एन्ड्रू फुलर (Andrew Fuller)- बप्तिस मिशनरी सोसाइटीका संस्थापक

एन्ड्रू फुलर (Andrew Fuller) को जन्म सन् १७५४ फेब्रुअरी ६ मा भएको थियो । उनी एक अंग्रेज पार्टिकुलर बप्तिस सेवक तथा ईश्वरशास्त्री हुन् ।
200
 बप्तिस मिशन सोसाइटीका संस्थापक
एवं पार्टिकुल बप्तिस पास्टर तथा लेखक
आधुनिक मिशनलाई स्थापित गर्न उनको विषेश योगदान छ । उनले मिशनरी सेवाको कामलाई विषेश जोड दिए । उनी उनको योगदानको निम्ति मात्र चर्चित छैनन् तर उनको जीवन कालमा ईश्वशास्त्रीय विवादमा पनि उनी मुछिएका थिए ।

फुलरको जन्म इग्ल्याण्डको विकन, क्याम्ब्रिजशायरमा भएको थियो र उनी पछि केट्रिङ्ग, नर्थह्म्यटनशायरमा बस्दथे । फुलरले दुईवटा चर्चमा पास्टरीय सेवा गरे पहिलो सोहाम, सन् १७७५ देखि १७८२ र दोस्रो केट्रिङ्ग, सन् १७८२ देखि १८१५ सम्म, यो चर्चको नाउँ अहिले फुलर बप्तिस चर्च हो । फुलरको मृत्यु सन् १८१५ को मे ७ तारिखमा भएको थियो ।

फुलरको योगदानको कुरा गर्दा, उनी सबैभन्दा बढी बप्तिस मिशनरी सोसाइटीको स्थापनासँग जोडिएका छन् । अहिले बप्तिस मिशनरी सोसाइटी भनेर चिनिएको मिशन संस्था स्थापनामा उनले धेरै परिश्रम गरेका छन् । बप्तिस मण्डलीहरुको बेलायती मिशन संस्था स्थापनाको कामको निम्ति उनले सन् १७८४ देखि परिश्रम गर्न सुरु गरे, यो कामको सुरुवात् सन् १७८४ मा भएको थियो ।

उनको एउटा प्रवचन प्रकाशन भएको थियो, जसको शिर्षक— विश्वासद्धारा हिंड्नुको प्रकृती र महत्व (The Nature and Importance of Walking by Faith)  जसमा एउटा परिशिष्ट धर्मको जागृतिको निम्ति एक साधारण सहकार्यको निम्ति केहीलाई मनाउन (A Few Persuasive to a General Union in Prayer for the Revival of Religion) पनि समावेश गरिएको थियो जसले नै मिशनरी अभियानको निम्ति अप्रत्यक्ष रुपमा उत्तेजित बनायो । बप्तिस मिशनरी सोसाइटी जसको तत्कालिन नाम पार्टिकुलर ब्याप्टिस्ट सोसाइटी फर प्रोपगेटिङ्ग द गस्पल एमङ्ग द हिदन थियो (Particular Baptist Society for Propagating the Gospel among the Heathen), यसको स्थापना सन् १७९२ मा बेलायतको केट्रिङ्गबाट भएको थियो । जसको पहिलो मिशनरी विलियम केरी (William Carey) थिए । बप्तिस मिशनरी सोसाइटीको स्थापना र मिशनको काम बेलायतमा रहेर फुलरले गरे, विलियम केरी चाहिँ भारतमा आएर मिशनरीको रुपमा आफ्नो जीवन समर्पित गरे ।

फुलर, एक पार्टिकुलर बप्तिस पास्टर थिए । उनी पार्टिकुलर बप्तिस भएता पनि विषेशतः हाइपर क्याल्भिनिज्मको विपक्षमा उभिए । छोटो अर्थमा, हाइपर क्याल्भिनिज्म भन्नाले परमेश्वरले उहाँका चुनिएकाहरुलाई जसरी भए पनि उद्धार गर्नुहुन्छ, यसको निम्ति हामीले सुसमाचारको काम गरे वा नगरे केही फरक पर्दैन । पार्टिकुल बप्तिस भन्नाले येशूले त्रूmसको उद्धारको वा प्रायश्चितको काम विषेश चुनिएका मानिसहरुका निम्ति मात्र गर्नुभएको हो । अब्राहाम बुथ, जो १८औं शताब्दिका बप्तिस लेखक थिए उनले त फुलरलाई साँचो क्याल्भिनिज्म त्यागेको आरोप नै लगाएका छन् । फुलरले जनरल ब्याप्टिस्ट मतका डन टेलरसँग इश्वरशास्त्रीय विषयमा बहस नै गरेका थिए । जनरल ब्याप्टिस्ट भन्नाले पार्टिकुल ब्याप्टिस्ट भन्दा ठीक विरपित सैद्धान्तिक मत अर्थात् येशूले क्रूसको उद्धारको वा प्रायश्चितको काम साधारण रुपमा सबैको निम्ति सिध्याउनुभयो, केवल चुनिएकाहरुको निम्ति मात्र भन्ने होइन ।

फुलरले पार्टिकुलर बप्तिस समूहको निम्ति लेखनद्धारा पनि धेरै योगदान दिएका थिए । उनको योगदानको कारणले उनलाई पार्टिकुर ब्याप्टिस्टका एक सृजनशील ईश्वरशास्त्रीको रुपमा चिनिन्छ । फुलरले थुप्रै पर्चाहरु, प्रवचनहरु तथा लेखहरु प्रकाशन गरेका थिए । फुलरका करिब १६७ वटा लेखहरु आधादर्जन भन्दा बढी पत्र—पत्रिकाहरुमा प्रकाशित भएका थिए । सन् १८३८, १८४०, १८४५, १८५२ र १८५३ मा उनका लेखहरुको संग्रह प्रकाशन तथा पुनःप्रकाशन गरिएका थिए ।

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?

Smoking and Youth in Nepal