Posts

ब्रदर एन्ड्रू (Brother Andrew)

Image
एन्डी भान डेर बिजल अर्थात् ब्रदर एन्ड्रू एउटा सानो डच गाउँमा (नेदरल्याण्डस्) सन् १९२८ मे ११ मा जन्मिएका हुन् । उनी जहिले पनि केही रोचन र चुनौती पूर्ण कार्य गर्न रुचाउँथे र यसैकारण उनी १८ वर्षको उमेरमा डच सेनामा भर्ती भए । उनको सेनामा सेवाको दौरान जिम्मेवार भएर जिएनन् । उनी परमेश्वरको विषयमा खासै चासो नलिने व्यक्ति थिए । तर उनी २० वर्षको हुँदा उनको खुटाको गोलीगाठोँमा गोली लाग्यो र अस्पताल भर्ना भए, यस सँगै उनको सैनिक जीवनको पनि अन्त्य भयो । यो घटना दोश्रो विश्व युद्ध पश्चातको डच वेस्ट इन्डिजको विद्रोह ताकाको कुरा थियो र यही डच सम्राज्यवादको विद्रोह स्वरुप इन्डोनेसिया देशको जन्म भएको थियो । परमेश्वरमा विश्वास अस्पतालमा नर्सहरुको स्वार्थ रहित सेवा र आफ्ना पुराना गल्तीको पश्चतापले बाइबल हातमा लिन उनलाई कर लाग्यो । उनी रित्तो, हृदय तोडिएको र परमेश्वरको खोजको भोक सहित उनी घर फर्किए । एकरात उनले प्रार्थना गरे, “प्रभु, यदि तपाईंले मलाई बाटो देखाउनुभयो भने म तपाईंलाई पछ्याउँछु, आमेन ।” त्यसदिन देखि उसो परमेश्वरले उनलाई नयाँ चाखलाग्दो र चुनौतिपुर्ण बाटोमा हिंडाउनुभयो । उनको सेवकाई फलामको आ...

फरक पुस्ताको बीचमा पूल निर्माण

Image
परिचयः पुस्तान्तर अर्थात् जेनेरेशन ग्याप नेपाली समाजमा एउटा चुनौति पुर्ण पक्ष हो तर यसलाई ठूलो चुनौति मानेर समस्याको रुपमा लिनुको साटो यस विषयमा अध्यायन ग ¥ यौं भने वा यस विषयमा थोरै मात्र पनि मनन ग ¥ यौं भने यसले समाज र परिवारलाई अझ बलियो बनाउँछ । नेपाली मण्डलीमा पनि यसको केही नकारात्मक असहरु पछिल्लो दशकमा नखिएका होइनन् । मण्डलीले पनि कसरी फरक पुस्तालाई सँगै लिएर जान सक्छ त ? कसरी फरक पुस्ताको बीचमा पूलको निर्माण गर्ने यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं । पुस्तान्तर के हो ? सामान्यतया , पुस्तान्तर भन्नाले , “ दुइ पुस्ताहरु बीचको फरक स्वभाव वा प्रवृत्ति जसले असमझदारी उत्तपन्न गराउँछ ” । पश्चिमा संस्कृतिमा जेनेरेशन ग्याप भन्ने वाक्याशं सन् १९६० दशकमा पश्चिमा मुलुकमा प्रयोग गर्न शुरु गरिएको हो । तथापी , पुस्तान्तर केवल पछिल्लो ५० / ६० दशकबिचमा विकास भएको तथ्य होइन । यो त मानव सभ्यताको शुरु देखि नै कुनै न कुनै रुपमा अस्तित्वमा थियो । इसा पूर्व चौथो शताब्दीका एकजना महान् तथा चर्चित चिन्तक सोक्रेट्सको भनाइले पनि पुस्तान्तरको असर आज भन्दा शताब्दीपहिला पनि थियो भन्ने कुरालाई ज...

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?

Image
प्रेमनारायण भट्टराई सन् १५१७ अक्टूबर ३१ तरिकका दिन यूरोप महादेशमा रोमन क्याथोलिक मण्डली भित्र सुरु भएको सुधारवादी अभियान (आन्दोलन) अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशनको आज सन् २०१७ अक्टूबर ३१ तरिकका दिन ठीक ५ सय वर्ष पुरा भएको छ । मार्टिन लुथर नाम गरेका एक जना अगस्टेनियन ख्रीष्टियन क्याथोलिक साधुले जर्मनी स्थित वीटनवर्ग च्यापल (चर्च)को मुख्य ढोकामा ९५ वटा बुँदामा तत्कालिन रोमन क्याथोलिक मण्डलीको सैद्धान्तिक कमजोरी र अबाइबलीय अभ्यासगत व्यवहारको विषयमा असहमतीका बुँदाहरु टाँसेपछि यो आन्दोलन पुरै युरोपभरी नै फैलियो । यद्यपी सुधारवादी आवाज यस अघि पनि निरन्तर उठेका थिए र त्यसलाई दबाईंदै आएको थियो । तत्कालिन परिवेशमा रोमन क्याथोलिक मण्डलीको विरुद्धमा आवाज उठाउनु मृत्युसँग नडराउनु झैं थियो । यो सुधारवादी आन्दोलनको ५ यसौं वर्षको परिवेशमा केही एतिहाँसिक तथ्यहरु र यसका आजको उपयोगिताको विषयमा केही कुराहरुको चर्चा गरौं । सुधारवादी आन्दोलन अर्थात् प्रोटेस्टेन्ट रिफर्मेशन मूलत पापल अर्थात् मण्डलीमा पोपको अधिनायक शासन वा रोमन क्याथोलिक मण्डलीको विश्वासीहरु माथि चरम सासनको विरुद्धमा थियो । तर ...

Is it acceptable to be in Relationship with Non-Christian?

Image
के ख्रीष्टियान र अख्रीष्टियान बीच हुने प्रेम सम्बन्ध  स्वीकार्य हुन सक्छ ? प्रेमनारायण भटराई केहि महिना पहिला एक जना युवाले उहाँको साथीको विषयमा मलाई एउटा प्रश्न सोध्नुभयो । उहाँको साथी मण्डलीको युवा अगुवा हुनुहुँदो रहेकछ तर उहाँको प्रेमी अख्रीष्टियान । उनीहरूको प्रेम सम्बन्ध भएको करिब ३ वर्ष भएको रहेछ । यसबीचमा उनले आफ्mनो प्रेमीलाई धेरैपटक सुसमचार सुनाइन् र मण्डलीमा आउन वा विश्वास गर्नको निम्ति पनि पटक पटक आग्रह गरिन् तर उनको प्रेमीले लगातार इन्कार गरिरहे । उनको प्रेमी मण्डलीमा आउन मान्दैनन् र विश्वास गर्न सहमत छैनन् तर उनलाई भने प्रेम गर्छु भन्छन् । अब यस्तो अवस्थमा ती युवा अगुवा बहिनीले यो प्रेम सम्बन्धलाई निरन्तरता दिनु उचित हो ? के एकजना युवा अगुवाले अख्रीष्टियान व्यक्तिसँग प्रेम सम्बन्धमा रहनु ठीक हो ? उनले मण्डलीको युवाहरूलाई अगुवाई गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्न उक्त युवा मित्रको मात्र प्रश्न नभएर धेरै जनाको सन्दर्भमा मिल्दो हुनसक्छ । बाइबलले भन्छ ख्रीष्टियान र अख्रीष्टियान धर्म वा आस्थाको बीचमा धार्मिक हिसाबले यस प्रश्न सोधिनु र बाइबलीय जवाफ माग्नु भन्दा पन...

स्थानिय युवा सेवकाइको प्रभावकारी संचालन

Image
Leading Local Youth Group Effectively  मण्डलीको सेवाकाइ र सौन्दर्यता धेरैहद सम्म मण्डलीको युवा सेवकाइमा निर्भर रहन्छ । विषेशगरी मण्डलीले किशोर किशोरीहरूको जीवनमा परमेश्वरको वचनलाई रोप्न नसके उनीहरूको जीवन कम सफल वा कतिपय अवस्थामामा असफल नै हुनपुग्छ, यो युवासेवकाइको आवश्यकताको एक पक्ष हो भने, मण्डलीको नेतृत्व हस्तान्तरण र जिम्मेवारीवहन गर्न युवा सेवकाइलाई प्रभावकारी बनाउन आवश्यक हुन्छ । हिजोआज सयौं युवा सदस्य भएका मण्डलीहरूमा पनि ५÷१० जना मात्र युवाहरू संगतिमा भेलाभएका उदाहरणहरू देखिन्छन् । मण्डलीको अगुवाहरू र युवा संगतिमा जिम्मेवारी लिएका अगुवाहरूले युवा संगति र सेवकाइलाई मण्डलीको मुख्य खम्बा बनाउन आवश्यक छ । एउटा स्थानिय युवा सेवकाइलाई कसरी प्रभावकारी र बलियो बनाउन सकिन्छ ? १. उपयुक्त समय र स्थानको छनौट ः प्रायः युवा संगतिमा सहभागी नहुने युवाहरूको बहाना नै समय हो । कतिजनाको अध्ययन, काम वा यस्तै अन्य परिस्थितिले उनीहरू भेलाहुन नसक्ने बताउँछन् । सकेसम्म सबैको निम्ति वा बढीभन्दा बढी युवाहरूलाई उपयुक्त हुने समयको बारेमा सोच्नुहोस् । छुट्टीको दिन उपयुक्त हुनसम्छ, जस्तो शनिबार । तर...

युवा सेवकाई र खेलकुद

Image
Sports & Youth Ministry पास्टर प्रेमनारायण भट्टराई शक्तिशाली बप्तिस मण्डली  खेलकुद मानिसको सोख वा रुचीको विषय हो । विषेशगरी किशोर वा युवाहरूमा यसको चाख बढी हुन्छ तर वयस्क र प्रौढहरूमा समेत यसको प्रभाव रहन्छ । भनिन्छ, जसरी सङ्गीतको कुनै भाषा वा राष्ट्रियता हुँदैन त्यस्तै प्रकारले खेलकुदको पनि कुनै भाषा वा राष्ट्रियताको सीमितता हुँदैन । खेलकुदले मानिसलाई शारीरिक र मानसिक स्वाथ्य मात्र प्रदान गर्ने होइन तर यसले एकता, आत्मियता र पारस्परिक सम्बन्धको विकासमा पनि ठूलो भूमिका खेल्दछ । जब पूmटबल, क्रिकेट वा ओलम्पिकको माहोल आउँछ, यसले धेरै देशमा एकता र राष्ट्रियताको भावना जागृत गराउँदछ । र, रमाहट बढेको देखिन्छ । नेपालमा पनि सबैभन्दा बढी पूmटबल लोकप्रिय छ र नानीहरू पनि यसमा रमाउँछन् । विद्यालयदेखि सडक र गल्लीहरूमा पनि किशोर वा युवाहरू यसमा झुम्मिन्छन् । पछिल्लो दिनमा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले क्रिकेटमा राम्रो प्रदर्शन गर्दाको चर्चा हुन्छ । यहाँ खेलकुदलाई कसरी हामी युवा सेवकाइको निम्ति प्रयोग गर्न सक्छौं भन्ने विषयमा हेर्नेछौं । खेलकुदको कुनै विषेश स्पर्धामा भाग लिने वा न...

Youth & Discipline: The Right Pastoral Approach

Image
 मण्डलीमा अनुशासन र युवा पास्टर प्रेमनारायण भट्टराई शक्तिशाली बप्तिस मण्डली, ललितपुर अनुशासन साह्रै गाह्रो कुरा हो । यो हामीमध्ये कमैलाई मात्र मनपर्छ, तैपनि, मण्डलीमा अनुशासन एउटा महत्वपूर्ण पाटो हो तर यो मानिसलाई मन पर्दैन । विषेशगरी परिवार र मण्डलीमा युवा तथा किशोर किशोरीहरूको अनुशासन एउटा चुनौतीको विषय बन्दैछ । आजसम्म मैले गरेकोे युवा सेवकाइको नौ वर्षको अनुभवमा पनि पछिल्लो दिनमा युवा सम्मेलन तथा क्याम्पहरूमा युवाहरू अलिक उछि«ङ्खल भएका हुन् कि भन्ने भान हुन थालेको छ । नेपाली सन्दर्भको युवा सेवकाइमा अनुशासनलाई त्यत्ति महत्वको ठानिंदैन तर यसले जब मण्डलीमा असर गर्छ तब रोक्नै कठिन हुँदछ । अनुशासन आपैंmमा एउटा नकारात्मक विषयजस्तो देखिने भएकाले पनि मानिसहरूले यो रुचाउँदैनन् । हामीले सेवकाइमा बुझ्नुपर्ने कुरा चाहिँ अनुशास नराम्रो कुरा होइन तर यसलाई हामी कसरी प्रयोग गर्छौं त्यो महत्वपूर्ण हुन्छ । अनुशासनको निम्ति अंग्रेजीमा डिसिप्लिन (D iscipline)  शब्द प्रयोग गरिएको छ । यही शब्दको नजिक अंग्रेजीमा अर्को शब्द छ जसलाई डिसाइपलसिप (D iscipleship)  अर्थात् चेलापन भन...

मानिसमा रिस र यसको व्यवस्थापन

Image
पास्टर प्रेमनारायण भट्टराई - शक्तिशाली बप्तिस मण्डली, ललितपुर परिचय प्रतिक्रियाको लागि संदेश लेख् न्  यहाँ क्लिक गर्नुहोस् मानिसको भावना र स्वभावमा हुने एउटा सामान्य प्रतिक्रियाहरु मध्ये रिस पनि एउटा हो । मानिस भावनात्मक प्राणी पनि भएको कारणले गर्दा मानिस रिसाउनु, खुशी हुनु, दुःखी हुनु इत्यादी केही सामान्य प्रक्रिया हुन् । मनोविज्ञानको भाषामा रिस त्यस्तो प्रतिक्रिया हो, जुन तपाईंले अर्को व्यक्ति वा वस्तु प्रति खराबीको जवाफमा व्यक्त गर्नुहुन्छ । रिस राम्रो वा सकारात्मक पनि हुन सक्छ, तर यसले तपाईंको जवाफ वा समाधानको निम्ति नमारात्मक भावना वा विचारलाई पनि अघि सार्न सक्छ । यो मानिसको भावनासँग जोडिएको हुनाले यसको नियन्त्रण वा व्यवस्थापन मानिसको इच्छाशक्तिमा भर पर्छ । यहाँ हामी बाइबलले रिसको सम्बन्धमा के भन्छ र यसलाई कसरी जित्न सकिन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गर्नेछौं । मानिसमा रिस व्यक्ति अनुसार फरक हुन सक्छ । मानिसको पारिवारिक पृष्ठभूमी, हुर्कंदाको अवस्था, किशोर अवस्थामा हुने शारीरिक परिवर्तन र उसमा हुने हार्मोनको मात्राले पनि मानिसको रिसको मात्रालाई असस पार्छ । प्रायः ...