर्थात् चेलापन भनिन्छ । आहा, चेलापन कस्तो राम्रो शब्द हो !

हामीले जब चेलापनको विषयमा कुरा गर्छौं अनुशासनबिना चेलापन असम्भव प्रायः छ । अतः इसाई जीवन चेलापनको अर्को पाटो पनि हो । मण्डलीमा पास्टर तथा सेवकहरूको निम्ति युवा अनुशासन पनि एउटा महत्वपूर्ण पाटो हो । अनुशासित युवा समुह र सेवकाई भएको मण्डलीले एउटा राम्रो गवाही दिँदछ । युवाहरूलाई हामी चेलापनमा निर्माण गरिरहेका हुन्छौं । चेलापनबाट हामी अनुशासनलाई अलग गर्न सक्दैनौं । यस पाठको अन्त्यसम्ममा हामी युवा सेवकाइमा अनुशासनको विषयलाई नजिकबाट नियाल्नेछौं । मण्डलीका पास्टर तथा अगुवाहरूले पनि अनुसानलाई सही कदमको रूपमा प्रयोग गर्न सक्नुभए मण्डलीको सेवकाइमा धेरै फलवन्त बनाउन सकिन्छ तथा युवा तथा किशोर किशोरीहरूले पनि आपूmलाई अनुशासित राख्न सके उत्तम हुन्छ । डग फिल्डस्को पर्पोज ड्रिभन युथ मिनिष्ट्री पृष्ठ संख्या ३२८ मा यसरी उल्लेख गरिएको छ; “अनुशासन आश्यक खराबी होइन । तर खराबीको कारणले यो आवश्यक असल हो । अनुशासन असल गुण हो, यसले बाइबलले बताएअनुसारको ‘धार्मिकता’ अर्तात् आत्मिकपना, नैतिकता र सम्बन्धमा आधारित इमान्दारिताको सकारात्मक विकास गर्दछ ।”

तपाईं मण्डलीको पास्टर हुनुहुन्छ र तपाईंको मण्डलीका युवालाई परमेश्वरको वचन र पवित्र आत्माको अगुवाइको विरुद्धमा अघि बढ्ने अनुमति प्रदान गर्नुहुन्छ भने याद गर्नुहोस् परमेश्वरले तपाईंको सेवकाइमा भएको यो गल्तिलाई नियाल्नुहुन्छ, तपाईंका युवाहरूसँग होइन । यो यसकारणले कि, तपाईंको युवा प्रति परमेश्वरले तपाईं पाष्टर र अगुवालाई जिम्मेवार नियुक्त गर्नुभएको छ (यूहन्ना १६ः८–१०) ।

१. अनुशासनको वातावरणको सृजना गर्नुहोस्
असल अनुशासन समस्या खडा हुनु वा अस्तित्वमा आउनुभन्दा पनि अघि नै शुरु हुन्छ । यदि तपाईंको मण्डलीमा युवा तथा युवासेवकाइमा अनुशासन चाहनुहुन्छ भने समस्या आउनु अघि नै सचेत हुनुहोस् । नेपाली मण्डलीहरूमा समस्या आएपछि मात्र अनुशासनको कदम चालिन्छ । प्रायः यसले उक्त व्यक्ति प्रति कम अवसर तर बढी चुनौति सृजना गर्दछ । एउटा जिम्मेवार पास्टर तथा अगुवा हुनुभएको नाताले अनुशासित वातावरणको सृजना गर्ने जिम्मा पनि तपाईं आफैंको हो । एउटा युवाले गल्ती गर्नु अघि गल्ति गर्नै नसक्ने अवस्थाको सृजना हुनुपर्छ र यो चाहिं मण्डलीको जिम्मेवार पास्टर र अगुवाहरूको जिम्मेवारी हो ।

अनुशासित वातावण आफैंमा व्यक्तिगत बानिव्यवहार पनि हो । सबैभन्दा पहिले आफैंबाट यो अवस्थाको सृजना हुनुपर्छ । अतः आफैं अनुशासित हुनुहोस्, त्यो नै सबैभन्दा पहिलो कदम हो । युवाहरू प्रायः अगुवाहरूलाई हेर्ने र देखासिखी गर्ने स्वभावका हुन्छन् । तपाईंको केवल दुईवटा आखाँले सबै युवाहलाई हेर्नुहुन्छ र उनीहरूको व्यवहार तथा चालचलनको मूल्याङ्कन गर्नुहुन्छ तर याद गर्नुहोस् तपाईंको मण्डलीमा केवल १० जना युवाहरू छन् भने उनीहरूको २० वटा आखाँले तपाईंलाई हेर्दैछन् । हामी आफैंले युवाहरूमाझ उदाहरणको रुपमा जीवन जिउन सकेनौं भने उनीहरू कदापी अनुशासनको दायरामा आउँदैनन् तर मण्डलीको सेवकाई पिडादायी हुँदछ । बनाइएको नीति तथा नियमहरू सबैको निम्ति उत्तिकै लागू हुनुपर्दछ । मण्डलीको पाष्टर तथा अगुवाहरू पनि अनुशासित हुन आवश्यक हुन्छ ।

अनुशासनको वातावरण सृजनाको निम्ति दोस्रो कुरा केही नियमहरू तयार गर्नुहोस् र सबैलाई बुझाउनुहोस् । नियम तयार गर्दा किन सो नियम चाहियो भन्ने कुरा बताउनुहोस् । सिस्टि एल. ह्वेन यु ह्याभ ड्र द लाइन को पृ.सं. २१ मा उल्लेख गर्छन् कि; “मलाई थाहा छैन कि आजका युवाहरू आफ्नो दायरालाई बुझ्दैनन् तर लुथरको ९५ बुंदे माग झैं भित्तमा के गर्नु हुन्छ वा के गर्नु हुँदैन भन्ने नियमहरू टाल्न बाध्य बनाउँछन् ।” यसबाट पुष्टि हुन्छ कि यो त्यत्ति उचित कुरा त होइन तर पनि आवश्यक पर्नसक्छ ।

अनुसाशित बातावरण सृजनाको निम्ति अर्को राम्रो उपाय संङ्गी मित्रलाई अनुशासन हेर्ने जिम्मेवारी दिनुहोस् । जवानहरू एकअर्काको कमजोरी वा गल्तीलाई नजिकबाट ख्याल गर्ने स्वभावका हुने भएकाले एकले अर्काको कमजोरीलाई औंला उठाइहाल्छन् । यदि यो तरिका अपनाइएमा उनीहरू आफैंले एक अर्कालाई अनुशासनमा राख्छन र तपाईं पनि सुरक्षित हुनुहुनेछ । यदि तपाईंले मात्र अनुशासन गर्नु भयो भने उनीहरू सबै तपाईं माथि खनिन पनि सक्छन् तर आफैंले आफैंलाई अनुशासनमा राख्न जिम्मा दिनुभयो भने यसबाट तपाईंलाई सजिलो हुन्छ ।

अनुशासनको वातारण सृजनाको चौथो उपाय नियम तथा विधीहरूलाई एकैनास र सबैको निम्ति उत्तीकै कडा वा नरमपना अपनाउनुहोस् । कसैलाई कम र कसैलाई बढी नियम वा अनुशासन राख्नुभयो भने यसले सेवकाइमा अनुशासनको वातावरण खल्बल्याउँछ । कसैमथि पुर्वाग्रह नराख्नुहोस् तर सबैमाथि समान व्यवहार देखाउनुहोस् यो बाइबलीय पनि हो ।

२. प्रेमको संचार गर्नुहोस्
चेलापन निर्माणको निम्ति अनुशनसन राख्नलाई प्रेमको भाषा धेरै महत्वपुर्ण हुन्छ (हिब्रू १२ः५–११) । असल अनुशासनले युवाहरूलाई क्षमादान र स्वतन्त्रतामा डो¥याउँदछ । धेरै पटक प्रेमको अभावले अनुशासन दोषी बनाउने र दोष लगाउने कुरामा मात्र केन्द्रीत रहन्छ तर यसले सेवकाइमा खासै फाइदा गर्दैन । येशूले पनि त्यही गर्नुभयो । उहाँले व्यभिचारी स्त्रीलाई “म पनि तिमीलाई दोष लगाउँदिन । जाऊ र फेरी पाप नगर” भन्नुभयो (यूहन्ना ८ः३–११) । सिस्टि एल. ह्वेन यु ह्याभ ड्र द लाइन को पृ.सं. ५१ मा उल्लेख गर्छन् कि; “युवाहरूले के गरे (विगतमा) भन्ने कुरालाई विर्सिदिनुहोस् तर उनीहरूले के गर्न सक्छन् भन्ने कुराको वास्ता गर्नुहोस् । उनीहरूलाई प्रेमरहित महशुस हुन नदिनुहोस् ।”

अनुशासनको निम्ति आवश्यक गुणहरू मध्ये प्रेम पनि एक हो । अनुशासनको निम्ति प्रेम तपाईंले बैंकमा जम्मा गर्नुभएको रुपैंया जस्तै नै हो । जब तपाईंका युवालाई अनुशासनमा राख्नुपर्छ तपाईंले बैंकमा जम्मा गरिराख्नुभएको रुपैंया जस्तै प्रेमलाई निकालेर प्रयोग गर्न सक्नुहुन्छ । यदि बैंकमा भएको खातामा रुपैंया छैन भने तपाईंले प्रयोग गर्न सक्नुहुन्न ठीक त्यही प्रकारले यदि प्रेम जम्मा गरेर राख्नुभएको छैन भने तपाईंले युवामा अनुशासन प्रयोग गर्न सक्नुहुन्न । मलाई तपाईंमो मण्डलीको युवालाई अनुशासन गर्न अह्राउनुभयो भने र म आएँ भने तपाईंका युवाले भन्नेछन् कि, ‘हामीलाई अनुशासन गर्ने तिमी को हौ र ?’ र यो प्रश्न गर्ने उनीहरूमा आवश्यक कारण पनि छ । कारण मैले उनीहरूलाई प्रेम गर्दिन भने अनुशासन गर्ने अधिकार पनि त छैन । त्यही पृष्ठभूमीमा यदि तपाईंले अनुशासनको कदम उठाउनुभयो भने तपाईंलाई प्रश्न गर्दैनन् कारण उनीहरू जान्दछन् तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंमा त्यो अधिकार पनि छ । अतः याद गर्नुहोस् कि, प्रेम नितान्तै आवश्यक हुन्छ । प्रेम प्रशस्त भएको सम्बन्धले अनुशासनलाई प्रभावकारी र फलदायी बनाउँछ ।

युवा र पास्टर बीचको प्रेम सम्बन्धको निम्ति पाष्टरीय वास्ताको आवश्यक पर्दछ । हामी हाम्रो पाष्टरीय समय उनीहरूमाथि लगानी गरेर उनीहरूलाई हामी प्रेम गर्दछौं भन्ने कुराको प्रमाण दिन सक्छौं । युवाहरूको निम्ति तपाईंको समय महत्वपूर्ण हुन्छ । प्रायः मण्डलीका पास्टरहरू युवाहरूको संगति र छलफलको समयमा उपस्थित हुँदैनौं । संगति पछि हामी आफैंलाई अर्को बैठक वा अन्य कुराको निम्ति समय दिन्छौं तर युवा संगतिमा समय दिनुहोस् । युवा संगतिको निम्ति बचन दिनु पर्ने समयमा मात्र होइन तर त्यस बाहेक पनि तपाईंको समय दिनुहोस् । म आफैं युवा र मण्डलीको पास्टर पनि भएको कारण यसको महत्व बुझेको छु र प्रायः हरेक हप्ताको युवा संगतिमा सहभागि हुने कोशिस गर्छु ।

युवाहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको पुष्टि गर्न उनीहरूले गरेका राम्रा कामहरूको तारिफ गर्नुहोस् र उनीहरूलाई दिनुपर्ने श्रेय दिनुहोस् । यस गर्नाने उनीहरूलाई अझ उत्साह मिल्दछ । पाष्टरहरू, हामी प्रायः गरेका गल्तीलाई तुरुन्तै पक्रन्छौं र अनुशासनको कदम चाल्दछौं तर हामी उनीहरूले गरेका राम्रा कमहरूमा ध्यान दिंदैनौं र तारिफ गर्दैनौं यरले उनीहरूलाई निराश तुल्याउँछ ।

३. उचित कदम चाल्नुहोस्
तपाईं जतिसुकै प्रेमिलो हुनुहोस् वा तपाईंको युवा सेवकाइ जति सुकै अनुशासित देखियोस् तर पनि अनुशासनको आवश्यकता त पर्छ नै । पहिले के भएको थियो भन्दा पनि अब अनुशासनलाई कसरी सम्हाल्ने भन्ने चिन्ता त हुन्छ नै । सबैभन्दा पहिले उनीहरूको क्रियाकपाल प्रति उचित प्रतिक्रिया जनाउनुहोस् । तर आवश्यकता भन्दा बढी प्रतिक्रियाले नकारात्मक असर निम्त्याउन सक्छ । यदि कमजोर वा नरम प्रतिक्रिया भएमा पनि यसले अनुशासनलाई हलुका बनाउन सक्छ । अनुशासन कत्तिको आवश्यक भन्नेकुराको निम्ति केही कुराहरू विचार गर्नुपर्छ ।
अनुशासनको आवश्यकता के कारणले प¥यो ? केही सोच्नुपर्ने अवस्थाहरू यस्ता हुन सक्छन् ः
युवाहरूको बेवास्ता । जस्तै कुनै कुरालाई लात्तले हान्नु वा कुनै कुरा भत्काउनु वा बिगार्नु इत्यादी ।
कम ध्यान दिनु । तपाईंले अगाडीबाट बोल्नुहुँदा छेऊको साथीसँग कुरा गर्नु वा मोबाइल खेलाउनु ।
नियम उल्लंघन । के गर्ने वा नगर्ने भनि नियम बनाइएको छ तर त्यसलाई जानिजानि वा थाहा पाएर पनि पालन नगर्नु ।
जब युवाले यस्ता गल्ती गर्छन् मण्डलीको पाष्टर वा अगुवा भएको नाताले तपाईंको प्रतिक्रिया कस्तो रहन्छ सो महत्वपूर्ण हुन्छ । केही युवा यस्ता पनि हुनसक्छन् जो विद्रोही स्वभाव प्रदर्शन गर्छन् वा अट्टेरी हुनु । विषेश युवाहरूलाई अनुशासन त्यतिबेला महत्वपूर्ण हुन्छ जब उनीहरूले जानेर पनि फेरी गल्ति गरिरहेका हुन्छन् । युवाहरूलाई कुन गल्ति वा कजोरीमा के कस्तो अनुशासनको कदम चाल्ने हो सो स्पष्ट पार्नुपर्छ ।

४. ठीक जवाफ दिनुहोस्
हाम्रो अनुशासनको अभिप्रायः युवाहरूलाई परमेश्वरको वचनमा हुर्काउनु र  र इसाई गवाहीको निर्माण गर्नु हुनुपर्छ । युवाहरूले गल्ती गरे भने, त्यो गल्ति यसकारणले अनुशासनको योग्य भयो किनकि यसले परमेश्वरको आवश्यक मापदर्ण वा वचनको अधिकारलाई उल्लंघन ग¥यो भन्ने जनाउनुपर्छ । हामीले अनुशासनको निम्ति पनि बाइबलीय मापदण्डको आधारमा नै योजना बनाउनुपर्छ (२ तिमोथी ३ः१६) । बाइबलका सबै खण्डहरू नै अनुशासनको अवस्थासँग ठ्याक्कै मेल खान्छ भन्ने पनि छैन तर मुख्य कुरा बाइबलको अवस्था र परिस्थितिलाई पनि आवश्यकता अनुसार उल्लेख गर्न सकिन्छ । अनुशासनको एकमात्र कारक अवस्था यसले बाइबलीय आज्ञा र आवश्यक इसाई गवाहीलाई बिगारेको हुनुपर्छ । युवाहरूलाई उनीहरूले के गरेका आधारमा अनुशासनको भागिदार हुनुप¥यो भन्ने थाहा हुनुपर्छ ।
प्रायः अनुशासनको कदम उठाउँदा कि त बढी कडा हुनेगरिन्छ कि त कमजोर । अनुशासन गर्दा ठीक सँग जवाफ फर्काउनुहोस् । यसको निम्ति पनि एक तहको निती वा नियम आवश्यक हुन्छ । पास्टर वा अगुवाले अनुशासनको निम्ति ठीक जवाफ दिनुपर्छ कि किन त्यो आवश्यक प¥यो । जानेर गरेको गल्ति वा अन्जानमा भएको गल्तिमा तपाईंको फरक जवाफ वा प्रतिक्रिया हुनुपर्छ तर पास्टरले जान्नै पर्ने कुरा तपाईं त्यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ भन्ने हो । तपाईंले अनुशासनमा राख्नुको अभिप्रायः सच्याउनको निम्ति र निर्माण गर्नको निम्ति हुनुपर्छ । अनुशासनको अर्थ कसैलाई दण्ड दिन कदापी होइन । तपाईंको अनुशासन गर्दाको जवाफले सो युवालाई निर्माण गर्छ कि उसको जीवनलाई भत्काउँछ सो कुरामा होशियार हुनुहोस् । यदि तपाईंको कदमले उसको जीवन बिग्रिएमा त्यसको जिम्मेवार तपाईं आफैं हुनुहुनेछ ।

तपाईंले अनुशासन गर्नुहुँदा यदि तपाईं रिस, घृणा वा बदलाको भाव व्यक्त गर्नुहुन्छ भने, युवाले तपाईंले के भन्दै हुनुहुन्छ भन्ने कुरा सुन्दैनन् । त्यसले तपाईंको व्यवहार र गवाहीमा पनि असर गर्छ तर तपाईं साँच्चै उसको ख्याल गर्नुहुन्छ र उसलाई निर्माण गर्न चाहनुहुन्छ भने र तपाईंको व्यवहारलाई उदाहरणको रुपमा प्रस्तुत गर्नुभयो भने यसले तपाईंलाई पनि फाइदा गर्छ र उक्त व्यक्तिलाई पनि फाइदा गर्छ । दुबै पक्षको विजय हुनेछ । सामान्यतयाः तपाईंको रिसलाई बसमा राख्नुहोस् । आफुले पनि सोच्नमा समय लिनुहोस् र गल्तिमा पक्राउ पर्ने युवालाई पनि उसको गल्तिबारे सोच्न समय दिनुहोस् । यसले दुबै पक्षलाई समस्या र अनुशासन बुझ्न सहायता गर्नेछ । यदि व्यक्तिगत गल्ति वा मजोरी छ भने त्यसलाई गोप्यमा वा एक्लै हुँदा कुरा गर्नुहोस् तर समुहमा कुरा गर्नुपर्ने भएमात्र समुहमा ल्याउनुहोस् । तपाईं कसको अगाडी र के कुरा गर्दै हुनुहुन्छ भन्ने ख्याल गर्नुपर्छ । तपाईंले युवालाई अनुशासन गर्नुहुँदा उचित विधी वा तरिका पनि अपनाउनुपर्नेहुन्छ । कुनै कुरा तपाईं हाँसेर वा मुस्कुराएर भन्नुहुँदा राम्रो सुनिन्छ तर त्यही कुरालाई अनुहार बिगारेर वा रिसाएर भन्यो भने राम्रो वा आवश्यक कुराले पनि सम्बन्धमा असर गर्छ ।

५. परिणामबारे सचेत गराउनुहोस्
सबै गल्तिको परिणाम निश्चित छ । युवाहरूलाई पनि यो कुराको जानकारी हुनुपर्छ कि यदि उनीहरूले गल्ति गरे भने त्यसको परिणाम भोग्नै पर्छ । यसबाट उनीहरूलाई सिकाउनुपर्ने बाइबलीय सत्यता चाहिं पापको ज्याला चुकाउनुपर्छ भन्ने पनि हो (गलाती ६ः६–८) । जब हामी अनुशासनको कुरा गर्छौं हामीले तीन प्रकारका परिणामहरू बारे ख्याल गर्नुपर्छ ः
स्वभाविक परिणमहरू । युवाले जे गल्ति गर्छ त्यसबाट उसले भोग्ने परिणाम स्वभाविक परिणाम हुन्छ । जस्तै मोटरबाइबल बलाउँदा ट्राफिक नियम उल्लंघन गरेमा उसले त्यसको मुल्य चुकाउनुपर्छ । ट्राफिकले गलत स्थानमा पार्किङ्ग गर्दा रु.२०० जरिवाना गर्छ वा जथाभावि चलाएमा दुर्घटनामा परेर चोट लाग्न सक्छ । यो गल्ति गर्दाको स्वभाविक परिणाम भयो ।
तार्किक परिणाम । यो यस्तो परिणाम हो जसमा उसले त्यो गल्तिको मुल्य चुकाउन अर्को एउटा काम पनि आवश्यक पर्दछ । जस्तो मोटस साइकलमा दुर्घटनामा पर्दा अरु कसैलाई जोखिम भएको छ भने त्यसको मुल्य चुकाउनुपर्छ । हुन सक्छ सकैलाई ठक्कर दियो भने उसको उपचार गरिदिनुप¥यो ।
निर्माणात्मक परिणाम । यो परिणामले उसलाई अफ पिडा दिनसक्छ तर यो उसलाई नै सधाउन वा निर्माण गर्नको निम्ति हो । उदाहरणको निम्ति मोटरसाइकलमा दुर्घटना ग¥यो त्यो जानेर थियो भने उसलाई कर्तव्य ज्यान मुद्दा लाग्छ र ऊ झ्यालखानामा पनि जानुपर्ने हुन्छ ।
अनुशासनको निम्ति युवाहरूलाई पहिले नै सचेत गराउनुहोस् । कुन गल्तिको परिणाम के भोग्नुपर्छ । जस्तो यदि मण्डलीको युवाले ग्रैरइसाई व्यक्ति सँग विवाह गरेमा त्यसको परिणाम (अनुशासन) के हुन्छ जस्ता विषयमा पहिले नै सचेत गराउनुहोस् ताकि उसले गल्ति गरेमा तपाईंले भन्न सक्नुहुनेछ; ‘तिमीलाई थाहा थियो ... गरेमा यसको परिणाम ... हुन्छ’ । अनि युवाहरू पहिले नै उक्त गल्तिको परिणाम बारे सचेत हुनेछन्  उम्कन बहाना बनाउन पाउनेछैनन् । यदि अगाडी नै परिणामको विषयमा बताउनु भएको छ भने कुनै युवाले गल्ति गरेपनि बहाना बनाएर उम्कने मौका दिने परिक्षाबाट तपाईं पनि सचेत हुनुहुनेछ र यसले आफैं अनुशासनको वातावरण सृजना गर्नेछ । युवाहरूले पहिले नै हाम्रो गलत क्रियाकलापले अनुशासनको दायरामा ल्याउँछ भन्ने पहिले नै जान्नु आवश्यक हुन्छ ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

God wants do Something New in Your Life...

The Situation of Youth in America