Posts

Showing posts from February, 2018

चाल्र्स थोमस स्टूड (सि.टी. स्टूड)- Charles Studd

Image
चाल्र्स थोमस स्टूड एक प्रख्यात अंग्रेज क्रिकेट खेलाडी थिए, जो पछि गएर चिन, अफ्रिका र भारतमा मिशनरी भएर गए । स्टूडका कान्छा भाइहरु क्रिकेटको निम्ति प्रख्यात थिए र उनीहरुले इटोन र क्याम्ब्रिजको निम्ति खेल्दथे । चाल्र्सले पहिलो प्रथम श्रेणीको क्रिकेट टेस्ट म्याच इग्ल्याण्डबाट अस्ट्रेलियाका विरुद्ध खेलेका थिए, जसलाई एसेज सिरिज नाउँ दिइएको थियो । यो टेस्ट सिरिज अहिले प नि क्रिकेटमा लोकप्रिय सिरिज मानिन्छ । इटोनमा रहँदा उनी र उनका भाइले प्रभु येशूमा विश्वास गरे । उनले पहिलो पटक साँचो परमेश्वरलाई चिन्दा उनले यसरी भनेका थिए, “त्यसै क्षणमा मेरो हृदयमा अदभुत आनन्द र शान्ति आयो, अनि मैले थाहा गरें कि नयाँगरी जन्मनु भनेको के हो, र अझ बाइबल पहिले मेरो निम्ति अति रुखो थियो तर अब मेरो निम्ति सबै थोक यही नै भयो ।” जब उनले क्रिकेट खेलाडीको जीवनलाई मिशनरी जीवनको निम्ति भनेर त्यग गरे, उनले यसरी भनेका थिए, “मलाई थाहा छ क्रिकेट सधैं रहने कुरो होइन न त संसारको कुनै थोक नै सधैं रहन्छ, र मान–सम्मान पनि सधैं रहँदैन, तर भविष्यमा आउने संसारको (मानिसको) निम्ति जिउनु चाहिं अर्थपुर्ण छ ।” उनी युवा अवस्थामा रहँद

थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

Image
हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्। - प्रकाश १२ः११ पुरानो करारमा थुमाको रगतको विषयमा यसरी लेखिएको छ " तिमीहरु बसेका घरहरुमा त्यो रगत तिमीहरुका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरुलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने विपत्तिले तिमीहरुलाई छुनेछैन "  (प्रस्थान १२ः१३) । यहाँ प्रस्थान १२ अध्यायको १ पद देखी २० पद सम्म परमप्रभुले मोशालाई निस्तार चाडको स्थापनाको विषयमा उहाँको स्पष्ट योजना बताउनुभएको छ । परमेश्वर मिश्रमा भएका पहिलो जन्मेकाहरुलाई नष्ट गर्ने योजनामा हुनुहुन्थ्यो । यसको कारण चहिं मिश्रमा भएका झूठा देवताहरुको विरुद्धमा परमेश्वरले आफ्नो शक्तिलाई प्रमाणित गर्नको निम्ति पनि थियो । यसको निम्ति उहाँको एउटा सर्त थियो कि जसको ढोकामा रगत छर्किएको छ त्यस घरको पहिलो जन्मिएको (जेठो) लाई केही गर्नुहुने थिएन । जसको घरको ढोका थुमाको रगत थिएन त्यस घरमा विपत्ती पर्यो । यहाँ बुझ्नै पर्ने कुरा, थुमाको रगत बगाएर म