चाल्र्स थोमस स्टूड (सि.टी. स्टूड)- Charles Studd

चाल्र्स थोमस स्टूड एक प्रख्यात अंग्रेज क्रिकेट खेलाडी थिए, जो पछि गएर चिन, अफ्रिका र भारतमा मिशनरी भएर गए । स्टूडका कान्छा भाइहरु क्रिकेटको निम्ति प्रख्यात थिए र उनीहरुले इटोन र क्याम्ब्रिजको निम्ति खेल्दथे । चाल्र्सले पहिलो प्रथम श्रेणीको क्रिकेट टेस्ट म्याच इग्ल्याण्डबाट अस्ट्रेलियाका विरुद्ध खेलेका थिए, जसलाई एसेज सिरिज नाउँ दिइएको थियो । यो टेस्ट सिरिज अहिले पनि क्रिकेटमा लोकप्रिय सिरिज मानिन्छ ।

इटोनमा रहँदा उनी र उनका भाइले प्रभु येशूमा विश्वास गरे । उनले पहिलो पटक साँचो परमेश्वरलाई चिन्दा उनले यसरी भनेका थिए, “त्यसै क्षणमा मेरो हृदयमा अदभुत आनन्द र शान्ति आयो, अनि मैले थाहा गरें कि नयाँगरी जन्मनु भनेको के हो, र अझ बाइबल पहिले मेरो निम्ति अति रुखो थियो तर अब मेरो निम्ति सबै थोक यही नै भयो ।”

जब उनले क्रिकेट खेलाडीको जीवनलाई मिशनरी जीवनको निम्ति भनेर त्यग गरे, उनले यसरी भनेका थिए, “मलाई थाहा छ क्रिकेट सधैं रहने कुरो होइन न त संसारको कुनै थोक नै सधैं रहन्छ, र मान–सम्मान पनि सधैं रहँदैन, तर भविष्यमा आउने संसारको (मानिसको) निम्ति जिउनु चाहिं अर्थपुर्ण छ ।”

उनी युवा अवस्थामा रहँदा, उनको उमेरको बीसको दशकमा नै मिशनरीको रुपमा चाइना इनल्याण्ड मिशनमा सेवा गरे । त्यहाँ नै उनको विवाह अर्की एक युवा मिशनरी प्रिस्किला लिभिङ्गस्टोन स्टेवार्टसँग भयो । उनीहरुले चिनका १० वर्ष मिशनरीको रुपमा सेवा गरे । शरीरिक अस्वस्थताको कारण उनीहरु बेलायत फर्कनुप¥यो । उनीहरुले भारतमा पनि मिशनरीको रुपमा सेवा गरे र पछि, प्रिस्किला र उनीहरुको ४ छोरीहरु बेलायतमा नै रहे तर चाल्र्स भने मृत्युपर्यान्त मध्य अफ्रिकामा सन् १९३१ सम्मै मिशनरी सेवा गर्दै रहे । 

नोर्मन ग्रुबले लेखेको चाल्र्सको जीवनीमा चाल्र्सले घरमा पठाएको एउटा पत्रमा यसरी लेखेका थिए, “म विश्वागर्छु कि, म यो संसारबाट बिदा लिने समयको नजिक छु, मसँग केही आनन्द गर्ने केही कारणहरु छन्, जुन यस अनुसार छन्:
१. परमेश्वरले मलाई चिनको मिशनरी भएर जान बोलाउनु भयो । मेरै प्रियहरुको वाधाको बावजुद म गएँ ।
२. एक प्रशस्ततामा भएको युवा मानिस झैं आनन्द गर्न ख्रीष्टले मलाई बोलाउनु भए झैं म रमाएँ ।
३. परेश्वरको निश्चित बोलावट अनुसार सन् १९१० मा मैले मेरो जीवन उहाँको कामको निम्ति समर्पण गरें, यो केवल सुडानको निम्ति थिएन तर सुसमचार नपुगेको संसारको निम्ति थियो ।”
यसकारण मेरो एकमात्र आनन्द भनेको परमेश्वरले मलाई दिनुभएको काम गर्नु हो र यसलाई मैले इन्कार गरिँन ।

प्रेमनारायण भट्टराई

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

God wants do Something New in Your Life...

The Situation of Youth in America