चाल्र्स थोमस स्टूड (सि.टी. स्टूड)- Charles Studd
चाल्र्स थोमस स्टूड एक प्रख्यात अंग्रेज क्रिकेट खेलाडी थिए, जो पछि गएर चिन, अफ्रिका र भारतमा मिशनरी भएर गए । स्टूडका कान्छा भाइहरु क्रिकेटको निम्ति प्रख्यात थिए र उनीहरुले इटोन र क्याम्ब्रिजको निम्ति खेल्दथे । चाल्र्सले पहिलो प्रथम श्रेणीको क्रिकेट टेस्ट म्याच इग्ल्याण्डबाट अस्ट्रेलियाका विरुद्ध खेलेका थिए, जसलाई एसेज सिरिज नाउँ दिइएको थियो । यो टेस्ट सिरिज अहिले प नि क्रिकेटमा लोकप्रिय सिरिज मानिन्छ । इटोनमा रहँदा उनी र उनका भाइले प्रभु येशूमा विश्वास गरे । उनले पहिलो पटक साँचो परमेश्वरलाई चिन्दा उनले यसरी भनेका थिए, “त्यसै क्षणमा मेरो हृदयमा अदभुत आनन्द र शान्ति आयो, अनि मैले थाहा गरें कि नयाँगरी जन्मनु भनेको के हो, र अझ बाइबल पहिले मेरो निम्ति अति रुखो थियो तर अब मेरो निम्ति सबै थोक यही नै भयो ।” जब उनले क्रिकेट खेलाडीको जीवनलाई मिशनरी जीवनको निम्ति भनेर त्यग गरे, उनले यसरी भनेका थिए, “मलाई थाहा छ क्रिकेट सधैं रहने कुरो होइन न त संसारको कुनै थोक नै सधैं रहन्छ, र मान–सम्मान पनि सधैं रहँदैन, तर भविष्यमा आउने संसारको (मानिसको) निम्ति जिउनु चाहिं अर्थपुर्ण छ ।” उनी युवा अवस्थामा रहँद...