विश्वासीहरुले किन स्थानिय मण्डलीमा सदस्यता लिने ?
हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ। हिब्रू 10: 24 - 25 विश्वास गर्नेहरुले मण्डलीमा सदस्यता लिनु पर्ने ५ कारणहरु यस प्रकार छन् – १. विश्वास नगरेकाहरुको निम्तिः मण्डलीमा सहभागीता जनाउने विश्वासीहरु केवल शनिबार भेला हुने मानिसहरुको केवल एक समूह मात्र नभएर, स्वविवेकले एकअर्का प्रति समर्पित भएका, एकअर्काको निम्ति नियमित प्रार्थना गरिदिने र उत्साह दिने काममा आफुलाई जिम्मेवार मान्ने मानिसहरु हुन् । मण्डलीमा आउने मानिसहरु एकअर्का प्रति उत्तरदायी पनि हुन्छन् । जीवन रुपान्तरण भएका मानिसहरुको एकसाथको भेलाले वास्तविक सम्बन्ध र प्रेमको प्रदर्शनद्धारा संसारको निम्ति उनीहरु एक नमूना हुन्छन् र यसबाट परमेश्वरको महिमा हुँदछ । (यूहन्ना १३ः३५) यो गवाही विषेश गरेर एकअर्का प्रति समर्पित बहूजातीय, बहूपुस्ताका मानिसहरुको एकसाथको भेलामा अझ बलियो गवाही बन्दछ । २. कमजोर व...