New False Doctrinal Movement- Spiritual Father-Son Relationship
आत्मिक बाबू छोराको प्रचार अबाइबलीय र पैसाको निम्ति गरिने प्रचार हो आत्मिकी बाबू र छोराको चित्र बाइबलमा दिइएको शक्तिशाली र अर्थपूर्ण चित्र हो । यो सामान्य र ख्याल ठट्टाको शिक्षा होइन । आजका केही उदाउँदा प्रचारकहरुले यो बाइबलीय रहस्यलाई अनर्थ लगाएर विश्वासीहरुमा भ्रम छर्ने र मानिसहरुलाई बहकाउने खेलमा लागेका देखिन्छन् । यदि आत्मिकी बाबू र छोराको सम्बन्धलाई हामीले बुझ्यौं भने यो ठूलो बाइबलीय सत्यता पनि हो । यदि यसलाई शारीरिक फाइदाको निम्ति प्रयोग गरियो भने यो दण्डनीय झूठो शिक्षा हुन्छ । पछिल्लो दिनमा सम्पन्नतावादी शिक्षाको प्रचार गर्नेहरुले यो भ्रमपूर्ण शिक्षाको प्रचार गरिरहेका छन् । सफलता, सम्पन्नता, आषिश तथा अभिषेकको प्रतिज्ञा र प्रचार गर्नेहरुले यस्तो आत्मिकी पिताको प्रचार गरिरहेका छन् । उनीहरुको शिक्षा अनुसार आशिष पाउन, सफल हुन र अभिषेक पाउन आत्मिकी बाबूको सहायता चाहिन्छ । यसरी उनीहरुले येशूको पर्याप्ततालाई अस्वीकार गरेर मानविय मध्यस्थको रुपमा आफुलाई प्रचार गरिरहेका छन् । क्रमशः शामूएल तामाङ, पावल क्षेत्री र केशव आचार्य सम्पन्नता र धनसम्पत्तिको निम्ति यो प्रचार लोकप्रिय भइरह...